लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
मंगलबार, भदौ ४, २०८१

पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु
सोमबार, भदौ ३, २०८१
जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकाघरका तीन जनाको मृत्यु भएको छ । मृत्युहुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरुका दुई वर्षीय छोरा शिभम परियार छन् ।

गुल्मीका किसान कफीखेतीतर्फ आकर्षित
सोमबार, भदौ ३, २०८१
गुल्मी सिर्सेनीका किसान यतिबेला परम्परागत रुपमा गर्दैै आएको खेती छाडेर कफीखेतीमा लागेका छन् । जिल्लाको मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका किसानको बारी यतिबेला कफीको बगैँचा बनेको छ ।

आयातित जनैले धानिएको ‘जनै पूर्णिमा’
सोमबार, भदौ ३, २०८१
पछिल्लो केही वर्षयता नेपालमा भारत र चीनबाट बर्सेनी ठूलो परिमाणमा जनै आयात हुने गरेको छ ।

विश्व संस्कृत दिवस मनाइँदै
सोमबार, भदौ ३, २०८१
आज विश्व संस्कृत दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (जनैपूर्णिमा) को दिन पारेर यो दिवस मनाउने गरिन्छ ।

आज क्वाँटी खाने दिन, यस्ता छन् फाइदा
सोमबार, भदौ ३, २०८१
आज क्वाँटी खाने दिन । घर–घरमा एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर खाने गरिन्छ । जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन धेरै पहिलेदेखि चलिआएको हो ।

वर्षाका कारण तानसेनमा तीनतले घर भत्कियो
आइतबार, भदौ २, २०८१
शनिबाररातीदेखि परेको अविरल वर्षाका कारण जिल्लाको तानसेनमा एक घर भत्किएको छ । वर्षाका कारण तानसेन नगरपालिका– ५ कैलाशनगरमा तीनतले घर भत्किएको हो ।

पहिरो गएपछि गुल्मीको तम्घास–रिडी वामीटक्सार सडक अबरुद्ध
आइतबार, भदौ २, २०८१
गए रातिदेखि परेको अबिरल वर्षाका कारण तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अबरुद्ध बनेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अबरुद्ध बनेको हो ।

महासमिति सदस्य बस्यालले दिए काँग्रेस पाल्पालाई ११ बुँदे सुझाव
शनिबार, भदौ १, २०८१
नेपाली काँग्रेस पाल्पाका जिल्ला सदस्य तथा महासमिति सदस्य कृष्णप्रसाद बस्यालले नेपाली काँग्रेस जिल्ला कार्य समितिलाई ११ बुँदे रचनात्मक सुझाव पेश गरेका छन् । पार्टीलाई थप चलायमान बनाउनेदेखि पार्टी भित्रका कार्यकर्ताहरुको आन्तरिक व्यवस्थापनलाई जोड दिई सबै कार्यकर्ताहरु बीच सुमधुर सम्बन्धको विकास गर्न जोड दिदै उनले पार्टी सभापति हिमालदत्त श्रेष्ठलाई भेटेर सुझावसहितको...

तानसेनका विपन्न उपभोक्तालाई विद्युत महसुलमा छुट
शुक्रबार, साउन ३२, २०८१
जिल्लाको तानसेन नगरपालिका भित्रका विपन्न उपभोक्ताहरुले न्युनतम विद्युत् महशुलमा छुट पाउने भएका छन् । ५ एम्पियर स्वीकृत क्षमता भएका र २० युनिटसम्म विद्युत खपत गर्ने गराउने २ हजार २ सय २६ विपन्न उपभोक्ताको विद्युत् महसुल नगरपालिकाले तिर्ने भएको हो ।

खोलाले बगाउँदा बेपत्ता
शुक्रबार, साउन ३२, २०८१
बागलुङको गलकोटमा माछा मार्ने क्रममा खोलाले बगाउँदा आज एक जना बेपत्ता भएका छन् । गलकोट नगरपालिका–१० रमुवाका ४२ वर्षीय रमेश परियार दरमखोलामा माछा मार्ने क्रममा बपत्ता भएका हुन् ।
शिक्षा र स्वास्थ्यका बारेमा बेलायती प्रतिनिधिसँग छलफल
शुक्रबार, साउन ३२, २०८१
शिक्षा र स्वास्थ्यका विषयमा बेलायती प्रतिनिधिसँग छलफल भएको छ । बुटवल उपमहानगरपालिका, बेलायती सरकारको राष्ट्रिय स्वास्थ्य प्रणाली र बेलायती राजदुतावासको प्रतिनिधिबीच बुटवलको शिक्षा र स्वास्थ्यका बारेमा बुटवल उपमहानगरपालिकामा छलफल भएको हो ।