
ज्योतिष स् मुकुन्द पोखरेल
दक्षिण र पूर्व दिशालाई जोड्ने कोणलाई आग्नेय कोण भनिन्छ । आग्नेय दिशाका मालिक गणेश भगवान् हुन् । यस दिशाको ग्रहको प्रतिनिधित्व शुक्रले गर्दछ । वास्तुशास्त्रको अवस्थाअनुसार वास्तुपुरुषको बायाँ हात घुँडा र देब्रे आँखा यो दिशामा पर्दछ । आग्नेय कोणमा हुन सक्ने केही प्रमुख वास्तुदोषहरू यस प्रकार छन् :
१ : आग्नेयकोणमा ईनार, कल, कुवा हुनु,
२ : आग्नेयकोण बढेको घडेरी हुनु ,
३ : आग्नेयकोणमा प्रवेशद्वार हुनु ,
४ : आग्नेयकोणमा अन्य दिशाको तुलनामा खाली ठाउँ हुनु ,
५ : पूर्व र उत्तर दिशाभन्दा आग्नेयकोण गहिरो हुनु,
६ : आग्नेयकोणको कोठामा गृहपतिको शयनकक्ष हुनु ,
७ : आग्नेयकोणमा भान्साघर हुँदाहुँदै पनि सँगै टाँसिएर पानीको कुवा, धारो छ भने त्यो घरमा स्त्री अधीर आलस्य, चञ्चल हुन्छिन् । शरीर सुनिने रोग लाग्न सक्छ ।
८ : आग्नेयकोणमा भान्साघर भएपनि सो घर टुटेफुटेको छ भने साथै भान्साघरको पूर्वभाग खाली नभएर बाटोसँग जोडिएको छ भने त्यो घरकी स्त्री सन्तानहीन हुने र मासिक धर्म गडबडाउने योग हुन्छ ।
दोष निवारण
१. आग्नेयकोणको जलस्रोत (पानी ट्याङ्की, ईनार, कुवा, कल) भए हटाउने ।
२. आग्नेयकोणमा प्रवेशद्वार नबनाउने, यदि बनाउँनै परे गाडी राख्ने, मेशिन राख्ने
३. आग्नेयकोणमा भएको प्रवेश द्वारमा सूर्य या गणेशको मूर्ति, चित्र राख्ने
४. प्रवेश द्वारमा रातो रङ्ग लगाउने
५. आग्नेयकोणमा घडेरी बढेको चोसो भए त्यसलाई वास्तुविज्ञको सल्लाहअनुसार कित्ताकाट गर्ने।
६. यो कोणको कोठामा शयनकक्ष नबनाएर बैठक, पाकशाला, ग्यारेज बनाउने ।
आदि क्रयाकलाप गर्दा दोष निवारण हुन्छ