Shittalpati
सरकार जनता बचाऊ
सरकार जनता बचाऊ राज्यसत्ता अर्थात् सरकारका आफ्नै दायित्वहरु छन् । देशभित्रको कुनै पनि भूगोलमा बसोवास गर्ने हरेक नागरिककोे अभिभावकत्व त्यो देशको सरकारले दिनुपर्ने हुन्छ ।
माछापुच्छ्रे बैंकले अडानमा आवद्व सदस्यहरुलाई बिना धितो कर्जा दिने
माछापुच्छ्रे बैंकले अडानमा आवद्व सदस्यहरुलाई बिना धितो कर्जा दिने नेपाल अडिटर्स एशोसिएसन (अडान) र माछापुच्छ्रे बैंक लिमिटेड बीच अडानमा आवद्ध आजीवन सदस्यहरुलाई बिना धितो प्रोफेशनल कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ । द्विपक्षीय समझदारी पत्रअनुसार अडानमा आवद्ध रजिष्टर्ड अडिटर्स आजीवन सदस्यहरुलाई सरल तरिकाबाट बैंकको एक सय ५९ शाखाबाट एकै दिनमा बिना धितोमा १५ लाख सम्मको प्रोफेशनल कर्जा, ओभरड्राफ्ट...
गुल्मीमा जेष्ठ नागरिक र दीर्घरोगीलाई हिँडडुलमा रोक
गुल्मीमा जेष्ठ नागरिक र दीर्घरोगीलाई हिँडडुलमा रोक कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेपछि गुल्मीमा जेष्ठ नागरिक र दीर्घरोगीलाई हिड्डुँलमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा बसेको बैठकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेको हुनाले जेष्ठ नागरिक र दीर्घरोगीलाई जोखिम हुने भएकोले हिड्डुँलमा रोक लगाएको हो ।,
एसइईको नतिजा सार्वजनिक
एसइईको नतिजा सार्वजनिक राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । पौडेलका अनुसार ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको हो । 
तानसेनको शित्तलपाटीमा ढुङ्गा छाप्ने काम सुरु
तानसेनको शित्तलपाटीमा ढुङ्गा छाप्ने काम सुरु कोरोना भाइरस (कोभिड-१९) को महामारीले ग्रस्त भएको बेला जिल्लामा विकासका कामहरु भने निरन्तर चलिरहेका छन् । तानसेन नगर सरकारको बहुप्रतिष्ठित आयोेजना मध्येको तानसेन बजार भित्रका मुुख्य सडकहरुमा ढुा छाप्ने कार्यको दोस्रो चरणको काम भइरहेको छ ।
निषेधाज्ञा तोडेपछि हवाई फायर
निषेधाज्ञा तोडेपछि हवाई फायर कोरोना सङ्क्रमणको त्रासले जारी गरिएको निषेधाज्ञा तोडेपछि पूर्वी चितवनमा प्रहरीले आज एक राउण्ड हवाई फायर गरेको छ । चितवन, निषेधाज्ञाको पहिलो दिन राप्ती नगरपालिका–१ पिप्लेमा स्थानीयले निषेधाज्ञा तोडेपछि प्रहरीले हवाई फायर गरेको हो ।
आज थप पाँच सय ८१ मा कोरोना पुष्टि
आज थप पाँच सय ८१ मा कोरोना पुष्टि नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच सय ८१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच सय ८१ जना नयाँ संक्रमित देखिएका हुन् ।
छतबाट खसेर युवकको मृत्यु
छतबाट खसेर युवकको मृत्यु फोनमा कुरा गर्दै गर्दा घरको छतबाट खसेर रुपन्देहीमा एक युवकको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका भैरहवाका २३ वर्षीय विकास जैसवालको मृत्यु भएको हो ।
करेन्ट लागेर मृत्यु
करेन्ट लागेर मृत्यु प्युठानमा बँदेल मार्न थापिएको करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ । ऐरावती गाउँपालिका वडा नं २ उखारी निवासी ६० वर्षीया पिमा थापाको आफ्नै बारीमा बँदेल मार्न थापिएको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले बताए ।
तानसेन विशालबजार क्षेत्रका ३ सय ३५ जनाको स्वाब संकलन
तानसेन विशालबजार क्षेत्रका ३ सय ३५ जनाको स्वाब संकलन जिल्लाको तानसेनस्थित विशालबजार क्षेत्रका प्रत्येक घरको एक जना गरी ३ सय ३५ जनाको स्वाब संकलन गरिएको छ । पाँच दिनअघि घरमा बसेकी तानसेन वडा ४ की ४० वर्षिया महिलामा कोरोना संक्रमण देखिएपछि कन्ट्रयाक्ट ट्रसिङ् गरिएको हो ।
चिकित्सकले कोरोना भएको थाहा पाएपछि ...
चिकित्सकले कोरोना भएको थाहा पाएपछि ... नियमित स्वास्थ्य जाँच गर्दै आएकी गर्भवती महिलालाई कोरोना पुष्टि भएपछि चिकित्सक, स्वास्थ्यकर्मी र समुदायले समेत कस्तो दृष्टिकोणले व्यवहार गर्दो रहेछ भन्ने यहाँ पुष्टि भएको छ । संविधानमा सुरक्षित प्रजनन् अधिकार मौलिक अधिकार भित्र रहेको छ ।
Weather Update