कम्युनिष्टले जनभावना अनुसार काम नगरेकोमा चिन्ता व्यक्त
शनिबार, असार १४, २०८२
पाल्पाको एसईई नतिजामा सुधार : ६ जनाले ल्याए चार जिपिए
शनिबार, असार १४, २०८२
पाल्पामा यस वर्षको एसईई नतिजामा सुधार आएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको एसईई परिक्षा २०८१ को नतिजामा गत वर्षको तुलनामा केही सुधार देखिएको हो ।
एसइई परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
शनिबार, असार १४, २०८२
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा शुक्रबार नतिजा सार्वजनिक गर्दै बोर्डका अध्यक्ष डा महाश्रम शर्माले परीक्षामा सहभागि भएका चार लाख ३८ हजार ८९६ जना परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएको बताए ।
ब्राण्ड बनेको ‘थोर्गेली गुड’
शनिबार, असार १४, २०८२
गुल्मीको रूरू क्षेत्र गाउँपालिका–३ स्थित थोर्गामा उत्पादन हुने ‘थोर्गेली गुड’ अहिले एक ‘ब्राण्ड’का रूपमा स्थापित भएको छ । डेढ सय वर्षदेखि उखुखेती हुँदै आएको यस क्षेत्रमा पछिल्लो समय गाउँपालिकाको पहल र विभिन्न संस्थाको सहयोगमा उखु प्रशोधन केन्द्र स्थापना भएपछि ‘थोर्गेली गुड’ ले बजारमा छुट्टै पहिचान बनाउन सफल भएको हो ।
नर्स र विद्यार्थीलाई प्रजनन् सम्बन्धी अभिमुखिकरण
शनिबार, असार १४, २०८२
जिल्लाको रामपुर नगरपालिकामा किशोर–किशोरी र विद्यालय नर्सहरुका लागि प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
शिक्षक फेरी सडकमा उत्रिने बाटो नबनोस्
शनिबार, असार १४, २०८२
लामो समय सडक आन्दोलनमा रहेका शिक्षकहरुको आन्दोलन सरकारले पुरा गर्ने आश्वास दिएपछि रोकिएको थियो । सरकारले असार १५ भित्र विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाएपछि शिक्षकहरु सडकबाट फर्किएका थिए ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
शुक्रबार, असार १३, २०८२
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी, रूकुम पश्चिम, मोरङ र रोल्पामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।
लुम्बिनी प्रदेश अस्पताल अत्याधुनिक भवनको २५ प्रतिशत भौतिक प्रगति
शुक्रबार, असार १३, २०८२
लुम्बिनी प्रदेश सरकारका गौरवको आयोजनामध्येको लुम्बिनी प्रादेशिक अस्पतालको हालसम्म आयोजनाको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ । यस्तै आयोजनाको वित्तीय प्रगति भने १६ प्रतिशतको हाराहारीमा पुगेको जनाइएको छ ।
प्रभावकारी बन्दै लुम्बिनी आयुर्वेद चिकित्सालयको सेवा
शुक्रबार, असार १३, २०८२
बुटवल उपमहानगरपालिका–९ की ३६ वर्षीय ललिता भुसाल ढाडको नसा च्यापिएको समस्याले विगत दुई वर्षदेखि ग्रस्त थिए । उनी उपचारका लागि बुटवलका विभिन्न अस्पताल र काठमाडौँ पनि पुगे ।
पाल्पामा पनि मनाइयो मदन भण्डारीको ७४ औं जन्मजयन्ती
शुक्रबार, असार १३, २०८२
जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्ती शुक्रबार पाल्पासहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । तत्कालीन नेकपा (एमाले)का महासचिव भण्डारीको जन्मजयन्तीको अवसरमा एमाले र पार्टीका विभिन्न जनसंगठनहरूले देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाएका हुन् ।
विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी
शुक्रबार, असार १३, २०८२
विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । बिरामी पर्नेहरुमा मुसिकोट नगरपालिका–४ दिगामचौरका ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।
मौरीपालक कृषकलाई अनुदानमा मौरीको घार
शुक्रबार, असार १३, २०८२
जिल्लाको रामपुर नगरपालिकाले कृषकलाई मौरीको घार वितरण गरेको छ । उसले कृषकको आयआर्जन बढाउन नगरभित्रका ३९ जनालाई ९५ वटा मौरी घार वितरण गरिएको हो । स्थानीय कृषकको माग र आवश्यकताको आधारमा नगरपालिकाको कृषि शाखाले ५० प्रतिशत अनुदानमा घार वितरण गरेको हो ।


-1762576335.jpg)