पाल्पा, लुम्बिनी प्रदेशको दाङमा भएका छुुट्टाछट्टै घटनामा दुुई जनाको मृत्युु भएको छ । घोराही उपमहानगरपालिका–१० र ३ मा भएका घटनामा दुुई जनाको ज्यान गएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
उसका अनुसार घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित सडकमा बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा.१ ख ३१२६ नम्बरको बसको ठक्करबाट पैदलयात्री घोराही उपमहानगरपालिका–१२ बरुवा गाउँका १८ वर्षीय बसन्त केसीको शनिबार मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी समाचार कक्षले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी घोराही उपमहानगरपालिका–३ मसोटस्थित सडकमा बस दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । तुलसीपुरबाट बुटवलतर्फ जाँदै गरेको ना.४ ख ६९५० नम्बरको बस अनियन्त्रित भई दुर्घटनाहुँदा बसमा सवार बङ्लाचुली गाउँपालिका–७ लापेकस्ी २८ वर्षीया यमी घर्ति मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।