Shittalpati
बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट
बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट यही कात्तिक १०, ११ र १२ गते परेको बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट भएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीका अनुसार हाल जिल्लामा उत्पादन हुनेमध्ये ११ प्रतिशत काटिसकेको धान पानीमा भिजेको छ ।
आम्दा अस्पताल : दश वर्षमा करिब नौ लाख बढीलाई स्वास्थ्य सेवा
आम्दा अस्पताल : दश वर्षमा करिब नौ लाख बढीलाई स्वास्थ्य सेवा बुटवलमा सञ्चालित सिद्धार्थ बाल तथा महिला ९आम्दा० अस्पतालले एक दशकमा झण्डै नौ लाख बढीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालले १० वर्षको अवधिमा बहिरङ्ग सेवा ९ओपिडी०, आकस्मिक सेवा तर्फ, अस्पतालमा भर्ना९इन्डोर० तर्फ र प्रसूति सेवा लिने गरी नौ लाख २६ हजार ४६२ जनाले सेवा लिएको अस्पतालले जनाएको छ ।
पदयात्रीको रोजाइमा ‘देवचुलीडाँडा’
पदयात्रीको रोजाइमा ‘देवचुलीडाँडा’ पछिल्लो समय देवचुली नगरपालिका–६ स्थित ‘देवचुलीडाँडा’ आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । पदयात्रा गर्न रुचि हुनेहरूको आगमन बढ्नुका साथै देचवुलीडाँडा जिल्लाकै प्रमुख पदयात्राको गन्तव्यसमेत बन्दै गएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको सबैभन्दा अग्लोडाँडाका रूपमा समुद्र सतहदेखि करिब एक हजार ९ सय ३६ मिटर उचाइमा पर्दछ ।
कार्तिक १९ गते तिनाउमा सार्वजनिक बिदा
कार्तिक १९ गते तिनाउमा सार्वजनिक बिदा जिल्लाको तिनाउ गाउँपालिकाले कात्तिक १९ गते बुधबार सार्वजनिक बिदा दिएको छ । असोज १३ गते बसेको गाउँ कार्यपालिकाको बैंठकले सत्यवती मेलाको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गुल्मीमा छोराद्वारा बुबाको हत्या
गुल्मीमा छोराद्वारा बुबाको हत्या गुल्मीमा छोराले बुबाको हत्या गरेका छन् । जिल्लाको मालिका गाउँपालिका–३ ह्वाङ्दी म्यालका २३ वर्षीय टोपबहादुर बिकले बुबा ५२ वर्षीय धनबहादुर बिकको हत्या गरेका हुन् ।
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका–१ को भराहा खोला नजिकै मोटरसाइकल दुर्घटना हुँदा रेसुङ्खा नगरपालिका –२ बाख्रेछेडाका सरोज बस्नेतको मृत्यु भएको हो ।
बेमौसमी वर्षाले धानमा क्षति, किसान चिन्तित
बेमौसमी वर्षाले धानमा क्षति, किसान चिन्तित सम्मरीमाई गाउँपालिका–६ स्थित अवधपुरका  किसान सङ्ग्राम केवट धान भित्र्याउने र नयाँ बाली रोप्ने बेलामा भएको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्‍याएपछि चिन्तित भएका छन्  ।
हरिबोधिनी एकादशीमा रेसुङ्गामा पूजा गर्नेको घुइँचो
हरिबोधिनी एकादशीमा रेसुङ्गामा पूजा गर्नेको घुइँचो हरिबोधिनी एकादशीको अवसरमा गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गामा विशेष मेला एवं पूजा गर्ने भिड लागेको छ  । हरिबोधिनी एकादशीको दिन धार्मिक स्थल रेसुङ्गामा ठुलो मेला लाग्नुका साथै स्नान र पुजाआजा गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन...
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिदैं
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिदैं आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह दामोदरसँग विवाह गरेर विशेष पूजा गरी मनाइने गरिन्छ ।
आइतबार तानसेनमा सार्वजनिक बिदा
आइतबार तानसेनमा सार्वजनिक बिदा तानसेन नगरपालिकाले कात्तिक १६ गते आइतबार सार्वजनिक बिदा दिएको छ । तानसेन–१४ रुरुक्षेत्र (रीडी) स्थित ऋषिकेश मन्दिरमा  कार्तिक शुक्ल द्धादशीका दिन सिन्दुर रथजात्रा ( रथयात्रा) मनाइने भएकाले असोज २६ गते बसेको नगरपालिकाको बैंठकले सो दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
सभामा बोल्दैगर्दा ढलेका मजदुर नेता गौतमको निधन
सभामा बोल्दैगर्दा ढलेका मजदुर नेता गौतमको निधन उद्योगमा विद्युत् कटौती भएको बिरोधमा मन्तव्य राख्दै गर्दा ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घले विद्युत् कटौतीको विरोधमा आयोजना गरेको कार्यक्रममा संस्थागत धारणा राख्नेक्रममा ढलेर जिफन्टका उपाध्यक्ष गौतमको विहीबार मृत्यु भएको हो ।
दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन
दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटका इन्द्रप्रसाद सुवेदीले दुवै आँखा देख्दैनन् । आवाजको भरमा मान्छे चिन्छन् । हिँडेर घरदेखि टाढा जान सहयोगीको आवश्यकता पर्छ । शारिरीक रूपमा अशक्त भए पनि इन्द्रप्रसादले कृषि फार्म सञ्चालन गरेर सफल उद्यमीको पहिचान बनाएका छन् । कृषि फार्म सुरु गर्नुअघि इन्द्रप्रसादले रोजगारीका...
Weather Update