आज र भोलि विभिन्न १२ जिल्लामा भारी वर्षा हुने सम्भावना
आइतबार, असार १५, २०८२

असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै
आइतबार, असार १५, २०८२
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

तानसेनका अर्जुनले गरे सगरमाथाको सफल आरोहण
शनिबार, असार १४, २०८२
जिल्लाको तानसेन नगरपालिका –७ काजीपौवाका अर्जुन थापा मगरले सगरमाथाको सफल आरोहण गरेका छन् । उनले जेठ १३ गते बिहान ६ बजेर १८ मिनेट जाँदा सगरमाथाको सफल आरोहण गरेका हुन् ।

रोटरी क्लव पाल्पा तानसेनले भव्य रुपमा मनायो २५ औं स्थापना दिवस
शनिबार, असार १४, २०८२
जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्लव अफ पाल्पा तानसेनले भव्य रुपमा आफ्नो २५ औं स्थापना दिवस मनाएको छ ।

कम्युनिष्टले जनभावना अनुसार काम नगरेकोमा चिन्ता व्यक्त
शनिबार, असार १४, २०८२
पछिल्लो समय कम्युनिष्ट पार्टीले जनभावना अनुसार काम गर्न नसकेकोमा चिन्ता व्यक्त गरिएको छ । पुष्पलाल स्मृती प्रतिष्ठान नेपाल तानसेन पाल्पाले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालाको १०१ औ जन्मजयन्तीको अवसरमा आयोजना गरेको नेपालमा कम्युनिष्ट आन्दोलन र यसको भविष्य विषयक छलफल बहस तथा अन्तक्र्रियामा सहभागीहरुले कम्युनिष्ट पार्टीले जनभावना अनुसार काम गर्न नसकेकोमा...

पाल्पाको एसईई नतिजामा सुधार : ६ जनाले ल्याए चार जिपिए
शनिबार, असार १४, २०८२
पाल्पामा यस वर्षको एसईई नतिजामा सुधार आएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको एसईई परिक्षा २०८१ को नतिजामा गत वर्षको तुलनामा केही सुधार देखिएको हो ।

लेक उक्लिए गोठाला
शनिबार, असार १४, २०८२
(बागलुङ), बर्खामा लेक र हिउँदमा बेसी सर्ने पश्चिम बागलुङका गोठालाको परम्परानै भइसक्यो । निसीखोला, तमानखोला र ढोरपाटनका धेरैजसो स्थानीयको मुख्य पेसा पशुपालन भएकाले चरिचरनका लागि लेकबेसी गर्ने गर्छन् ।

विद्यार्थीलाई पढाईसँगै सिप
शनिबार, असार १४, २०८२
बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा रहेको सरस्वती माविको कक्षा ८ का विद्यार्थी जोन पुनको ‘हाउस वायरिङ’सम्बन्धी तालिम लिएपछि आत्मविश्वास बढेको छ ।

एसइई परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
शनिबार, असार १४, २०८२
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा शुक्रबार नतिजा सार्वजनिक गर्दै बोर्डका अध्यक्ष डा महाश्रम शर्माले परीक्षामा सहभागि भएका चार लाख ३८ हजार ८९६ जना परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएको बताए ।

ब्राण्ड बनेको ‘थोर्गेली गुड’
शनिबार, असार १४, २०८२
गुल्मीको रूरू क्षेत्र गाउँपालिका–३ स्थित थोर्गामा उत्पादन हुने ‘थोर्गेली गुड’ अहिले एक ‘ब्राण्ड’का रूपमा स्थापित भएको छ । डेढ सय वर्षदेखि उखुखेती हुँदै आएको यस क्षेत्रमा पछिल्लो समय गाउँपालिकाको पहल र विभिन्न संस्थाको सहयोगमा उखु प्रशोधन केन्द्र स्थापना भएपछि ‘थोर्गेली गुड’ ले बजारमा छुट्टै पहिचान बनाउन सफल भएको हो ।
नर्स र विद्यार्थीलाई प्रजनन् सम्बन्धी अभिमुखिकरण
शनिबार, असार १४, २०८२
जिल्लाको रामपुर नगरपालिकामा किशोर–किशोरी र विद्यालय नर्सहरुका लागि प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

लुम्बिनी प्रदेश अस्पताल अत्याधुनिक भवनको २५ प्रतिशत भौतिक प्रगति
शुक्रबार, असार १३, २०८२
लुम्बिनी प्रदेश सरकारका गौरवको आयोजनामध्येको लुम्बिनी प्रादेशिक अस्पतालको हालसम्म आयोजनाको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ । यस्तै आयोजनाको वित्तीय प्रगति भने १६ प्रतिशतको हाराहारीमा पुगेको जनाइएको छ ।

प्रभावकारी बन्दै लुम्बिनी आयुर्वेद चिकित्सालयको सेवा
शुक्रबार, असार १३, २०८२
बुटवल उपमहानगरपालिका–९ की ३६ वर्षीय ललिता भुसाल ढाडको नसा च्यापिएको समस्याले विगत दुई वर्षदेखि ग्रस्त थिए । उनी उपचारका लागि बुटवलका विभिन्न अस्पताल र काठमाडौँ पनि पुगे ।