मायाखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
शुक्रबार, माघ ६, २०७९
चिसोबाट बचौं
शुक्रबार, माघ ६, २०७९
माघको पहिलो दिनदेखि नै पाल्पा लगायत पहाडी जिल्लाहरुमा चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि यहाँ हुस्सु र कुहिरोका कारण घाम नलागेपछि चिसो बढेको हो । चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय, जेष्ठ नागरिक बढी प्रभावित हुने अवस्था सिर्जना भएको छ । चिसोका कारण बिहानै धेरै नागरिकहरु...
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी जफत
बिहीबार, माघ ५, २०७९
काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित दुई होटलमा बसेका तीनजनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी बरामद गरेको छ । त्यहाँको वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लिकोटबाट सात सय ३१ थान राहदानीसहित कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भई टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजङ खड्कासहित तीन जनालाई प्रहरीले पक्राउ...
उपसभामुखको निर्वाचन माघ ७ गते
बिहीबार, माघ ५, २०७९
प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त जानकारी गराएका हुन् ।
सभामुखमा एमालेका घिमिरे निर्वाचित
बिहीबार, माघ ५, २०७९
प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । सहभागी २ सय ६८ मध्ये १ सय ६७ मतसहित घिमिरे सभामुखमा निर्वाचित भएका हुन् ।
पुरूषहरुको भीडमा एक्लो महिला चालक
बिहीबार, माघ ५, २०७९
सार्वजनिक सवारी साधनमा पुरुष चालकले नै गाडी गुडाउँछन् । महिला चालक पाउन मुस्किल छ । हुन त काठमाडौं, पोखरा जस्ता ठूला सहरमा फाटफुट सार्वजनिक गाडीमा महिला चालक भेटिन्छन् । मोफसलमा सार्वजनिक सवारी साधनमा महिला चालक खासै देखिँदैनन् सार्वजनिक सवारी साधनमा पुरुष चालकको भीडमा एक्लो महिला चालकका रुपमा भिडेकी छन् पाल्पाको...
पाल्पामा संगठन बलियो बनाउन काँग्रेसको ‘घुम्ती बैंठक’
बिहीबार, माघ ५, २०७९
नेपाली काँग्रेस पाल्पाले संगठन बलियो बनाउन ‘घुम्ती बैंठक’ सञ्चालन गर्दै आएको छ । काँग्रेसले दशवटै स्थानीय तहमा अहिले घुम्ती बैंठक सञ्चालन गरिरेहको हो । काँग्रेसले वर्तमान राजनीतिक अवस्था, पार्टी भित्रको परिदृश्यका कारण जनतामा देखिएको नैराश्यता, पार्टी र स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरु बीचको सामञ्जस्य कायम गर्ने उद्देश्यले स्थानीय तहमा घुम्ती...
सभामुखमा काँग्रेस र एमालेको उम्मेदवारी
बिहीबार, माघ ५, २०७९
प्रतिनिधिसभा सभामुखका पदका लागि काँग्रेस र एमालेले उम्मेदवारी दिएका छन् । विहिबार हुने निर्वाचनका लागि काँग्रेस र एमालेले आ–आफ्ना उम्मेदवारी उठाएका हुन् । बुधबार नेपाली काँग्रेसले सांसद ईश्वरी न्यौपाने र नेकपा एमालेका देवराज घिमिरेलाई सभामुखमा उठाएका हुन् ।
सबै वडा भवन निर्माण गर्छौ : नगर प्रमुख थापा
बिहीबार, माघ ५, २०७९
जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले सबै वडा कार्यालयका भवनहरु निर्माण गर्ने गरी आफुहरुले काम अगाडि बढाएको बताएका छन् । रामपुर नगरपालिका वडा नं. ८ को वडा कार्यालय भवनको शिलान्यास गर्दै नगर प्रमुख थापाले आगामी ५ वर्ष भित्रमा सबै वडाका भवनहरु निर्माण गर्ने बताएका हुन् ।
पेट्रोलियम पदार्थको मूल्य यथावत्
बिहीबार, माघ ५, २०७९
भारतबाट पेट्रोलियम पदार्थको मूल्यमा केही हेरफेर भएर आए पनि नेपालमा पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् रहेको छ । इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट सोमबार पेट्रोलमा केही बढेर र डिजेल तथा हवाई इन्धनमा केही घटेर आएको भए तापनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेको जनाएको हो ।
दूषित पिउने पानी
बिहीबार, माघ ५, २०७९
पानी जीवनको स्रोत हो । स्वस्थ जीवनका लागि स्वच्छ पानी आधारभूत सर्त हो । त्यसैले स्वच्छ पानीमा सम्पूर्ण नागरिकको पहुँच मानिसको आधारभूत अधिकार हो । नेपालको संविधानले पनि यो अधिकार सुनिश्चित गरेको छ । तर त्यसको नियमनचाहिँ प्रभावकारी रूपमा भएको छैन । देशको जुनसुकै स्थानमा यो समस्या विद्यमान छ ।...


