नवजनचेतना राष्ट्रिय दैनिक २०८२ भदौ २९ गते आइतबार
आइतबार, भदौ २९, २०८२
कर्मचारीले लगाए आफ्नै कार्यालयमा आगो
शनिबार, भदौ २८, २०८२
प्युठानको एक स्थानीय तहमा कार्यरत एक कर्मचारीले आफ्नै कार्यालयमा आगो लगाएका छन् । यहाँको झिमरुक गाउँपालिकामा कार्यरत रोजगार संयोजक सुदर्शक जिसीले गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको कार्यकक्षमा आगो लगाएका हुन् ।
बुटवलको भाटभेटनी लुटपाटमा संलग्न शिक्षक निष्कासन
शनिबार, भदौ २८, २०८२
बुटवलको भाटभटेनी सुपरमार्केटको लुटपाटमा संलग्न भएको भन्दै एक शिक्षकलाई निकाष्सन गरिएको छ । भदौ २४ गते राति भएको लुटपाटमा संलग्न भएको भन्दै कालिका मानव ज्ञान माविले विद्यालयका शिक्षक शिवसंकर शुक्लालाई कारबाही गरी पदबाट निष्कासन गरेको हो ।
प्राथमिक उपचार दिवसको सार्थकता
शनिबार, भदौ २८, २०८२
प्राथमिक उपचार दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाउने गरिन्छ ।
आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै
शनिबार, भदौ २८, २०८२
आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी विश्व प्राथमिक उपचार दिवस मनाइँदै छ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार यो दिवस मनाउने गरिन्छ ।
पाल्पामा ‘लोकतन्त्र बचाऔं, संविधान बचाऔं’ भन्ने कामना गर्दै मौन प्रदर्शन
शुक्रबार, भदौ २७, २०८२
पाल्पामा ‘लोकतन्त्र बचाऔं, संविधान बचाऔं’ भन्ने काम गर्दै मौन प्रदर्शन गरिएको छ । नेपाल पत्रकार महासंघ पाल्पा शाखाको संयोजनमा बार एकाई , शिक्षक संघ सहितको सहभागीतामा मौन प्रदर्शन गरिएको हो ।
जेनजी आन्दोलनका मृतकको सम्झनामा अमेरिकामा दीप प्रज्वलन
शुक्रबार, भदौ २७, २०८२
नेपालमा भदौ २३ र २४ मा भएको जेनजीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा मृत्यु भएकाको सम्झनामा अमेरिकाको भर्जिनियामा दीप प्रज्वलन गरिएको छ । अमेरिकाको भर्जिनियामा रहेका नेपालीहरुले नेपालमा जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउने युवाहरुको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेका हुन् ।
सामान्य बन्दै गुल्मीको जनजीवन
शुक्रबार, भदौ २७, २०८२
जेनजी आन्दोलनका कारण प्रभावित बनेको यहाँको जनजीवन यतिबेला सामान्य बनेको छ । जिल्लामा आजबिहानदेखि यातायात, शिक्षण संस्थ, उद्योग तथा व्यापार व्यावसाय सबै सञ्चालन भएका छन् ।
मुलुकलाई सहज निकास देऊ
शुक्रबार, भदौ २७, २०८२
जेनजीको आन्दोलन पश्चात उत्पन्न परिस्थितिप्रतिले यति बेला आमनागरिकलाई चिन्तित बनाएको छ । प्रदर्शनका क्रममा ३४ जना भन्दा बढीको ज्यान गइसकेको छ धेरै बालबालिका र सुरक्षाकर्मी घाइते भएका छन् ।
पत्रकार महासंघ पाल्पाको अपिल ‘संविधानको परिधिमा रहेर सरकार बनाउन पहल गर्नुपर्छ’
बिहीबार, भदौ २६, २०८२
नेपाल पत्रकार महासंघले जेन–जी पुस्ताका मागहरू सम्बोधन गर्दै संसद र संविधानको परिधिमा रहेर सरकार बनाउन पहल गर्नुपर्ने ठहर गरेको छ । महासंघले बिहीबार जिल्ला अध्यक्ष कमलराज तिमिल्सेना र सचिव रामचन्द्र रायमाझीद्वारा हस्ताक्षरित एक अपिल सार्वजनिक गर्दै संसद र संविधानकै परिधिमा रहेर सरकार गठन लगायतका प्रक्रिया अघि बढाउनुपर्ने बताएको हो ।
हराएकी बालिका साढे ६ महिनापछि घर फर्केपछि ...
बिहीबार, भदौ २६, २०८२
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ स्थित दोगहराबाट गत चैत २२ गते सात वर्षीया बालिका बेपत्ता भइन् । स्थानीय नवदुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत बालिका अटोरिक्सामा बसिरहेकी एक अपरिचित महिलाले बोलाएपछि उनी महिलासँगै गएकी र त्यसपछि बेपत्ता भएकी थिइन् ।


