निस्दीमा विषादी सेवनबाट एकको मृत्यु

पाल्पा, जिल्लाको निस्दी गाउँपालिका ३ मोहरियामा विषादी सेवनबाट एक व्यक्तिको मृत्यु भएको छ । बाख्राका जुम्रा मार्ने औषधि सेवन गरेका मोहरिया टोलका ५० वर्षीय चित्रबहादुर पुलामीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पुलामीले विषादी सेवन गरेपछि उपचारका लागि लुम्बिनी मेडिकल कलेज लगिएकोमा शुक्रबार मृत्यु भएको थियो । उनले के कति कारणले विषादी सेवन गरेका हुन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८
प्रतिक्रिया दिनुहोस्