
पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको बेल्गामा अवैध भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । भुवनपोखरी बेल्गाका ४७ वर्षीय भोजबहादुर खाम्चा र २१ वर्षीय दीपेन्द्र खाम्चालाई अवैध भरुवा बन्दुक सहित प्रहरीले प्रक्राउ गरेको हो ।
भरुवा बन्दुक अवैध रुपमा लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मुझुङ र जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरुको घरमा खान तलासी गर्ने क्रममा अवैध भरुवा बन्दुक फेला पारेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । उनीहरु एकै परिवारका दाजुभाइ रहेको बताइएको छ ।
प्रहरीले केही दिन अघि पनि जिल्लाको रैनादेवी छहरा गाउँ ३ छचुवामा भरुवा बन्दुक सहित एक व्यक्तिलाई पक्राउ गरेको थियो । छचुवाका गन बहादुर कुमाललाई अवैध भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको हो । भरुवा बन्दुक अवैध रुपमा लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मुझुङ र जिल्ला प्रहरी कार्यालयको टोलीले गत बुधबार निजको घरमा खान तलासी गर्ने क्रममा १ नाले भरुवा बन्दुक, वारुद गन्दक र छर्रा फेला पारेको थियो ।