Shittalpati
प्रहरीको बदनाम गराएको अभियोगमा एक पक्राउ
प्रहरीको बदनाम गराएको अभियोगमा एक पक्राउ रुपन्देही प्रहरीले समाचारका झुटो विवरण दिई विभिन्न सञ्चारमाध्यममार्फत नेपाल प्रहरीको बदनाम गराउन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
लुम्बिनी विशिष्टीकृत सहकारी संघले पाल्पाका दुग्ध उत्पादक किसानलाई सहयोग गर्ने
लुम्बिनी विशिष्टीकृत सहकारी संघले पाल्पाका दुग्ध उत्पादक किसानलाई सहयोग गर्ने लुम्बिनी विशिष्टीकृत सहकारी संघ लिमिटेडले पाल्पाका दुग्ध उत्पादन गर्ने कृषकहरुलाई प्रशोधनका क्षेत्रमा सहयोग गर्ने भएको छ । उसले रुपन्देहीको तिलोतमा नगरपालिकामा दुग्ध उत्पादन तथा परियोजनामार्फत आर्थिक समृृद्धिका लागि दुग्ध प्रशोधनका क्षेत्रमा सहयोग गर्ने भएको हो ।
गुल्मीमा मौरी व्यावसायीकरण योजना, आज मह दिवस मनाइदैं
गुल्मीमा मौरी व्यावसायीकरण योजना, आज मह दिवस मनाइदैं मौरी अनुशासित र कर्मशिल प्राणी हो । धेरै दुःख गर्न नपर्ने र धेरै ठाँउ पनि नचाहिने व्यवसाय मौरी पालन व्यवसाय हो । मौरीको संरक्षण गर्न मात्रै सकेमा यो व्यवसायबाट किसानको मुहार फेरिन सक्छ । पछिल्लो समय गुल्मी मुसिकोटका किसानहरु मौरीपालनमा आकर्षित हुँदै गएका छन् । थोरै धेरै मौरी पालनमा किसान...
आरोप–प्रत्यारोप हैन जनताको मन जित
आरोप–प्रत्यारोप हैन जनताको मन जित आमनिर्वाचन भएको पाँच महिनापछि प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । चितवन, तनहुँ र बारा जिल्लाका तीन क्षेत्रमा अहिले उपनिर्वाचनको माहोल तातेको छ । निर्वाचन भएको छोटो समयमै उपनिर्वाचन हुँदै गर्दा त्यस क्षेत्रका मतदाताहरु त्यति उत्साहित भने देखिदैनन् ।
सोमबार गुल्मीमा मह दिवस मनाइँदै
सोमबार गुल्मीमा मह दिवस मनाइँदै गुल्मीको मुसिकोट नगरपालिका–८ र ९ मा रहेको सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रमले सोमबार मह दिवस मनाउँदैछ । मौरीपालन व्यवसायलाई थप व्यवसायीकरण गरी गुल्मीलाई महमा आत्मनिर्भर बनाउने उक्त दिवसको लक्ष्य रहेको छ । मौरी स्मार्टमा हाल ५१ किसान संगठित रहेको अध्यक्ष चुमा घर्तीमगरले जानकारी दिए ।
गोरखा–जितगढी पदयात्राका क्रममा सेनाको टोली पाल्पामा
गोरखा–जितगढी पदयात्राका क्रममा सेनाको टोली पाल्पामा गोरखा–जितगढी पैदलयात्रामा निस्केको नेपाली सेनाको टोली शनिबार पाल्पा आइपुगेको छ । गोरखाबाट गत चैत २९ गते पैदलयात्रामा निस्केको सेनाको टोली तनहुँ, स्याङ्जा हुँदै पाल्पाको रामपुर भित्रिएको हो ।
दाङमा भएका छुुट्टाछुट्टै घटनामा दुुईको मृत्यु
दाङमा भएका छुुट्टाछुट्टै घटनामा दुुईको मृत्यु लुम्बिनी प्रदेशको दाङमा भएका छुुट्टाछट्टै घटनामा दुुई जनाको मृत्युु भएको छ । घोराही उपमहानगरपालिका–१० र ३ मा भएका घटनामा दुुई जनाको ज्यान भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
घाँस काट्न जंगल गएका सूर्यवंशी मृत फेला
घाँस काट्न जंगल गएका सूर्यवंशी मृत फेला घाँस काट्न जंगल गएका पाल्पाको रम्भा गाउँपालिका –४ धामखोलाका ६३ वर्षीय यामबहादुर सूर्यवंशी मृत फेला परेका छन् । गत चैत २८ खाना खाएर घाँस काट्न र काफल टिप्न भनि जंगल गएका सूूर्यवंशी शुक्रबार साँझा मृत फेला परेका हुुन् ।
पाल्पाका पर्यटकीयस्थल खचाखच
पाल्पाका पर्यटकीयस्थल खचाखच नयाँ वर्षको पहिलो र दोस्रो दिन पाल्पाका चर्चित पर्यटकीयस्थल आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिए । विभिन्न क्षेत्रबाट रमाइलो र आनन्द लिनका लागि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले तानसेनको श्रीनगरडाँडा, रानीमहल, रुरु क्षेत्र, रिब्दीकोटको भैरवस्थान, रम्भाको रिमिघा लेक, कौडे लेक, तिनाउको जन्तीलुङ्ग, मरामकोट लगायतका पर्यटकीयस्थलहरु खचाखच रहे । ती...
वैशाख ११ देखि खोप सप्ताह
वैशाख ११ देखि खोप सप्ताह सरकारले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो ।
भैरहवाबाट दिल्ली र क्वालालाम्पुरमा उडान हुँदै
भैरहवाबाट दिल्ली र क्वालालाम्पुरमा उडान हुँदै आगामी जेठ दोस्रो सातादेखि भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान हुने भएको छ । नेपाल एयरलाइन्सले भैरहवालाई दुई गन्तव्यमा जोड्ने गरी उडानको तयारी थालेको छ ।
Weather Update