समस्या र समाधान
बिहीबार, माघ ३, २०८१
नेप्से परिसूचकमा सामान्य अड्ढले सुधार
बुधबार, माघ २, २०८१
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अड्ढको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक एक दशमलव ८३ अड्ढले बढेर दुई हजार पाँच सय ९५ दशमलव ९६ को बिन्दुमा कायम भएको हो । बुधबार दुई सय ९९ कम्पनीको एक करोड सात लाख ४५ हजार चार सय २७ कित्ता शेयर ६३ हजार...
संस्कृतिलाई पर्यटनसँग जोडेर आर्थिक सशक्तीकरण गर्न सकिन्छ
बुधबार, माघ २, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक कला, संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तीकरण गर्न सकिने बताएका छन् । माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा उनले मंलबार दिएको शुभकामना सन्देशमा मौलिक कला, संस्कृति जोगाउनु सबैको साझा कर्तव्य भएको उल्लेख गरे ।
जलचर जोगाउन समुदायकै सहभागिता
बुधबार, माघ २, २०८१
काठेखोला गाउँपालिकाले समुदायकै नेतृत्वमा जलचर संरक्षण गर्ने तयारी थालेको छ । समुदायको सकृयता र सहभागिताबिना कानुन र कारबाहीले मात्र जैविक विविधता र जलचरको संरक्षण नहुने भएकाले संरक्षणमा समुदायको सहभागिता हुनेगरी कानुन बनेको हो ।
माघे संक्रान्ति पर्व, देशभर सार्वजनिक विदा
बुधबार, माघ २, २०८१
माघ १ अर्थात् माघे संक्रान्ति । माघे संक्रान्ति मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । थारू, मगर, किराँत समुदायले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर मनाउँछन् ।
साझा पर्व : माघे संक्रान्ति
बुधबार, माघ २, २०८१
सबै नेपालीले एकसाथ मनाउने साझा पर्व हो माघे संक्रान्ति । तराईका आदिबासी थारु हुन् वा मगरले माघीलाई नयाँ वर्षका रूपमा स्वागत गर्छन् ।
पाल्पा प्रहरीद्वारा वार्षिक प्रगति विवरण सार्वजनिक
सोमबार, पुस २९, २०८१
जिल्ला प्रहरी कार्यालय पाल्पाले आर्थिक वर्ष २०८०÷०८१ को कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी वार्षिक प्रगति विवरण सार्वजनिक गरेको हो ।
तरकारीखेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी
सोमबार, पुस २९, २०८१
यहाँका एक किसानले व्यावसायिक तरकारी खेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१४ हुल्काङका कमलापति डुम्रेले व्यावसायिक तरकारीखेतीबाट राम्रो आम्दानी लिन सफल भएका हुन् । खाद्यान्न व्यवसायबाट अपेक्षाकृत आम्दानी नभएपछि उनि तरकारीखेतीमा होमिएका हुन् ।
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको क्याम्पस प्रमुखमा डा. पन्त नियुक्त
सोमबार, पुस २९, २०८१
,त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको क्याम्पस प्रमुखमा डा. टंक प्रसाद पन्त नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयले गरेको क्याम्पस छनोट प्रक्रियामा उत्कृष्ट भई उप–प्राध्यापक पन्त ४ बर्षे कार्यकाल लागि क्याम्पस प्रमुख नियुक्त भएका हुन् ।
स्वस्थानीको सामाजिक महत्व
सोमबार, पुस २९, २०८१
नेपाली समाजमा स्वस्थानीको महिमा महत्वपूर्ण रहेको छ । यस वर्षको स्वस्थानी व्रतकथा तथा माघ स्नान आजदेखि शुरु भएको छ । माघ शुक्ल पूर्णिमासम्म हिन्दू धर्मावलम्बीहरूले चोखो बसी घरमा स्वस्थानीको पूजा–आराधना गर्नुका साथै कथा सुन्ने र सुनाउने चलन छ । नेपाली महिलाहरुले लिने व्रतभन्दा पनि अलि कठिन व्रतको रुपमा यसलाई लिइन्छ ...


