
ज्योतिष मुकुन्द पोखरेल
पूर्व दिशाको महत्व अन्य दिशाको भन्दा धेरै राम्रो हुन्छ किनकि पूर्व दिशाबाट सूर्योदय हुन्छ। पूर्व दिशा पनि दुषित हुन सक्छ। घर बनाउँदा विशेष ध्यान दिइएन भने यो दिशा प्राणदाता नभएर हर्ता पनि हुन सक्छ । पूर्व दिशाका स्वामी इन्द्र हुन् साथै नवग्रह मध्येका सूर्यले यस दिशाको प्रतिनिधित्व गर्ने मानिन्छ । वास्तुशास्त्रअनुसार यो दिशामा वास्तुपुरुषको मुख पर्दछ। पूर्व दिशा विशेष महत्वको हुँदाहुँदै पनि केही कृत्रिम कारणले दुषित बन्दछ।
घरभन्दा पूर्व दिशा अम्लो छ भने घरमालिकका सन्तान मन्दबुद्धि भएका हुन्छन् । पूर्वदिशामा केही फिट जग्गा खाली नछोडी घर बनाएमा छोराछोरी अपाङ्ग जन्मन्छन् । पूर्वतर्फको गेट आग्नेयकोणमा भए चोर डाकाको भय, अग्निभय र राजभयको सम्भावना बढी हुन्छ।
पूर्व दिशाको बाटो च्यापेर घर बनाइ पश्चिम दिशामा खाली जग्गा छोडेको छ भने त्यस्तो घरको मालिक हर्निया, कब्जियतको दीर्घरोगी हुन्छ ।
पूर्व दिशामा फोहोर फाल्ने ठाँउ, घरको फोहोर सङ्कलन स्थान तथा पुरानो भग्नावशेष छ भने त्यस घरमा बस्ने व्यक्तिहरूमा हृदयघात, आँखाको समस्याले सताउँछ। त्यस्तै आयभन्दा व्ययको मात्रा अधिक भएर सदैव तनाव हुने गर्दछ ।
पूर्वको भाग अग्लो छ दक्षिण(पूर्वी भाग सतही छ र पानी झर्ने ठाँउ आग्नेय कोणमा छ भने त्यस घरमा बस्ने व्यक्ति वा मालिकलाई नेत्रविकार दाँत कानको रोग लाग्न सक्छ। भाडामा लगाउने घरमा घरमालिक सदैव माथिल्लो तलामा बस्नुपर्दछ। साथै घर वा कोठा खाली भएको बखतमा अर्को भाडादार राखिहाल्नु पर्दछ। धेरै समय घरका कुनैपनि फ्लाट वा कोठाहरू बन्द गरेर राखेमा घरमालिकलाई रतन्धो, वबासिर, हृदयाघात, एपेण्डिस जस्ता रोगले पिरोल्न सक्छ। सँधै आय भए पनि उसलाई तनावले दुःखित बनाइरहन्छ।
घरको कम्पाउण्ड अरु दिशाको अपेक्षा पूर्वतर्फ होचो बनाउनु पर्दछ। दक्षिणको भाग बलियो अग्लो हुनुपर्दछ। यस्तो नभए आयभन्दा व्ययभारले घरमालिक सदैव अशान्त र गृहकलही हुन्छ। जुन घरमा वास्तुदोष छ, त्यो घरमा निवास गर्नेलाई त्यस्तो अशुभ दोषले पिरोल्दछ ।
१.अन्य दिशाभन्दा पूर्वको पर्खाल परको पर्खालभन्दा अग्लो भएमा
२.पूर्व उत्तर दिशातर्फ खाली भूखण्ड नछोडि घर, भवन, व्यापारिक भवन बनाइएको छ भने
३.धरको प्रमुख प्रवेश द्वार आग्नेय कोणमा छ भने
४.घरको पानीको निकास दक्षिणतिर छ भने
५.घडेरी पूर्व र उत्तर भन्दा दक्षिणतिर भिरालो छ भने
६.घडेरीको पूर्वपट्टी ठूल्ठूला रुख, बिजुलीको खम्बा छन् भने