Shittalpati
छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा
छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा यहाँको चापाकोट नगरपालिकाले छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । नगरपालिकाका १० वटा वडामध्ये प्रत्येक वडाका अति विपन्न ६० घर परिवारका दरले छनोट गरी नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिएको हो ।
रोकिएन अवैध लागूऔषध ओसार–पसार
रोकिएन अवैध लागूऔषध ओसार–पसार नेपाल प्रहरीले अवैध लागूऔष ओसार–पसार गर्नेहरुलाई कडाई गर्दै आएको बताउँदै आए पनि यस्तो गतिविधि रोकिएको छैन् ।  अझै पनि सिमानाहरुबाट धमाधम अवैध लागूऔष ओसार–पसार गर्नेहरु भेटिने गरेका छन् ।
रामपुरमा एकीकृत घुम्ती शिविरमार्फत सेवा
रामपुरमा एकीकृत घुम्ती शिविरमार्फत सेवा जिल्लाको रामपुर नगरपालिकाले वडा–वडामा पुगेर एकिकृत घुम्ती शिविरमार्फत सेवा प्रवाह गरेको छ । जनतालाई सहज सेवा प्रदानका लागि नगरपालिका कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवासँगै स्वास्थ्य जाँच सहितको सेवा शिविरमार्फत प्रदान  गर्दै आएको हो ।
कृषि पर्यटन अहिलेको आवश्यकता
कृषि पर्यटन अहिलेको आवश्यकता नेपाल पर्यटन क्षेत्रमा सम्भावना बोकेको मूलुक भए पनि त्यसको विकास हुन सकेको छैन । अब पर्यटन क्षेत्रको विकासका लागि नयाँ ढंगले नलाग्ने हो भने मुलुकको विकास सम्भव छैन् । अहिलेको आवश्यकता भनेको कृषि पर्यटन हो । पर्यटनलाई कृषिसँग जोडेर अगाडि बढाए मात्र देशको विकास सम्भव छ । कृषि र पर्यटनको...
लुम्बिनी प्रदेशलाई सडक आश्रित मानव मुक्त गरिने  
लुम्बिनी प्रदेशलाई सडक आश्रित मानव मुक्त गरिने   लुम्बिनी प्रदेशलाई आगामी आर्थिक वर्ष सडक आश्रित मानव मुक्त घोषणा गर्ने तयारी गरिएको छ । चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश निर्माण कार्यलाई निरन्तरता दिने उल्लेख छ । 
घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बोलपत्र आह्वान
घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बोलपत्र आह्वान दाङको घोराही–तुलसीपुर जोड्ने चार लेनको सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । भारतीय एक्जिम बैंकको ऋण लगानीमा निर्माण हुने उक्त सडकको ठेक्का छ वर्षअघि भारतीय कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको थियो । तर उक्त कम्पनीले अन्य नेपाली ठेकेदार कम्पनीलाई जिम्मा लगाएपछि सडक निर्माणले गति लिन सकेको थिएन...
रामपुरको स्वरुप फेरिँदै
रामपुरको स्वरुप फेरिँदै रामपुर सहरीकरणको सम्भावना बोकेको सहर हो । कालीगण्डकी करिडोरसँग जोडिएको रामपुर नगरपालिकामा पछिल्लो समय पूर्वाधार विकासले द्रुत गति लिएको छ । यहाँको मुख्य बजार बेझाड र त्यस आसपासका सडक हाल धमाधम स्तरोन्नति भइरहेका छन् । 
नारायण युवा क्लवको सक्रियता : सुरक्षा सम्बन्धी सचेतना तथा अन्तरक्रिया
नारायण युवा क्लवको सक्रियता : सुरक्षा सम्बन्धी सचेतना तथा अन्तरक्रिया तानसेनमा रहेको नारायण युवा क्लव समाजका हरेक गतिविधिहरुमा सक्रिय छ । खेलकूदको विकास, धार्मिक तथा पर्यटकीयस्थलहरुको संरक्षण, प्रवद्र्धन गर्नुको साथै समाजलाई सचेतना जगाउने कार्यमा क्लव सक्रिय हुँदै आएको हो ।
कालीगण्डकीमा केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री
कालीगण्डकीमा केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री बनाउँदै आएको छ । गाउँपालिकाले नवप्रवर्तन साझेदारी कृषि कार्यक्रम अन्तरगत स्थानीय कच्चा स्रोतको व्यापारिक उपयोगितासम्बन्धी परियोजनामार्फत गण्डकी प्रदेशसँगको साझेदारीमा हस्तकलाका सामग्री बनाउँदै आएको हो ।
तानसेनमा ‘शिव झण्डारोहण एवं स्नेह मिलन’ कार्यक्रम हुँदै
तानसेनमा ‘शिव झण्डारोहण एवं स्नेह मिलन’ कार्यक्रम हुँदै महाशिवरात्रीको अवसरमा तानसेनस्थित बह्माकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रिय कार्यालय पाल्पामा शिव झण्डारोहण एवं स्नेह मिलन कार्यक्रम हुने भएको छ । विद्यालयले यही फागुन १४ गते ८९ औं महाशिवरात्रीका दिन शिव झण्डारोहण एवं स्नेह मिलन कार्यक्रम गर्ने भएको हो ।
Weather Update