Shittalpati
कर्तव्यनिष्ट असी बुहारी सम्मानित
कर्तव्यनिष्ट असी बुहारी सम्मानित अर्घाखाँचीका सन्धिखर्क नगरपालिकाले कर्तव्यनिष्ठ असी असल बुहारीलाई सम्मान गरेको छ । पछिल्लो समय वृद्ध बुबाआमाको स्याहारसुसार गर्ने परम्परा कमजोर बन्दै गइरहेका बेला घरमै बसेर सासू–ससुराको सेवा गर्दै आएका बुहारीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।
आज विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै
आज विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै आज विश्वभर विश्व बालश्रम विरुद्धको दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । बालबालिकालाई श्रमको शोषणबाट मुक्त गराई उनीहरूको शिक्षा, स्वास्थ्य र समग्र अधिकार सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष जुन १२ मा यो दिवस मनाउने गरिन्छ ।
बालश्रम विरुद्ध सबै जुटौं
बालश्रम विरुद्ध सबै जुटौं हरेक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम विरुद्ध दिवस मनाइन्छ । यस वर्षको दिवस आज विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदै छ । सन् २०२५ सम्म सबै किसिमका बालश्रम अन्त्य गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का आह्वानमा सन् २००२ देखि यो दिवस मनाइने गरिएको हो ।
शनिबार तानसेन खानेपानीको साधारण सभा हुँदै
शनिबार तानसेन खानेपानीको साधारण सभा हुँदै तानसेन खानेपानी उपभोक्ता समितिले शनिबार ११ औं साधारण सभा गर्ने भएको छ ।
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु रोल्पामा आज  बिहान  मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । 
संसद्को गरिमा जोगाऔँ
संसद्को गरिमा जोगाऔँ प्रधामन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर संसद प्रभावकारी ढंगले अगाडि बढ्न सकिरहेको छैन । एकपछिअर्को गरी संसद् बैठक अवरूद्ध भैरहेको छ ।
माथागढीका वडाध्यक्ष पन्थीको  पद गुम्यो
माथागढीका वडाध्यक्ष पन्थीको  पद गुम्यो निर्वाचन आयोगले पाल्पाका एक वडाध्यक्षले दल त्याग गरेकाले उक्त पद रिक्त रहेको सूचना जारी गरेको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेक एमालेका तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित माथागढी गाउँपालिका –१ का वडा अध्यक्ष राजकुमार पन्थीले दल त्याग गरेकाले उक्त पद स्वत रिक्त हुन गएको आयोगले  जारी गरेको सूचनामा उल्लेख...
पाल्पाका पत्रकार धर्नामा
पाल्पाका पत्रकार धर्नामा नेपाल पत्रकार महासंघ पाल्पा शाखाको अगुवाइमा जिल्लाका पत्रकारहरुले प्रेस स्वतन्त्रताको पक्षमा विभिन्न मागहरु राख्दै जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिएका छन् । पत्रकारहरुले प्ले कार्डसहित विहान ११ बजेदेखि अपराह्न्न १२ सम्म सो स्थानमा धर्ना दिएका हुन् ।
रेग्मी व्यावसायिक मौरीपालनमा
रेग्मी व्यावसायिक मौरीपालनमा मानिस सहर केन्द्रित हुँदै गएका बेला चापाकोट नगरपालिका–१० कालीडाँडाका ५६ वर्षका रोमकान्त रेग्मी भने आफ्नै पैतृक थलोमा फर्की व्यावसायिक मौरीपालनमा लागेका छन ।  उनि झन्डै १९ वर्ष विदेश बसेका थिए । 
भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद
भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा  एक व्यापारीको गोदामबाट मङ्गलबार खानतलासी गर्दा भन्सार छलेका विभिन्न सामान बरामद गरेको छ । सामानहरू लुकाइछिपाई राखिएको सूचनाका आधारमा छापा मार्दा प्रहरीले भन्सार छलेका सामान बरामद गरेको हो । 
Weather Update