Shittalpati
जोखिमपूर्ण अवस्थामा रहेको घर सेनाद्वारा भत्काइयो

पाल्पा । जोखिमपूर्ण अवस्थामा रहेको घर नेपाली सेनाद्वारा भत्काइएको छ । तानसेन नगरपालिका ६, बर्तुङ्ग पालेपिपलमा रहेको एक घर वर्षाका कारण भत्किने अवस्थामा पुगेपछि नेपाली सेना गोरखदलगण पाल्पाले व्यवस्थित रुपमा भत्काएको हो ।

साउन २९ गते राति परेको अविरल वर्षका कारण कृष्ण प्रसाद भट्टराईको कच्ची घरको अगाडिको भाग भत्किन गई जोखिमपूर्ण अवस्थामा रहेको थियो । जुनसुकै बेलामा पनि उक्त घर भत्किन सक्ने र त्यसबाट ठूलै क्षति हुन सक्ने आकलन गरी भत्काइएको हो । घर धनी र तानसेन नगरपालिकाको आग्रहमा गोरखदल गणका सेनानी मनोज डंगोलको कमाण्डमा १÷६ को नफ्रीमा आवश्यक सामग्री र दक्ष जनशक्ति सहित गएको टोलीले उक्त जोखिमयुक्त घर भत्काएको छ । सेनाले घरमा रहेका सम्पूर्ण सामान सुरक्षित स्थानमा व्यवस्थापन गरी भत्काएको थियो ।

प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update