बगनासकालीमा लैङ्गिक हिंसा न्यूनीकरणका लागि सचेतना
आइतबार, मंसिर २१, २०८२
तानसेनमा राष्ट्रपति रनिङ शिल्ड सुरु, ४ विधाका ६६ खेलमा प्रतिष्पर्धा हुँदै
आइतबार, मंसिर २१, २०८२
जिल्लाको तानसेनमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । तानसेनस्थित टुँडिखेल मैदानमा आजदेखि सातौं नगरस्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
चेतनाको अभाव र गरिबीले थला परेको मर्चवारमा आँखाको ज्योति
आइतबार, मंसिर २१, २०८२
सदरमुकाम भैरहवाका नजिकै भएर पनि स्वास्थ्य सेवा–सुविधाबाट टाढा रहेको रुपन्देहीको मर्चवार क्षेत्रमा आँखाका बिरामीको संख्या दिनानुदिन भयावह बन्दै गएको देखिएको छ।
स्वास्थ्य स्वयंसेविकाको गुनासो : दुःख धेरै, सुविधा कम
आइतबार, मंसिर २१, २०८२
जिल्लाका स्वास्थ्य स्वंसेविकाहरुले आफूहरूले बर्षौँ देखि निशूल्क रुपमा स्वास्थ्य सेवा प्रवाह गर्दै आएको भएपनि राज्यले आफूहरू माथि ठूलो अन्याय गरेको गुनासो गर्ने गरेका छन् । उनीहरूले घरदैलो कार्यक्रम गर्दै सुरक्षित मातृत्व, खोप तथा पोषण कार्यक्रम र नवजात शिशु सरसफाइमा जनचेतना फैलाउने काम गर्दै आए पनि आफूले गरेको कामको कुनै पनि...
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै
आइतबार, मंसिर २१, २०८२
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपाल सहित विश्वभर मनाइँदै । उड्ययन सम्बन्धी विभिन्न कार्यक्रम गरी आज दिवस मनाउन लागिएको हो ।
उड्डयन क्षेत्र सुधार गरौं
आइतबार, मंसिर २१, २०८२
झण्डै एक दशकअघिदेखि नेपाली हवाई क्षेत्रको सुरक्षा सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरबाटै विभिन्न प्रश्न उठ्दै आएको छ । यातायातका दृष्टिले हवाई उडानलाई सुरक्षित मानिए पनि बर्सेनि विमान दुर्घटनाको क्रम नरोकिनुले नेपाली आकाश असुरक्षित रहेको हो कि भन्ने आशंका सर्वत्र उत्पन्न हुने गरेको छ ।
शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठानद्वारा पाल्पामा ११ नारी सम्मानित
शनिबार, मंसिर २०, २०८२
शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालले विभिन्न क्षेत्रका ११ जना नारीहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानको २० ओैं वार्षिक दिवस तथा ९७ ओैं कुलमणि देवकोटा जन्मजयन्ती समारोहको अवसरमा शनिबार पाल्पाको तानसेनमा पुरस्कृृत एवं सम्मान गरेको हो ।
युवा पलायन रोक्न रेसुङ्गामा ‘मिसन रोजगारी’ कार्यक्रम
शनिबार, मंसिर २०, २०८२
जिल्लाको रेसुङ्गा नगरपालिकाले युवा पलायन रोक्न ‘मिसन रोजगारी’ कार्यक्रम सञ्चालन गरेको छ । युवाहरूको वैदेशिक पलायन र उद्यमीबीचमै पलायन हुने अवस्थाको अन्त्य गर्न सो कार्यक्रम ल्याइएको नगर प्रमुख खिलध्वज पन्थीले बताए । उनका अनुसार दायित्वको सहकार्यमा १ सय ८० दिनको परिणाम प्राप्त गरिसक्ने गरी उक्त कार्यक्रम तीन चरणमा सञ्चालन गरिुएको...
रामपुरमा घुम्ती शिविरमार्फत ४ सय ८५ जनाले लिए सेवा
शनिबार, मंसिर २०, २०८२
जिल्लाको रामपुर नगरपालिकाका दुई वटा वडाकाका ४ सय ८५ जनाले स्वास्थ्य शिविरमार्फत सेवा लिएका छन् । नगरपालिकाले वडा नं.१ र २ का जनतालाई सहज सेवा प्रदानका लागि नगरपालिका कार्यालय बाट प्रदान गरिने सेवा संगै स्वास्थ्य जाँच सहितको सेवा वडा नं. १ को कार्यालयबाट दिएको हो ।
गुल्मीमा २० करोड ६७ लाखको सुन्तला उत्पादन
शनिबार, मंसिर २०, २०८२
जिल्लामा यस वर्ष २० करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ । गत वर्षको तुलनामा यस पटक जिल्लामा सुन्तलाको उत्पादन घटेको हो ।
माटोको क्षयीकरण रोकौं
शनिबार, मंसिर २०, २०८२
माटो हाम्रो जीवनको मूल आधार हो । पृथ्वीको सतहमा रहेको खनजोत गर्न सकिने नरम किसिमको भाग नै माटो हो । यो खासगरी विभिन्न खनिज तत्व, अर्गानिक तत्व, हावा, तरल पदार्थ र थुप्रै जीवहरूले बनेको हुन्छ । तर यही माटोको जीवन्त हैसियत निरन्तर खस्कँदो छ ।
विश्व माटो दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
आज नेपालसहित विश्वभर विश्व माटो दिवस मनाइँदैछ । स्वस्थ माटोको महत्वलाई विश्वमा फैलाउने तथा माटोको स्रोतको व्यवस्थापन प्रति चेतना फैलाउने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ मा संयुक्त राष्ट्रसंघको आह्वानमा खाद्य तथा कृषि संस्थाले विश्व माटो दिवस मनाउने गरेको हो ।

