Shittalpati
साहित्यिक यात्रा
साहित्यिक यात्रा शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाको आयोजनामा यही ०८० पौष २७ र २८ गतेको साहित्यिक यात्रा अड्तीस घण्टामा पुरा गरी आफ्नो गन्तब्य स्थानमा फर्किएको छ । साहित्यिक यात्रा कास्कीको पोखरा, घान्द्रुक र पर्वत, म्याग्दी र बागलुङ्गको बाग्लुङ्गमा कालिका भगवती दर्शन गर्न पुगेको थियो ।
माघे संक्रान्तिमा  रुरु क्षेत्र धाममा भक्तजनहरुको भिडभाड  
माघे संक्रान्तिमा  रुरु क्षेत्र धाममा भक्तजनहरुको भिडभाड   माघे सक्रान्तीको अवसरमा पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु क्षेत्र धाम रिडीमा  कालीगण्डकी स्नान तथा हृषिकेशव भगवानको दर्शन गर्न भक्तजनहरुको भिड लागेको छ ।
आज उत्साह र एकताको पर्व माघे संक्रान्ति
आज उत्साह र एकताको पर्व माघे संक्रान्ति आज माघे संक्रान्ति पर्व परम्परागत रुपमा देशभर स्नान, दान धार्मिक कार्य गरी मनाइँदैछ । उत्साह र एकताको पर्वको रुपमा हेरिने यो पर्व नेपालको प्रमुख चार्ड मध्ये एक हो । यो माघ महिनाको पहिलो दिन पर्दछ । यसलाई माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले पनि चिनिन्छ ।
पाल्पाली साहित्यको व्यापिकरणका लागि साहित्यिक यात्रा
पाल्पाली साहित्यको व्यापिकरणका लागि साहित्यिक यात्रा पाल्पाका साहित्यकारहरुले दुई दिने साहित्यिक यात्रा गरेका छन् । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाको आयोजनामा जिल्लाका साहित्यकारहरुको एक टोली विभिन्न जिल्लाको यात्रा गरेको हो ।
विवाहमा फसाद : कुरुवालाई प्रसाद
विवाहमा फसाद : कुरुवालाई प्रसाद एका समयको एकादेशको कथा हजुरबाले सुनाउन थाल्नु भयो । नाति नातिनाहरु ध्यान पूर्वक सुन्न बसे । यस्ता दन्त्य कथाहरु  शुक्रबार नियमित जसो सुन्ने सुनाउने चलनै बसेको थियो । आजको कथा  यसरी शुरु र अन्त्य भयो : पुसको जाडो रात छिप्पिदै थियो । सुनैना आटिबाट, बुबा, आमा र दाईको कुराकानी कान...
ढाका भ्रमणका सम्झनाहरु
ढाका भ्रमणका सम्झनाहरु मलाई Lions Club of International अन्तर्गत बंगलादेशको ढाकामा हुन गइरहेको ५१ औं इशामे फोरमको कार्यक्रममा जाँदा घुम्दा र आउँदाको विषयमा केही लेख्न मन लागेकाले यो मेरो अनुभव पस्किन खोजेको छु ।
साहित्य प्रतिष्ठानको वार्षिक दिवस : प्रतिभा सम्मान र छात्रवृत्ति वितरण
साहित्य प्रतिष्ठानको वार्षिक दिवस : प्रतिभा सम्मान र छात्रवृत्ति वितरण शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले प्रतिष्ठान स्थापनाको १८ औं वार्षिक दिवस र ९५ औं कुलमणि देवकोटा जन्म जयन्ती मनाएको छ । प्रतिष्ठानले शनिबार तानसेनमा  प्रतिभा सम्मान पुरस्कार समर्पण एवं छात्रवृत्ति वितरण कार्यक्रम गरी वार्षिक दिवस र देवकोटा जन्म जयन्ती मनाएको हो ।
मिथिलाञ्चलमा आजदेखि विवाह उत्सव शुरु
मिथिलाञ्चलमा आजदेखि विवाह उत्सव शुरु विवाह पञ्चमीको शुभ अवसरमा गएराति भगवान रामचन्द्र र माता सीताको विवाह सम्पन्न भएसँगै आजदेखि मिथिलाञ्चलका सर्वसाधारणको घरमा विवाह उत्सव शुरु भएको छ ।
लोक भजन संरक्षण गर्न  रिडीमा ‘भजन महोत्सव’ हुँदै, तयारी तीव्र 
लोक भजन संरक्षण गर्न रिडीमा ‘भजन महोत्सव’ हुँदै, तयारी तीव्र   गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा भजन महोत्सव हुन लागेको  छ । रुरु धार्मिक सेवा सञ्चार प्रालिले पुष १ गते नवौ भजन महोत्सव तथा शिखा शुत्र भजन प्रतियोगिताको गर्न लागेको हो । 
मारुनी नाच संरक्षणमा पित्लेक देउराली सामुदायिक ‘होमस्टे’
मारुनी नाच संरक्षणमा पित्लेक देउराली सामुदायिक ‘होमस्टे’ गाउँमा रहेका वृद्धवृद्धा आफ्ना कलिला नातिनातिनासहित मञ्चमा उपस्थित भएर कार्यक्रम देखाए । उनीहरू आएका पाहुनालाई गुरुङ समुदायमा प्रचलित पोशाकमा विभिन्न साँस्कृतिक नाच प्रस्तुत गर्छन् ।
 तानसेनको ‘श्रीनगर सांस्कृतिक डबली’ नगर सरकारलाई हस्तान्तरण
 तानसेनको ‘श्रीनगर सांस्कृतिक डबली’ नगर सरकारलाई हस्तान्तरण लुम्बिनी प्रदेश सरकारको लगानीमा तानसेनको कैलाशनगरमा निर्माणधिन  ‘ श्रीनगर सांस्कृतिक डबली’ तानसेन नगर सरकारलाई हस्तान्तरण गरिएको छ । आइतबार एक औपचारिक कार्यक्रमका बिच प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उक्त डबलीको साँचो नगर सरकारका प्रमुख सन्तोषलाल श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । 
लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव
लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना गरेको छ । महोत्सवमा बौद्ध धर्मलाई केन्द्रमा राखी भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा तथा परम्परा प्रस्तुत गरिएको थियो ।
Weather Update