Shittalpati
अफगानिस्तानबाट १ सय १८ नेपालीको उद्धार
अफगानिस्तानबाट १ सय १८ नेपालीको उद्धार अफगानिस्तानलाई तालिबानीले नियन्त्रणमा लिएपछि त्यहाँ रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन नेपाल सरकारले सुरुआत गरेको छ । अफगानिस्तानको राजधानी काबुलबाट चार्टर्ड उडान गरी मंगलबार १ सय १८ नेपालीलाई पहिलो चरणमा स्वदेश ल्याएको परराष्ट्र मन्त्रालयले ट्विटमार्फत जनाएको छ ।
पाल्पामा एकै दिन यसरी बढी देखियो कोरोना
पाल्पामा एकै दिन यसरी बढी देखियो कोरोना स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको कोरोना नियमित अपडेटमा दुई सय जनामा कोरोना संक्रमण पुष्टि गर्‍यो । कोरोना अपडेट सार्वजनिक भए लगत्तै जिल्लाका सञ्चारमाध्यमहरुबाट एकै दिन दुई सय जनामा कोरोना संक्रमण भएका समाचारहरु सार्वजनिक गरियो ।
पाल्पामा निषेधाज्ञा भदौ १२ गतेसम्म लम्बियो
पाल्पामा निषेधाज्ञा भदौ १२ गतेसम्म लम्बियो जिल्ला प्रशासन कार्यालय पाल्पाले गत वैशाख १८ गतेदेखि लागू गरेको निषेधाज्ञा आगामी भदौ १२ गते राती १२ बजेसम्मका लागि थप गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई भदौ १२ गते राती १२ बजेसम्मका निरन्तरता दिने निर्णय गरेको हो ।
अझै  तीन दिन मनसुन सक्रिय हुने
अझै तीन दिन मनसुन सक्रिय हुने अझै तीन दिन देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुनी न्यून चापीय रेखा नेपालकोे तराई– भूभाग नजिकै रहेकाले अझै तीन दिन मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीले बताइन् ।
लायन्स क्लव तानसेन सिटिले मनायो स्थापना दिवस
लायन्स क्लव तानसेन सिटिले मनायो स्थापना दिवस जिल्लामा क्रियाशिल सामाजिक संस्था लायन्स क्लब अफ तानसेन सिटिले आफ्नो स्थापना दिवस मनाएको छ । क्लवले दिवसको अवसरमा चाटर सेलिब्रेसन कार्यक्रम गरी दिवस मनाएको हो ।
लघु जलविद्युतले फेरियो जीवनशैली, टुकीमै जीवन गुजारेका आमाहरु फुरुङ्ग
लघु जलविद्युतले फेरियो जीवनशैली, टुकीमै जीवन गुजारेका आमाहरु फुरुङ्ग चाउरी परेका गाला, हँसिलो अनुहारमा घरको पिँढीमा टुक्रुक्क बसेर गोरीसरा सारु भन्दै थिइन्, ‘हाम्रा जमनामा दुःखका दिन थिए, अबका पुस्ता ती दुःखका दिन सम्झाउँदा पत्याउदैनन्, जमना फेरिँदै गयो ।’
पाल्पामा एकै दिन २ सय जनामा कोरोना देखियो
पाल्पामा एकै दिन २ सय जनामा कोरोना देखियो पछिल्लो समय पाल्पामा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ । समुदायस्तरमा स्वास्थ्य मापदण्ड अपनाउन लापरबाही गरिँदा संक्रमणको ग्राफ दिनहुँ उकालो लाग्दै गएको हो ।
‘भोट चल्छ बोली किन सुनिँदैन ?’
‘भोट चल्छ बोली किन सुनिँदैन ?’ कोरोना भाइरस महामारीका कारण भैरहवा शान्तिनगरकी ३४ वर्षीया तमन्ना गुरुङको रोजीरोटी खोसिएको छ । जीवन चलाउन उनी अहिले कामका खोजीमा छन् । कोरोनाको कारण देखाउँदै कोही काम दिन तयार हुँदैनन् । ‘कोरोनाले गर्दा जीवन धान्नै नसक्ने अवस्थामा पुगेकी छु ।
पाल्पामा सञ्चारिका समूह गठन
पाल्पामा सञ्चारिका समूह गठन पाल्पामा सञ्चारिका समूह गठन भएको छ । जिल्लामा कार्यरत महिला सञ्चारकर्मीहरुको संस्थागत विकास र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले समूह गठन गरिएको हो ।
पाल्पामा स्याललाई हानेको बन्दुकले लागेर आफ्नै  छोराको ज्यान गयो
पाल्पामा स्याललाई हानेको बन्दुकले लागेर आफ्नै छोराको ज्यान गयो पाल्पामा बाबुले हानेको बन्दुकले लागेर छोराको ज्यान गएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका– ६ तल्लोतालका ३५ वर्षीय धनबहादुर लम्तरीको बाबुले स्याललाई हान्ने क्रममा लागेर ज्यान गएको हो ।
विज्ञापनका सबै काम हुलाकबाट
विज्ञापनका सबै काम हुलाकबाट विज्ञापन सम्बन्धी सम्पूर्ण काम अब जिल्ला हुलाक कार्यालयबाट हुने भएका छन् । विज्ञापन बोर्डले लोक कल्याणकारी विज्ञापन प्रकाशन तथा प्रशारणको अनुगमनका साथै भुक्तानीसम्बन्धी सम्पूर्ण कार्य अब जिल्ला हुलाक कार्यालयमार्फत गराउने निर्णय गरेको छ ।
किसानलाई प्रेरित गर्न ड्रागन खेती
किसानलाई प्रेरित गर्न ड्रागन खेती स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ड्रागन फ्रुट खेतीका लागि किसानलाई प्रेरित गरेको छ । गाउँपालिका–४ को पुछार भन्ने ठाउँमा स्थानीयवासीको २४ रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर सो फ्रुट लगाइएको अध्यक्ष खिमबहादुर थापाले बताए ।
Weather Update