Shittalpati
लुम्बिनी प्रदेशका १८ पालिकामा महिलाको पद गुम्यो
लुम्बिनी प्रदेशका १८ पालिकामा महिलाको पद गुम्यो लुम्बिनी प्रदेशमा यसपालिको स्थानीय तह निर्वाचनमा पालिका प्रमुख र उपप्रमुखमा निर्वाचित महिला अघिल्लो निर्वाचनका तुलनामा ह्वात्तै घटेका छन् । अघिल्लो निर्वाचनमा लुम्बिनी प्रदेशमा पालिका प्रमुखमा १ जना र उपप्रमुखमा १०८ जना गरी १०९ जना महिला निर्वाचित भएका थिए भने यसपालि प्रमुखमा २ जना र उपप्रमुखमा ८९ जना गरी ९१ जना...
लुम्बिनीको नीति तथा कार्यक्रम पारित
लुम्बिनीको नीति तथा कार्यक्रम पारित लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको आइतबारको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक गाभिने
नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक गाभिने पछिल्लो समयमा बैंक तथा वित्तिय संस्थाहरु एक आपसमा गाभिने क्रम बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरुको मर्जर/एक्वीजिसन नीति ल्याएसँगै गाभिने क्रम बढेको हो । यसैबिचमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडले पनि एक आपसमा...
सरकार किसानको पीडा बुझ
सरकार किसानको पीडा बुझ हरेक वर्ष किसानले भोग्नु पर्ने समस्या यस पटक पनि दोहोरिएको छ । मकैमा मल राख्नुपर्ने बेला भो, धान रोप्ने तयारीमा किसान छन् । तर मल नपाएर किसानहरु छट्पटिएका छन् ।
रेडक्रसले दियो आधारभुत प्राथमिक उपचार तालिम
रेडक्रसले दियो आधारभुत प्राथमिक उपचार तालिम नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले तानसेनमा आधारभूत प्राथमिक उपचार तालिम दिएको छ । अष्ट्रेलीयन रेडक्रस सोसाइटीको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी केन्द्रको प्राविधिक सहयोगमा रेडक्रसले चार दिने आधारभूत प्राथमिक उपचार तालिम दिएको हो ।
लैङ्गिक हिंसा रोक्ने महिला जनप्रतिनिधिको अठोट
लैङ्गिक हिंसा रोक्ने महिला जनप्रतिनिधिको अठोट तानसेनका महिला नयाँ जनप्रतिनिधिहरुले लैङ्गिक हिंसा रोक्ने अठोट गरेका छन् । लैङ्गिक हिंसा बढ्दै गएपछि उनीहरुले कारण पहिचान गरी रोक्ने अठोट गरेका हुन् ।
रैनादेवी छहराका किसानलाई अनुदानमा हाते ट्याक्टर
रैनादेवी छहराका किसानलाई अनुदानमा हाते ट्याक्टर जिल्लाको रैनादेवी छहरा गाउँपालिकाका किसानलाई अनुदानमा हाते ट्याक्टर दिइएको छ । गाउँ सरकारले यहाँका किसानहरुको कृषि उत्पादन बढाई आत्मनिर्भर बनाउने उद्देश्यले हाते ट्याक्टर दिएको हो । गाउँपालिका भित्रका ७१ जना किसानले हाते ट्याक्टर अनुदानमा पाएका छन् ।
बालश्रम विरुद्ध दिवसको औचित्य
बालश्रम विरुद्ध दिवसको औचित्य बालबालिकाको वृद्धि र विकासमा नकारात्मक असर पार्ने काम गराउनु नै बालश्रम हो । बालबालिकालाई शिक्षा, खेलकुद, मनोरञ्जनका सट्टामा उनीहरूको शारीरिक, मानसिक, सामाजिक तथा नैतिक विकासको गतिविधिमा बाधा वा अवरोध हुने गरी काममा लगाउनु हुँदैन । यति त्यसो गरियो भने त्यो बालश्रम हो ।
पाल्पा बौद्ध युवा संघ पुग्यो खाद्यान्न लिएर आश्रममा
पाल्पा बौद्ध युवा संघ पुग्यो खाद्यान्न लिएर आश्रममा बौद्ध धर्मलम्वीहरुको संस्था बौद्ध युवा संघ पाल्पा खाद्यान्न लिएर तानसेनमा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेको छ । शनिबार बौद्ध युवा संघको आयोजनामा संघमा आवद्ध युवाहरु र बौद्ध महिला समितिका महिलाहरु आफ्नो वार्षिक उत्सवको अवसरमा खाद्यान्न लिएर आश्रम पुगेका हुन् ।
पाल्पाका पूर्वसांसद थापाको निधन
पाल्पाका पूर्वसांसद थापाको निधन ,पाल्पा क्षेत्र नम्बर १ का पूर्वसांसद तथा नेकपा एमालेका नेता भद्रबहादुर थापाको निधन भएको छ । थापाको ७० वर्षको उमेरमा शनिबार आफ्नै निवास रामपुर नगरपालिका  १० गेझामा निधन भएको हो ।
Weather Update