आज विश्व दूरसञ्चार दिवस मनाइँदै
शनिबार, जेठ ३, २०८२
विश्व दूरसञ्चार दिवसको सन्दर्भ
शनिबार, जेठ ३, २०८२
अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को आह्वानमा नेपाल लगायत विश्वभरका १९३ सदस्य राष्ट्रमा आज मे १७ मा विश्व दूरसञ्चार दिवस मनाइँदै छ । यो दिवस मनाउनुको मुख्य उद्देश्य विश्वमा दूरसञ्चार सेवा (भ्वाइस, डाटा, दृश्य प्रसारण) को विकास र विस्तारमा समाजमा देखापरेका समस्या सुल्झाउने तथा देशको आर्थिक विकास र सामाजिक रूपान्तरणमा सक्दो...
तानसेनमा आदिवासी जनजाती महोत्सव
शनिबार, जेठ ३, २०८२
तानसेन नगरपालिका –२ असनटोलमा आदिवासी, जनजाती महोत्सव भएको छ । असनटोल ३ टोल विकास संस्थाले आदिवासी जनजाती महोत्सव गरेको हो ।
तानसेनमा प्रताप शमशेरले बनाएको धाराको जिर्णाेद्धार गरी सञ्चालन
शनिबार, जेठ ३, २०८२
जिल्लाको तानसेन नगरपालिका–२ असनटोलमा रहेको प्रताप शमशेर राणाले निर्माण गरेको खानेपानीको सार्वजनिक धारा जिर्णाेद्धार गरी सञ्चालनमा ल्याइएको छ । वडा कार्यालयको एक लाख बजेटमा धाराको जिर्णोद्धार गरी सञ्चालनमा ल्याइएको हो ।
हावाहुरीका कारण रुख ढल्दा २ जनाको मृत्यु
शुक्रबार, जेठ २, २०८२
पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ चारपालामा रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो आएको पानीसहितको हावाहुरीका कारण रुख ढल्दा दुई जनाको मृत्युभएको हो । घटनामा तीनको अवस्था गम्भीर छ ।
कारको ठक्करबाट दुई महिलाको मृत्यु
शुक्रबार, जेठ २, २०८२
बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा प्रातः भ्रमणमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ ।
रैनादेवी छहरा गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा
शुक्रबार, जेठ २, २०८२
जिल्लाको रैनादेवी छहरा गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । १५ महिना मुनीका गाउँपालिकाभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भए पछि सो गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
कालीगण्डकीको पानी लिफ्टमार्फत सिँचाइ
शुक्रबार, जेठ २, २०८२
बागलुङकै ठूलो खेतीयोग्य जमिनमध्येको एक बलेवाको दम्काफाँटमा कालीगण्डकीको पानी पु¥याएर सिँचाइ गरिएको छ । करिब २४ हेक्टरको दम्काफाँटमा सिँचाइको अभावमा जमिन विस्तारै बाँझिन थालेपछि लिफ्टमार्फत कालीगण्डकीको पानी ल्याइएको हो ।
बढ्दो कुुशासन रोकौं
शुक्रबार, जेठ २, २०८२
हिजोआज ‘सुशासन’ सबैको भाका मिलाउने लोली बन्ने गरेको छ । यस्तो किन भइरहेको छ भने सुशासन बेगर नत राज्यको औचित्य सावित हुन्छ न सरकारको वैधानिकता नै सिद्ध हुन्छ । त्यसैले अनेक रूपका तानाशाहहरूले पनि आफूले रामराज्य नै दिएको भ्रम छर्ने गर्दछन् ।
भारतीय वनमन्त्री यादव नेपालमा
बिहीबार, जेठ १, २०८२
भारतका वातावरण, वन तथा जलावायु परिवर्तन मन्त्री भूपेन्द्र यादव नेपाल भ्रमणका लागि आज यहाँ आइपुगेका छन् ।
मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग
बिहीबार, जेठ १, २०८२
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मनसुन सुरु हुनु अगावै सडकको मर्मत संभार, स्तरोन्नति र निर्माण सम्पन्न गराउन माग गरेका छन् ।


