Shittalpati
मृत भेटिएको १३ दिन पछि शवको पहिचान

गुल्मी, गुल्मीमा मृत भेटिएको १३ दिन पछि एक शवको पहिचान भएको छ । यहाँको रेसुङ्गा नगरपालिका–४ मोत्तियारस्थित पनाहा खोलामा बेवारिसे अवस्थामा फेला परेको शव शव रेसुङ्गा नगरपालिका–१ तम्घासका ३४ वर्षीय मनोज पोखरेलको रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

शव मंसिर २० मा फेला परेको थियो । मनोज मङ्सिर १८ गतेबाट घरबाट हराएका थिए । शरीरमा चोटहरु भएकाले आफैँ मरे वा कसैले हत्या गरेर फाल्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनाको बारेमा सूक्ष्म रुपमा अनुसन्धान भइरहेको र शवको पहिचान भएकाले थप काम हुने प्रहरीले जनाएको छ । उनी केही मात्रामा बौद्धिक अपाङ्गता रहेका थिए । हालसम्म मर्सरी फ्रिजमा राखिएको उक्त शव अहिले पोष्टमार्टम प्रक्रियामा रहेको छ । जमेको पानीमा घोप्टो परेको अवस्थामा पानीमा तैरिएको अवस्थामा शरीरको पछाडी ढाडको भाग देखिने गरी घोप्टो अवस्थामा उक्त शव फेला परेको थियो । 

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update