Shittalpati
नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम पनि बढ्यो
नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम पनि बढ्यो यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि बढेको छ । नेप्से परिसूचक ११ दशमलव ६६ अङ्कले बढेर दुई हजार सात सय ५५ दशमलव ४० को विन्दुमा कायम भएको हो ।
मौलिकता  जोगाउन भजनकीर्तन प्रतियोगिता 
मौलिकता  जोगाउन भजनकीर्तन प्रतियोगिता  भजनको महत्व र मौलिकता जोगाउने उद्देश्यले रामपुर नगर गौशाला समितिले भजनकीर्तन प्रतियोगिता आयोजना गर्ने भएको छ । यही फागुन १२ गते लोक संस्कृतिमा आधारित खुला भजन कृतन प्रतियोगिता आयोजना गर्न लागिएको समितिका अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए । 
सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द
सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द रेसुङ्गा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाज ले उडान भर्दै आएको थियो ।
स्ट्रबेरीखेतीबाट वार्षिक रु छ लाख बचत
स्ट्रबेरीखेतीबाट वार्षिक रु छ लाख बचत किसान वीरेन्द्र खड्काले व्यावसायिक रूपमा स्ट्रबेरी (भुइँऐसेलु)को खेती गर्दै आएका छन् । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ उनि विगत दुई वर्षदेखि स्ट्रबेरीखेतीमा छन् । उमेरले २६ वर्ष पुगेका उनले यही व्यवसायबाट वार्षिक रु छ लाख बचत गर्दै आएका छन् ।
सामुदायिक र निजी विद्यालयको 'मितेरी’ सम्बन्ध
सामुदायिक र निजी विद्यालयको 'मितेरी’ सम्बन्ध केही समयअघि दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित मावि प्रतापकोटको भवन रङरोगन थिएन । झ्याल, ढोका उप्किएका थिए । कक्षा कोठामा म्याट थिएन, जसले गर्दा विद्यार्थीहरू धुलैधुलोमा बस्न बाध्य थिए । डेस्क, बेञ्च भाँचिएका थिए । तर, अहिले त्यस्तो अवस्थामा छैनन्‌ । सोही विद्यालयलाई सहयोग गर्न भगिनी सम्बन्ध जोडेको तुलसीपुर–६ स्थित गोरखा...
'सभ्य समाज निर्माणका लागि सबैले पहल गरौं’
'सभ्य समाज निर्माणका लागि सबैले पहल गरौं’ जिल्लाको रामपुर नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक बालकुमारी थापाले सभ्य र सु–संस्कृत समाज निर्माणका लागि सबैले पहल गर्नुपर्ने बताएकी छन्‌ ।
प्रकृति लम्साल घटनाको  सत्यतथ्य पत्ता लगाइयोस्‌
प्रकृति लम्साल घटनाको  सत्यतथ्य पत्ता लगाइयोस्‌ उडिसाको किट विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको आत्महत्याको घटनाले यति बेला नेपाल नै तरंगीत बनेको छ । आफ्‌नो सुन्दर भविष्य बोकेर भारतमा अध्ययन गर्न गएकी प्रकृतिको भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयको होस्टेलमा भएको शंकास्पद मृत्यु प्रकरणले सारा नेपालीलाई दुखित र आक्रोशित बनाएको छ ।
नारायण युवा क्लवद्वारा धार्मिक तथा पर्यटकीयस्थलको सरसफाई
नारायण युवा क्लवद्वारा धार्मिक तथा पर्यटकीयस्थलको सरसफाई सामाजिक क्षेत्रमा क्रियाशिल रहेको नारायण युवा क्लव तानसेनले जिल्लामा रहेका विभिन्न क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलहरुको सरसफाई गरेको छ । क्लवले नजिकिदै गरेको  महाशिवरात्रीको पावन अवसरमा यहाँका  धार्मिक तथा पर्यटकीयस्थलहरुको सरसफाई गरेको हो ।
पाल्पा प्यारागन बोर्डिङले मनायो ‘रजत जयन्ती’ 
पाल्पा प्यारागन बोर्डिङले मनायो ‘रजत जयन्ती’  निजी विद्यालयको रुपमा सञ्चालित पाल्पा प्यारागन इङ्गलिस बोर्डिङ स्कूलले रजत जयन्ती मनाएको छ । २०५३ सालमा स्थापना भएको स्कूलले स्थापनाको २५ औं वार्षिक उत्सव तथा रजत जयन्ती मनाएको हो । 
तानसेनमा महिलामैत्री सहर निर्माणका लागि अन्तर्क्रिया
तानसेनमा महिलामैत्री सहर निर्माणका लागि अन्तर्क्रिया जिल्लाको सदरमुकाम तानसेनमा महिलामैत्री सहर निर्माणका लागि अन्तर्क्रिया कार्यक्रम भएको छ । नगरपालिकामा लैङ्गिक सहभागीता सम्बन्धित अन्तर मूल्याङ्कन तथा  महिला मैत्री शहर निर्माण सम्वन्धी अन्तर्क्रिया कार्यक्रम भएको  हो ।
Weather Update