Shittalpati
आज अन्तर्राष्ट्रिय परिवार रेमिटेन्स दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय परिवार रेमिटेन्स दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय परिवार रेमिटेन्स दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदै छ । विदेशमा काम गरिरहेका लाखौँ श्रमिकहरूले आफ्नो परिवारको जीवनस्तर सुधार, शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा तथा स्थानीय आर्थिक विकासमा पुर्‍याएको योगदानलाई सम्मान गर्ने उद्देश्यले हरेक वर्ष जुन १६ मा यो दिवस मनाउने गरिएको हो ।
सकियो अधिकमास अर्थात् मलमास
सकियो अधिकमास अर्थात् मलमास पाल्पा, प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास सोमबारदेखि सकिएको छ । जेठ ३ गतेदेखि सुरु भएको अधिकमास समाप्त भएको नेपाल पञ्चा· निर्णायक विकास समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार तीन सय ६५ दिनको सौर वर्ष हुन्छ । तीन सय ५४ दिनको चान्द्र वर्ष...
अन्तर्राष्ट्रिय परिवार रेमिटेन्स दिवसको सार्थकता 
अन्तर्राष्ट्रिय परिवार रेमिटेन्स दिवसको सार्थकता  आज अन्तर्राष्ट्रिय परिवार रेमिटेन्स दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । आफ्ना परिवारको उज्ज्वल भविष्यका लागि विदेशमा श्रम गरिरहेका लाखौँ आप्रवासी श्रमिकहरूको योगदानको सम्मान गर्ने उद्देश्यले हरेक वर्ष जुन १६ मा यो दिवस मनाउने गरिन्छ । नेपालजस्तो विकासोन्मुख मुलुकका लागि रेमिटेन्स अर्थतन्त्रको एक प्रमुख आधारस्तम्भ बनेको छ ।
लुम्बिनी प्रदेश : ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक ( हेर्नुहोस् पूर्णपाठसहित )
लुम्बिनी प्रदेश : ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक ( हेर्नुहोस् पूर्णपाठसहित ) लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु ३७ अर्ब ३८ करोड ४५ लाखको वार्षिक बजेट सार्वजनिक गरेको छ । प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरेका हुन्  ।
रम्भाका  पत्रकारलाई क्षमता विकास तालिम
रम्भाका  पत्रकारलाई क्षमता विकास तालिम जिल्लाको रम्भा गाउँपालिकामा  स्थानीय पत्रकारको क्षमता विकासका लागि तालिम दिइएको छ । गाउँपालिकाको आयोजना, पाल्पा विकास केन्द्रको व्यवस्थापनमा तीनदिने क्षमता विकास तालिम दिइएको हो ।
‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’
‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त गरी समृद्ध, विकसित र भाइचारापूर्ण समाज निर्माण गर्न सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आज भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना गरेको ‘शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम’ मा उहाँले समाजमा शान्ति, सुव्यवस्था र...
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो रुपन्देहीमा क्रिकेट खेलको लोकप्रियता र पूर्वाधार विस्तार तीव्रगतिमा अघि बढिरहेका बेला निजी क्षेत्रको सक्रियताले नयाँ आयाम थपेको छ । निजी लगानीमा अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण सम्पन्न हुने चरणमा पुग्दा सरकारी स्वामित्वको सिद्धार्थ क्रिकेट रङ्गशाला भने बजेट अभाव र सुस्त कार्यान्वयनका कारण अझै पूर्ण हुनसकेको छैन ।
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा विश्व शान्ति, करुणा र मैत्रीको सार्वभौमिक सन्देश बोकेर विश्वभर ‘वाक फर पिस’ अभियान सञ्चालन गर्दै पैदलयात्रामा रहेका भियतनामी भिक्षु पन्याकरको नेतृत्व टोली आइतबार बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् । उक्त अभियानसँग जोडिएको ‘आलोका’ कुकुरसहितको टोली बुद्धको जन्मस्थल लुम्बिनी आएको हो ।
पाल्पामा हराउन लागेको जनै बाट्न सिकाइँदै
पाल्पामा हराउन लागेको जनै बाट्न सिकाइँदै पछिल्लो समय नयाँ पुस्तामा परम्परागत संस्कार तथा सीपप्रति रुचि घट्दै जाँदा हराउन लागेको जनै बाट्ने कला संरक्षण गर्ने उद्देश्यले पाल्पामा विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । जनतन पुरानो पुस्ताले जनै बनाउँदै आए पनि नयाँपुस्ताले यसतर्फ चासो नदेखाउँदा संस्कृति नै हराउँदै जान थालेपछि ब्राह्मण समाज नेपाल पाल्पाले भने संरक्षणका लागि...
 रामपुरमा घुम्ती शिविरमार्फत सेवा प्रवाह 
 रामपुरमा घुम्ती शिविरमार्फत सेवा प्रवाह  जिल्लाको रामपुर नगरपालिकाले घुम्ती शिविरमार्फत सेवा प्रवाह गरेको छ । उसले कार्यालयको पहुँच भन्दा पर रहेका नागरिकहरुलाई सहज रुपमा सेवा दिने उद्देश्यले घुम्ती सेवामार्फत सेवा प्रवाह गरेको हो ।
तानसेनका शिक्षकहरुलाई क्षयरोग सम्बन्धी सचेतना
तानसेनका शिक्षकहरुलाई क्षयरोग सम्बन्धी सचेतना तानसेनका सामुदायिक विद्यालयका शिक्षकहरुलाई क्षयरोग सम्बन्धी सचेतना एक दिने कार्यक्रम गरिएको छ । नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाको आयोजनामा कार्यक्रम गरिएको हो ।
Weather Update