Shittalpati
चौपाया छाडा छाड्नेलाई सात हजार जरिवाना
चौपाया छाडा छाड्नेलाई सात हजार जरिवाना जथाभावी छाडा चौपाया छोड्ने चौपायाधनीलाई सिद्धार्थनगर नगरपालिकाले जरिवाना तिराउन सुरु गरेको छ । छाडा चौयापा नियन्त्रण र व्यवस्थापन अभियान सुरु गरेको नगरपालिकाले चौपाया धनीलाई पहिलो पटकमा सात हजार जरिवाना तिराएको हो ।
भारतमा रेल दुर्घटना : १३ जनाको मृत्यु, मृतक मध्ये ४ नेपाली
भारतमा रेल दुर्घटना : १३ जनाको मृत्यु, मृतक मध्ये ४ नेपाली भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । महाराष्ट्रको जलगाउँ जिल्लाको पाचोरा येथे पारधाडे रेल्वेस्थान नजिक भएको दुर्घटनामा ४ नेपालीसहित  १३ जनाको मृत्यु भएको हो ।
सहिद सप्ताह आजदेखि, पहिलो दिन शास्त्रीको सम्झना गरिदैं
सहिद सप्ताह आजदेखि, पहिलो दिन शास्त्रीको सम्झना गरिदैं मुलुकमा विभिन्न राजनीतिक आन्दोलनका क्रममा उत्सर्ग गरेका सहिदको सम्झनामा आजदेखि सहिद सप्ताह सुरु भएको छ । पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्‍याउने चार सहिदको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि  १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिन्छ ।  
रेमिट्यान्सको मात्र भर नपरौं
रेमिट्यान्सको मात्र भर नपरौं नेपाल रेमिट्यान्स (विप्रेषण)मा सबैभन्दा बढी निर्भर मुलुक बनेको छ । नेपाली अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले नै ओगटेको पाइन्छ । अन्य मुलुकले भने रेमिट्यान्समाथिको निर्भरता घटाउँदै लगेको देखिएको छ । नेपाल भने कूल ग्रार्हस्थ उत्पादन (जीडीपी)मा रेमिट्यान्सको प्रतिशत निरन्तर बढाउन उद्धत देखिन्छ ।
नेप्से र कारोबार रकम दुवै बढे
नेप्से र कारोबार रकम दुवै बढे कारोबार साताको चौथौं दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक र कारोबार रकम दुवै बढेका छन् । अघिल्लो दिनको तुलनामा बुधबार नेप्से र कारोबार दुवै बढेका हुन् ।
छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु
छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गुल्मी, रोल्पा र तनहुँमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो ।
रामपुरमा भएको प्रथम अकला कपको उपाधि मोहमीलाई  
रामपुरमा भएको प्रथम अकला कपको उपाधि मोहमीलाई   प्रथम अकला कप २०८१ को उपाधि मोहमी युवा क्लव चापाकोट –६ स्याङ्जाले हात पारेको छ ।  अकला युथ क्लव रामपुर –७ आमडाँडा पाल्पाको आयोजनामा भएको  खुल्ला टोल स्तरीय पुरुष भलिबल प्रतियोगितामा लाङ्घाली उत्थान समाज पूर्वखोला १ सिलुवालाई सोझो सेटमा हराउँदै क्लवले उपाधि हात पारेको हो ।
सुनको मूल्य तोलाको एक लाख ६० हजार पुग्यो
सुनको मूल्य तोलाको एक लाख ६० हजार पुग्यो सुनको मूल्य आज प्रतितोला रु एक लाख ६० हजार पुगेको छ । मङ्गलबार प्रतितोला रु एक लाख ५८ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक हजार नौ सयले बढेर रु एक लाख ६० हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि...
बागलुङमा ‘फेको’ प्रविधिबाट आँखाको शल्यक्रिया
बागलुङमा ‘फेको’ प्रविधिबाट आँखाको शल्यक्रिया बागलुङमा प्रविधिको प्रयोगबाट पहिलो पटक आँखाको शल्यक्रिया गर्न थालिएको छ । नेपाल नेत्रज्योति सङ्घ बागलुङ र धौलागिरि आँखा अस्पतालद्वारा ‘फेको’ प्रविधिबाट मोतियाबिन्दु भएका बिरामीकोे शल्यक्रिया गर्ने कार्यको शुभारम्भ गरिएको हो ।
आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ
आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित जनचेतना  आमा समूहको नौमती बाजा दाङमा मात्रै होइन, आजभोलि बुटवलसम्म पनि माग हुने गर्दछ । 
पाल्पा अस्पतालको अक्सिजन प्लान्ट एक वर्षदेखि बन्द
पाल्पा अस्पतालको अक्सिजन प्लान्ट एक वर्षदेखि बन्द पाल्पा अस्पतालमा रहेको अक्सिजन प्लान्ट एक वर्षदेखी प्रयोग विहिन अवस्थामा रहेको छ । कोरोनाको समयमा संघीय सरकारबाट बजेट विनियोजन भई निमार्ण भएको अक्सिजन प्लान्ट हाल बिग्रिएर थन्किएको हो ।
Weather Update