Shittalpati
पाल्पामा चोरी भएको ट्याक्टर तनहुँमा भेटियो

पाल्पा, पाल्पामा चोरी भएको ट्याक्टर तनहुँमा भेटिएको छ । जिल्लाको तिनाउ गाउँपालिका ६ खारापानीबाट हराएको लु. ४ त ६९८६ नम्वरको ट्याक्टर तनहुँको दमौलीमा भेटिएको हो ।

गुल्मीको छत्रकोट गाउँपालिका –४ मा रहेको राजेश्वरी कन्ट्रक्सन प्रालिको नाममा रहेको न्यू होल्याण्ड कम्पनीको इञ्जिन न २९५९२८ डिटि र चेसिस नं एनएच २५२०१५७ को ट्याक्टर गत बुधबार राती चोरी भएको थियो । उक्त चोरी भएको ट्याक्टर तनहुँ जिल्ला प्रहरी कार्यालयको समन्वयमा शुक्रबार फेला पार्न सफल भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

प्रहरीले चोरी गर्ने झापा बिर्तामोड नगरपालिका–९ का २५ वर्षीय राजेश राय क्षेत्रीलाई पक्राउ गरेको छ । ट्याक्टर र चोरी गर्ने राजेशलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update