नवजनचेतना राष्ट्रिय दैनिक २०८२ साउन ७ गते बुधबार
बुधबार, साउन ७, २०८२
पाल्पामा वृक्षारोपण गरेर काँग्रेसले मनायो वि.पि स्मृति दिवस
बुधबार, साउन ७, २०८२
प्रथम जननिर्वाचित प्रधानमन्त्री वि.पि. कोइरालाको ४३ औं स्मृति दिवस मंगलबार पाल्पामा वृक्षारोपण गरि मनाइएको छ । नेपाली काँग्रेसले जिल्लाका विभिन्न स्थानमा वृक्षारोपण गरी दिवस मनाएको हो ।
गुल्मीमा २०० बस्ती बाढी र पहिरोको उच्च जोखिममा
मंगलबार, साउन ६, २०८२
यहाँ करिब २०० बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अनुसार जिल्लाका २०० जति ठाउँ बाढी र पहिरोको जोखिममा रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।
केदारनाथमा पदमार्ग निर्माण
मंगलबार, साउन ६, २०८२
गल्याङ नगरपालिका–७ स्थित धार्मिक एवम् पर्यटकीयस्थल केदारनाथसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ । गल्याङ–८ चिउरीस्थित सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गबाट केदारनाथ मन्दिरलाई जोड्ने गरी पदमार्ग निर्माण गरिएको हो ।
मकैबाली जोगाउन हेरालु नियुक्त
मंगलबार, साउन ६, २०८२
अर्घाखाँचीमा वन्यजन्तुबाट बालीनाली जोगाउन हेरालु नियुक्त गरिएको छ । सो कार्यका लागि २० कर्मचारी नियुक्ति गरिएको छ ।
राजनीतिलाई अस्थिर बनाउने खेल नखेलौं
मंगलबार, साउन ६, २०८२
दलहरू जनतासँगको सम्बन्ध सुधार्नुको सट्टा सरकार फेरबदलमा व्यस्त र सत्तामा लिप्रुत छन् । नेपाली जनताको चाहना र देशको आवश्यकता यो होइन तर राजनीतिक दलहरुले जवरजस्त राजनीतिक अस्थिरताको बाटो हिडाएका छन् । देश र जनतानले अहिले राजनीतिक स्थिरता खोजेका छन् । तर त्यसो हुन सकिरहेको छैन । राजनीति स्थिरताले नै आर्थिक...
काँग्रेस पाल्पाले वि.पि.को स्मृतिमा वृक्षारोपणसँगै अन्तक्र्रिया गर्दै
सोमबार, साउन ५, २०८२
प्रथम जननिर्वाचित प्रधानमन्त्री वि.पि. कोइरालाको ४३ औं स्मृति दिवसका अवसरमा भोली (मंगलबार) नेपाली काँग्रेस पाल्पाले विभिन्न कार्यक्रम गरी मनाउँदै छ । काँग्रेसले जिल्लाका १० वटै स्थानीय तहमा वृक्षारोपण र अन्तक्र्रिया गरी वि.पि स्मृति दिवस मनाउन लागेको हो ।
पाल्पाका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
सोमबार, साउन ५, २०८२
आज साउन महिनाको पहिलो सोमबार । बिहानैदेखि पाल्पाका प्रसिद्ध धाम तथा शिव मन्दिरमा पूजाआजा एवं दर्शन गर्ने श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । बिहान ४ बजेदेखि नै तानसेनको नारायणस्थान, तिनाउको दोभान सिद्धबाबा मन्दिर, बगनासकालीको बराङ्दीस्थित महामृत्युञ्जय शिवासन, सिद्धबाबा धाम तानसेनको ठुटेपीपल बद्रेश्वर शिवालय, बतासेडाँडा, प्रभास, नारायणस्थान, दमकडा, रामपुरलगायतका शिवालय मन्दिरमा...
किवी खेतीमा कालिगण्डकीका युवाको आकर्षण
सोमबार, साउन ५, २०८२
पछिल्लो समय गाउँबाट बसाइँसराइ गरी बजार झर्नेको संख्या निकै ठूलो छ । सेवा सुविधा खोज्दै स्थानीय सहर बजारतिर झर्न थालेसँगै गाउँ सुनसान बन्दै गएका छन् । गाउँमा भएका युवा पनि विदेश पलायन भइरहेका छन् । बसाइँसराइ र विदेश पलायनले गर्दागाउँका खेतीयोग्य जमिन वनमाराले ढाकिँदै गएका छन् तर, गुल्मीको कालिगण्डकीगाउँपालिका–२ का...
बजेट खर्चमा ध्यान देऊ
सोमबार, साउन ५, २०८२
नयाँ आर्थिक वर्ष लागेसँगै बजेट कार्यान्वयनको प्रक्रिया सुरु भएको छ । तर प्रत्येक आर्थिक वर्षको अन्त्यमा बजेट खर्च कम भएको भनेर सरकारको धेरै आलोचना हुने गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा पनि सरकार बजेट खर्च गर्न नसकेको भनेर आलोचना खेप्नु प¥यो । गत आर्थिक वर्षमा सरकारको खर्च कमजोर देखिएको...
रूपन्देही उपनिर्वाचनको निर्वाचन तालिका सार्वजनिक
आइतबार, साउन ४, २०८२
२०८२ कार्तिक १७ गते हुने रूपन्देही प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ को


