Shittalpati
रोल्पामा पहिरो जाँदा तीन जनाको मृत्यु, ९ जना बेपत्ता

काठमाडौैं, रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षापछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेहरुमा थबाङ गाउँपालिका ५ की १८ वर्षीया शान्ती पुन मगर, सोही ठाउँका ६० वर्षीय कमलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर रहेका छन् । पहिरोले घर तथा गोठ पुरिँदा उनीहरुको मृत्यु भएको हो । जहाँ ९ जना बेपत्ता र दुई जना घाइते रहेका छन् ।  

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update