आज परशुराम जयन्ती मनाइँदै
आइतबार, वैशाख ६, २०८३
गुल्मीमा सातामा चार पटक हवाई सेवा सञ्चालन
शनिबार, वैशाख ५, २०८३
गुल्मीको रेसुङ्गा विमानस्थलबाट शनिबारदेखि सातामा चार पटक हवाई उडान सञ्चालन भएका छन् । नेपाल वायुसेवा निगमले काठमाडौँबाट गुल्मीका लागि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो ।
अस्पतालहरूमा पनि सातामा दुई दिन सार्वजनिक बिदा
शनिबार, वैशाख ५, २०८३
सरकारी अस्पतालमा पनि साताम दुई दिन बिदा कायम हुने भएको छ । अन्तरंग तथा आकस्मिक शल्यक्रिया सेवाहरू चौबिसै घण्टा सञ्चालनमा राख्दै शनिबार र आइतबार अस्पतालहरूमा सार्वजनिक बिदा हुने भएको हो ।
आज मातातीर्थ औंसी, आमालाई सम्मान गरी मनाइँदै
शुक्रबार, वैशाख ४, २०८३
आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन, जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औंसीका दिन मनाइन्छ ।
ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिँदै
बिहीबार, वैशाख ३, २०८३
नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिने भएको छ । नाउर र झारलको वैधानिक सिकार गरिने ढोरपाटन सिकार आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भएपनि हालसम्म गणना गरिएको थिएन । हिउँ चितुवा गणनाका लागि गणकलाई तालिम दिने तयारी गरिएको आरक्षका रेन्जर सागर सुवेदीले जानकारी...
रामपुरमा आरोग्य दिवस मनाइयो
बिहीबार, वैशाख ३, २०८३
जिल्लाको रामपुरमा प्रथम अन्तराष्ट्रिय आरोग्य दिवस मनाइएको छ । रामपुर नगरपालिकाको आयोजनामा बुधवार एक कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।
कालीगण्डकी नदीमा बेपत्ता मध्ये एक मृत फेला
बुधबार, वैशाख २, २०८३
जिल्लाको बगनासकाली गाउँपालिका –७ दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका दुई जना मध्ये एक जना मृत फेला परेका छन् । बगनासकाली गाउँपालिका –९ चापपानी झिरभञ्ज्याङका २९ वर्षीय तोयनाथ बस्याल बुधबार विहान मृत अवस्थामा भेटिएका हुन् ।
पाल्पामा ‘एआई’को प्रयोगबाट क्षयरोगीको खोजी
सोमबार, चैत ३०, २०८२
पाल्पामा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को प्रयोगबाट क्षयरोगीहरुको खोजी थालिएको छ । लक्षण नदेखिए पनि क्षयरोगका किटाणु शरीरभित्र हुन सक्ने भएकाले एआइ एक्सरेमार्फत विरामीहरूको पहिचान गरी समयमै उपचारमा सहयोग पुर्याउने उद्देश्यले जिल्लामा एआईमार्फत खोजविन अभियान सञ्चालन गरिएको हो ।
पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर
आइतबार, चैत २९, २०८२
तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर आज एक जना मजदुरको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् ।
आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस
आइतबार, चैत २९, २०८२
आज अप्रिल १२ अर्थात अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरि दिवस मनाइँदै छ । अन्तरिक्षयात्री यूरी गागरीनले सन १९६१ मा भोस्तोक १ नामक अन्तरिक्ष विमानबाट पृथ्वीको अर्विटमा चक्कर लगाउन सफल भएको दिनको सम्झनामा अप्रिल १२ मा यो दिवस मनाउँदै आइएको हो ।
पाल्पा काँग्रेसले सुरु गर्यो ‘जरा अभियान’
शनिबार, चैत २८, २०८२
नेपाली काँग्रेस पाल्पाले ‘जरा अभियान’ सुरु गरेको छ । केन्द्रीय समितिको परिपत्र अनुसार काँग्रेसले जिल्ला कार्यसमितिको बैंठक बसी गत विहिबारदेखि जिल्लामा अभियान सुरु गरेको हो ।


