Shittalpati
आज सेना दिवस मनाइँदै

पाल्पा, नेपाली सेनाले आज सेना दिवस मनाउँदै छ ।  नेपाली सेना गठन गरेको उपलक्ष्यमा हरेक बर्ष महाशिवरात्रीका दिन सेना दिवस मनाउँदै आईएको हो ।

दिवसका अवसरमा  देशैभरका सैनिक  ब्यारेकहरुमा विभिन्न कार्यक्रम हुँदै छन् । त्यहाँ परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायतविविध सांस्कृतिक कार्यक्रमहरु सञ्चालन हुने छन् । जङगी अड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ कमाण्ड, बाहिनी, गण, गुल्मलगायत निकायमा आज विभिन्न कार्यक्रम आयोजना गरिएको  नेपाली सेनाले जनाएको छ । नेपाल राष्ट्रको गौरवशाली संगठनहरूमध्ये सबैभन्दा पुरानो संस्था नेपाली सेना हो । देशको इतिहाससँगै नेपाली सेनाको इतिहास थालनी भएको पाइन्छ । आम नागरिकलाई नेपाली सेनासँग सम्बन्धित जानकारी प्रदान गर्ने र सेनाले राष्ट्रिय अभिमान, एकता, आपसी सद्भाव र विश्वास जगाउन प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने सेनाले जनाएको छ । प्रदर्शनीमा विभिन्न समयमा प्रयोग भएका ऐतिहासिक सुरक्षा सामग्री र उपकरणहरू समेत राखिएको थियो । ऐतिहासिककालदेखि नै सेना राष्ट्रिय मूल्य, मान्यता, परम्परा र संस्कृतिबाट अभिप्रेरित रहेको छ । सेना देश र जनताप्रतिको त्यो जिम्मेवारी तथा कर्तव्यलाई पूरा गर्न इतिहासका विभिन्न कालखण्डमा सेनाले उदाहरणीय र कीर्तिमानी काम गरी आएको छ । सेनाको वर्तमान सांगठनिक स्वरूप १८१९ सालदेखि सुरु भएको हो । देशभक्ति, समर्पण र आम नेपालीको हितलाई केन्द्रमा राखेर काम गर्दै आएको सेनाले आफूलाई नागरिकका बीचमा विश्वासिलो संगठनका रुपमा उभ्याएको छ । सैनिक वीरपुर्खाको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको थियो । राष्ट्रिय एकता कायम राख्नु सेनाको संवैधानिक जिम्मेवारी हो ।

सेनामा अनुशासन, ‘चेन अफ कमान्ड’ र राजनीति निरपेक्ष चरित्र तथा एकताको भावना उच्च संस्कार मानिन्छ । नेपाली सेना मुलुकमा मात्र होइन, अन्तरराष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । सेनाले संघीय, प्रदेश र स्थानीय तहसँग आवश्यक समन्वयन गरी पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक महत्वका गढी, किल्ला, दरबार, पदमार्ग, स·्रहालयको संरक्षण तथा मर्मतसम्भार गर्दै आएको छ । त्यति मात्र हैन सेनाले विपद् व्यवस्थापन र सडक पूर्वाधार निर्माणमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ  ।

 

 

प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update