Shittalpati
पाल्पामा मंगलबार ७९ जनाले कोरोना जिते, १ सय ४५ जनामा संक्रमण
पाल्पामा मंगलबार ७९ जनाले कोरोना जिते, १ सय ४५ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा ७९ जना संक्रमितले कोरोना जितेका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३७ महिला र ४२ जना पुरुषले कोरोना जितेका हुन् ।
स्थानीय सरकारलाई स्वर्गभूमी फाउन्डेसनको सहयोग
स्थानीय सरकारलाई स्वर्गभूमी फाउन्डेसनको सहयोग बागलुङमा रहेको स्वर्गभूमि फाउण्डेशनले स्थानीय सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । फाउण्डेसनले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न र संक्रमितको उपचारका लागि बागलुङको गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई अक्सिजन सहितका स्वास्थ्य सामग्री सहयोग गरेको हो
करुणा सेवा समाजले दियो प्रहरीलाई सुरक्षा सामग्री
करुणा सेवा समाजले दियो प्रहरीलाई सुरक्षा सामग्री करुणा सेवा समाज पाल्पाले ट्राफिक प्रहरीका लागि व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । सेन कपितानियो स्कूलद्वारा सञ्चालित सेवा समाजले जिल्लाका ट्राफिक प्रहरीहरुको व्यक्तिगत सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो ।
सीप सिकेर उद्यमी बन्दै महिला
सीप सिकेर उद्यमी बन्दै महिला घरायसी काम, छोराछोरीको स्याहार सुसार, बालबालिकालाई विद्यालय पठाउने यस्तै यस्तै काममा धेरै महिलाको दैनिकी बितेको हुन्छ । कतिपय महिला भने यी आफ्ना दैनिक कामका अतिरिक्त स्वरोजगारका काममा पनि लागेका छन् ।
कोरोना महामारीमा स्थानीय सरकारलाई साथ दिदै  गुल्मी कालिगण्डकीका युवा
कोरोना महामारीमा स्थानीय सरकारलाई साथ दिदै गुल्मी कालिगण्डकीका युवा जिल्लाको कालिगण्डकी गाउँपालिकामा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएपछि स्थानीय युवाहरु त्यसको नियन्त्रण तथा रोकथामा जुटेका छन् । कालीगण्डकी गाउँपालिका कोभिड सहयोग सञ्जाल संस्थाको नेतृत्वमा उनीहरुले अभियान नै सञ्चालन गरेर कोरोना रोकथाम तथा नियन्त्रणमा जुटेका हुन् ।
तानसेनका सबै वडामा पिसिआर गरिदै
तानसेनका सबै वडामा पिसिआर गरिदै समुदायस्तरमा संक्रमणको दर बढ्दै गए पछि तानसेनका सबै वडामा पिसिआर शिविर सञ्चालन गरिएको छ । तानसेन नगरपालिका र पाल्पा अस्पतालको समन्वयमा तानसेन नगरपालिका भित्रका १४ वटै वडामा सोमबारदेखि कोरोना परीक्षणका लागि पिसिआर शिविर सञ्चालन गरिएको हो ।
पाल्पा कोरोना अपडेट : सोमबार १ सय ६३ संक्रमित निको भए
पाल्पा कोरोना अपडेट : सोमबार १ सय ६३ संक्रमित निको भए जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या बढ्दै गएको छ । सोमबार मात्र जिल्लामा १ सय १० जनामा संक्रमण हुँदा थप १ सय ६३ जना कोरोना संक्रमित निको भएका छन् ।
अवैध माछा मार्ने २४ पक्राउ
अवैध माछा मार्ने २४ पक्राउ चितवन राष्ट्रिय निकुञ्जले अवैधरुपमा माछा मार्ने २४ जनालाई पक्राउ गरेको छ । नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मारिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो ।
जेठ १२ गतेको चन्द्रग्रहण नेपालबाट नदेखिने, बार्नुपर्दैन
जेठ १२ गतेको चन्द्रग्रहण नेपालबाट नदेखिने, बार्नुपर्दैन जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
पाल्पा कोरोना अपडेट : आईतबार १ सय ३३ संक्रमित निको हुँदा ९५ जनामा संक्रमण
पाल्पा कोरोना अपडेट : आईतबार १ सय ३३ संक्रमित निको हुँदा ९५ जनामा संक्रमण जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या बढ्दै गएको छ । आइतबार मात्र जिल्लामा ९५ जनामा संक्रमण हुँदा थप १ सय ३३ कोरोना संक्रमित निको भएका छन् ।
संसद् विघटनका विरुद्ध गुल्मी काँग्रेस
संसद् विघटनका विरुद्ध गुल्मी काँग्रेस प्रतिनिधि सभाको विघटनका विरुद्ध नेपाली काँग्रेस गुल्मीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा यहि जेठ ७ गते मध्यरातीमा भएको असंवैधानिक कदमप्रति काँग्रेसले गम्भीर ध्यान आकृष्ट गरेको हो ।
संसद विघटन गर्नु अलोकतान्त्रिक : पाल्पा काँग्रेस
संसद विघटन गर्नु अलोकतान्त्रिक : पाल्पा काँग्रेस नेपाली काँंग्रेस पाल्पाले प्रतिनिधि सभा विघटन अलोकतान्त्रिक भएको ठहर गरेको छ । आईतबार काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेस भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै सार्वभौम प्रतिनिधिसभा विघटनको निष्कर्षमा पुग्नु कदापी संवैधानिक र लोकतान्त्रिक...
Weather Update