Shittalpati
नर्स र विद्यार्थीलाई प्रजनन् सम्बन्धी अभिमुखिकरण
नर्स र विद्यार्थीलाई प्रजनन् सम्बन्धी अभिमुखिकरण जिल्लाको रामपुर नगरपालिकामा किशोर–किशोरी र विद्यालय नर्सहरुका लागि प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
शिक्षक फेरी सडकमा उत्रिने बाटो नबनोस्
शिक्षक फेरी सडकमा उत्रिने बाटो नबनोस् लामो समय सडक आन्दोलनमा रहेका शिक्षकहरुको आन्दोलन सरकारले पुरा गर्ने आश्वास दिएपछि रोकिएको थियो । सरकारले असार १५ भित्र विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाएपछि शिक्षकहरु सडकबाट फर्किएका थिए ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी, रूकुम पश्चिम, मोरङ र रोल्पामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।
लुम्बिनी प्रदेश अस्पताल अत्याधुनिक भवनको २५ प्रतिशत भौतिक प्रगति
लुम्बिनी प्रदेश अस्पताल अत्याधुनिक भवनको २५ प्रतिशत भौतिक प्रगति लुम्बिनी प्रदेश सरकारका गौरवको आयोजनामध्येको लुम्बिनी प्रादेशिक अस्पतालको हालसम्म आयोजनाको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ । यस्तै आयोजनाको वित्तीय प्रगति भने १६ प्रतिशतको हाराहारीमा पुगेको जनाइएको छ ।
प्रभावकारी बन्दै लुम्बिनी आयुर्वेद चिकित्सालयको सेवा
प्रभावकारी बन्दै लुम्बिनी आयुर्वेद चिकित्सालयको सेवा बुटवल उपमहानगरपालिका–९ की ३६ वर्षीय ललिता भुसाल ढाडको नसा च्यापिएको समस्याले विगत दुई वर्षदेखि ग्रस्त थिए । उनी उपचारका लागि बुटवलका विभिन्न अस्पताल र काठमाडौँ पनि पुगे ।
पाल्पामा पनि मनाइयो मदन भण्डारीको ७४ औं जन्मजयन्ती
पाल्पामा पनि मनाइयो मदन भण्डारीको ७४ औं जन्मजयन्ती जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्ती शुक्रबार पाल्पासहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । तत्कालीन नेकपा (एमाले)का महासचिव भण्डारीको जन्मजयन्तीको अवसरमा एमाले र पार्टीका विभिन्न जनसंगठनहरूले देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाएका हुन् ।
विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी
विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । बिरामी पर्नेहरुमा मुसिकोट नगरपालिका–४ दिगामचौरका ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए । 
मौरीपालक कृषकलाई अनुदानमा मौरीको घार
मौरीपालक कृषकलाई अनुदानमा मौरीको घार जिल्लाको रामपुर नगरपालिकाले कृषकलाई मौरीको घार वितरण गरेको छ । उसले कृषकको आयआर्जन बढाउन नगरभित्रका ३९ जनालाई ९५ वटा मौरी घार वितरण गरिएको हो । स्थानीय कृषकको माग र आवश्यकताको आधारमा नगरपालिकाको कृषि शाखाले ५० प्रतिशत अनुदानमा घार वितरण गरेको हो ।
तानसेनमा निःशुःल्क मुटु परीक्षण तथा सचेतना
तानसेनमा निःशुःल्क मुटु परीक्षण तथा सचेतना जिल्लाको तानसेनमा निःशुल्क मुटु परीक्षण तथा सचेतना कार्यक्रम गरिएको छ । तानसेन नगरपालिका–२ वडा कार्यालयको मुख्य आयोजना, नेपाल ह्दयरोग निवारण प्रतिष्ठान पाल्पाको आयोजनामा तानसेनस्थित अमरनारायण फुलबारीमा मुटु परीक्षणसँगै सचेतना कार्यक्रम गरिएको हो ।
डेंगी संक्रमण फैलिन नदेऊ
डेंगी संक्रमण फैलिन नदेऊ पछिल्ला केही दिन यता नेपालमा डेंगी संक्रमणको जोखिम फेरि बढेको छ । केही महिना नियन्त्रणमा आएको डेंगी बर्खा लागेसँगै पुनः देखिन थालेको हो । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को १ जनवरीदेखि २४ जुनसम्मको विवरणअनुसार देशभर १ हजार ५ सय ६१ जनामा डेंगी पुष्टि भइसकेको छ ...
Weather Update