आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस
बुधबार, साउन १४, २०८२
कागती बिक्री नहुँदा किसान समस्यामा
मंगलबार, साउन १३, २०८२
यहाँका किसान कागती बिक्री नहुँदा चिन्तित छन् । सहज रूपमा बजारीकरण नहुँदा धेरैजसो बारीमै कुहिएर खेर गइरहेको गढवा गाउँपालिका–८ कोइलावासमा किसान गोविन्द अधिकारी बताए । उउले विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा यसको खेती गर्दै आका छन् ।
अविरल वर्षाले रिडी–वामीटक्सार र दशरथचन्द राजमार्ग अवरुद्ध
मंगलबार, साउन १३, २०८२
गए रातिदेखि परेको अविरल वर्षाले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । रिडी–वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरेखोलामा पानीको बहाब बढेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिए ।
विद्यार्थीले तयार पारेका नागको चित्र टाँस्दै मटेरीवासी
मंगलबार, साउन १३, २०८२
रामपुर नगरपालिका–५ मटेरीस्थित रामपुर आधारभूत विद्यालयका विद्यार्थीले अष्टनाग अङ्कित चित्र तयार पारेर बिक्री गरेका छन् ।
समयसँगै परिवर्तित ‘नाग पञ्चमी’
मंगलबार, साउन १३, २०८२
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज (मंगलबार) परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
आज विश्व बाघ दिवस मनाइँदै
मंगलबार, साउन १३, २०८२
आज विश्व बाघ दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । बाघको संरक्षणार्थ उनीहरूको बास स्थानको संरक्षण, जनचेतना वृद्धि, संरक्षणका मुद्दाहरूको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरूका विषयमा विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।
लुम्बिनीमा युवा तथा खेलकुदमन्त्री पाण्डेद्वारा शपथ
सोमबार, साउन १२, २०८२
लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन ।
सर्पको टोकाइबाट एककोे मृत्यु
सोमबार, साउन १२, २०८२
साउनः दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ
लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य सेवाको पहुँच वृद्धि
सोमबार, साउन १२, २०८२
लुम्बिनी प्रदेश सरकारले ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना ९२०८१–२०८६० आज सार्वजनिक गरेको छ ।
आज विश्व हेपाटाइटिस दिवस मनाइँदै
सोमबार, साउन १२, २०८२
आज विश्व हेपाटाइटिस दिवस विभिन्न चेतनामुलक कार्यक्रम गरी नेपालसहित विश्वभर नै मनाइँदैछ । हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस विभिन्न स्वास्थ्य संस्थाहरु र चिकित्सकले जनचेतनामूलक कार्यक्रम र अन्तक्र्रिया आयोजना गरी मनाइँदै छन् ।
बुद्ध शिक्षामार्फत कूटनीति र शान्तिमा नयाँ आयाम ल्याउन सकिन्छः मुख्यमन्त्री आचार्य
आइतबार, साउन ११, २०८२
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यावहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताएका छन् । ‘कूटनीति र बुद्धका शिक्षाः विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग’ विषयक अन्तरराष्ट्रिय सङ्गोष्ठीको आज लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले गौतम बुद्धको शिक्षा द्वन्द्वभन्दा संवाद, प्रतिस्पर्धाभन्दा सहयोग र द्वेषभन्दा मित्रता निर्वाह गर्ने मूल्यमान्यतामा...
मूल बीउ उत्पादन गरिँदै
आइतबार, साउन ११, २०८२
स्याङ्जाको वालिङ–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले प्रजनन बीउबाट मूल बीउ उत्पादन गर्न थालेको छ । गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले खाद्यान्न, तरकारी, दलहन र तेलहन बालीको मूल बीउ उत्पादन थालेको हो ।
गुल्मीमा आगलागीबाट युवतीको निधन
आइतबार, साउन ११, २०८२
धुर्कोट गाउँपालिका–५ वस्तु अमराईस्थित मनी विककी २५ वर्षीया छोरी जुनाको आगलागीमा परेर आज विहान मृत्यु भएको छ । धुर्कोट –५ का वडाध्यक्ष केशवराज भण्डारीका अनुसार मानसिक अवस्था कमजोर रहेकी जुना आफैले घरमा आगो लगाएको थिइन् ।


