Shittalpati
तम्घासको सिद्धबाबामा शैक्षिक सामग्री प्रदर्शन

रमेश विश्वकर्मा

गुल्मी, जिल्लाको सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयमा शैक्षिक सामग्री प्रदर्शन गरिएको छ । विद्यालयले विश्व विज्ञान दिवसको अवसर पारेर पुरातात्विक एवं विद्यार्थीहरुले निर्माण गरेका गणित र विज्ञानसँग सम्बन्धित शैक्षिक सामग्री प्रदर्शन गरेको हो ।

प्रदर्शन कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनीले पूर्खाहरुले परम्परागत रुपमा प्रयोग गरेको तथा पछिल्लो समय प्रयोग बिहिन बन्दै गएका ठड्यौरोमा बत्ती बालेर उद्घटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख मरासिनीले शैक्षिक प्रर्दशनमा विद्यार्थीहरुले प्रयोगात्मक रुपमा सिकेको ज्ञान दिर्घकालसम्म ताजा रहने बताए । रेसुङ्गा नगरपालिका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ज्ञवालीले यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा प्रस्फुटन तथा पठन–पाठनलाई स्तरीय बनाउन टेवा पु¥याउने विश्वास व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक डोर विक्रम श्रीसले व्यवहारमा गरिने प्रयोगले मात्रै सिकाइलाई दिगो बनाउन सकिने बताए । सिद्वान्तमा पढेको कुरालाई विद्यार्थीहरुले व्यहारमा उतारेको बताउँदै प्रधानाध्यापक श्रीसले प्रत्यक्ष रूपमा सिकेको ज्ञान अनन्तकालसम्म रहने उल्लेख गरे ।

कार्यक्रममा रामकृष्ण पौडेलले विद्यार्थीहरुका लागि जाडोमा प्रयोग हुने २० थान स्वीटर तथा इन्द्र बहादुर बुढाले २० जोड जुत्ता, मोजा विद्यालयका प्रधानाध्यापक डोर विक्रम श्रीसलाई हस्तान्तरण गरे । यस्तै विजय शर्माले चार हजार बराबरका सामान्य ज्ञानका पुस्तक विद्यालयलाई हस्तान्तरण गरे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलक बहादुर थापाको अध्यक्षता, सहायक प्रधानाध्यापक युवराज अर्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update