पाल्पा कोरोना अपडेट : बिहीबार ४४ जना नयाँ संक्रमित थपिए, २९ जना निको
बिहीबार, साउन २८, २०७८
उत्पादन वृद्धि गर्न माथागढीका कृषकलाई कृषि औजार
बिहीबार, साउन २८, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउनका लागि कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसी नियुक्त
बिहीबार, साउन २८, २०७८
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार उनलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
पाल्पामा लापरबाहीले बढ्यो कोरोना, दैनिक २० देखि सयको हाराहारीमा संक्रमित थपिँदै
बिहीबार, साउन २८, २०७८
कोरोना भाइरसका संक्रमण घटेसँगै जिल्लामा निषेधाज्ञा खुकुलो बनाइयो । तर समुदायस्तरमा स्वास्थ्य मापदण्ड अपनाउन लापरबाही गरिँदा फेरि संक्रमितको संख्या दिनहुँ थपिँदै गएको छ । स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग तथा मापदण्ड पालनामा लापरबाही हुँदा दैनिक २० देखि सय जनाको हराहारीमा संक्रमित थपिन थालेका छन् ।
तिनाउमा आवासीय सहित छात्रावास सञ्चालन गरिने
बुधबार, साउन २७, २०७८
जिल्लाको तिनाउ गाउँपालिकाले आवासीय सहित छात्रावास सञ्चालन गर्ने भएको छ । गाउँपालिका अध्यक्ष ओमबहादर घर्ती मगरले गाउँपालिकाको अधिकास क्षेत्र डाँडाकाडा भएकाले पठन पाठनका लागि बालवालिकाहरु ३ घण्टासम्म हिड्नु पर्ने अवस्था रहेकाले पालिकाले आगामी दिनमा आवासीय सहितको छात्रावास सचालन गर्ने योजना बनाएको बताएका छन् ।
गुल्मीको इस्मामा चट्याङ लागेर ७ जना घाइते
बुधबार, साउन २७, २०७८
गुल्मी इस्मा गाउँपालिका ४ का विभिन्न ठाउँमा चट्याङ लागेर ७ जना घाइते भएका छन् । दोहलीको पहिरा भन्ने स्थानका अन्दाजी ४२ बर्षीय राम बहादुर गन्दर्भ र छोरा १२ बर्षीय राहुल गन्दर्भ चट्याङ लागेर गम्भिर घाइते भएका छन् ।
पाल्पा कोरोना अपडेट : बुधबार ९० जना नयाँ संक्रमित थपिए, ७० जना निको
बुधबार, साउन २७, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ९० जना नयाँ संक्रमित थपिएका हुन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा
बुधबार, साउन २७, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज राजीनामा दिएका छन् ।
मुुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको प्रदेशसभामा नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।
पाल्पामा बाघको छाला सहित दुई जना पक्राउ
मंगलबार, साउन २६, २०७८
दुर्लभ बाघको छाला सहित मंगलबार प्रहरीले पाल्पाबाट दुई जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले बाघको छाला तस्करी गिरोहमा संलग्न रिब्दीकोट गाउँपालिका ७ का ४२ वर्षीय विष्णु खत्री र सोही ठाउँका ४० वर्षीय रविल मियाँलाई पक्राउ गरेको हो ।
पाल्पा कोरोना अपडेट : मंगलबार ६८ जना संक्रमितले कोरोना जिते, ४९ जनामा संक्रमण
मंगलबार, साउन २६, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ६८ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ६८ जना संक्रमितले कोरोना जितेका हुन् ।
मालपोत कार्यालय पाल्पाका कर्मचारीमा कोरोना देखिएपछि सेवा रोकियो
मंगलबार, साउन २६, २०७८
मालपोत कार्यालय पाल्पामा कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि केही समयका लागि सेवा रोकिएको छ । कार्यालयमा कार्यरत अधिकृतसहित ५ जना कर्मचारीमा कोरोना परीक्षण गर्दा संक्रमण देखिएपछि साउन ३२ गतेसम्मका लागि कार्यालयको सेवा रोकिएको हो ।
गुल्मीका ६० हजार नागरिक स्वास्थ्य बीमाको पहुँचमा
मंगलबार, साउन २६, २०७८
गुल्मीका ६० हजार भन्दा बढी नागरिक स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन् । डेढ वर्षको अवधिमा यहाँका ६० हजार ५ सयले नागरिकले स्वास्थ्य बीमा गराएका हुन् । बीमा गरेकाले पनि नियमित नविकरण गरेका छैनन् । नेपाल सरकारले योगदानमा आधारित स्वास्थ्य बीमा कार्यक्रम २०७६ माघबाट गुल्मीबाट सुरु गरेको थियो ।
पाल्पा कोरोना अपडेट : सोमबार ८९ जना नयाँ संक्रमित थपिए, ३० जना निको
सोमबार, साउन २५, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ८९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ८९ जना नयाँ संक्रमित थपिएका हुन् ।


