गुल्मीमा चार महिनामै पक्की पुल निर्माण
सोमबार, वैशाख १, २०८२
रामपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
सोमबार, वैशाख १, २०८२
जिल्लाको रामपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्युु भएको छ । रामपुर नगरपालिका –३ ओईरीघाटस्थित भित्री कच्ची सडक खण्डमा लाम्टाङबाट ओरीघाटतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०९–००४ प ८०३९ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक सोही ठाउँका ७५ वर्षीय पदमबहादुर ठाडा मगरको मृत्यु भएको हो ।
नयाँ वर्षको स्वागत
सोमबार, वैशाख १, २०८२
आज नयाँ वर्षको आरम्भिक दिन । २०८१ साललाई विदाई गरेर आजैदेखि २०८२ लाई स्वागत गर्दैछौं । विभिन्न भोगाइ र घटनाका अनुभव दिलाएर ८१ हामीबाट बिदा लिएको छ । ८२ साललाई आपसमा शुभकामना दिँदै स्वागत गर्दैछौं । देशभरि नै यस दिनलाई आपसमा शुभकामना आदान–प्रदान गर्ने र आगामी समयका लागि सङ्कल्प गर्ने...
नयाँ वर्ष : उमङ्गको पर्व
सोमबार, वैशाख १, २०८२
विक्रम संवतको पात्रोअनुसार नयाँ वर्ष सुरु भएको छ । मध्यरातबाट २०८१ साल सकिएर २०८२ साल सुरु भएको हो । हरेक १ वैशाखलाई विक्रम संवतको पात्रोअनुसार नयाँ वर्षको रुपमा मनाउने गरिएको छ । नयाँ वर्षको आगमनलाई विगतको भन्दा आउँदा दिन अझ बढी फलदायी र सुखमय रहून् भन्ने कामनाका साथ उल्लासमय ढङ्गले...
मिर्गौलापीडितलाई सहयोग
आइतबार, चैत ३१, २०८१
गुल्मी जिल्ला समाज युकेले गुल्मी चन्द्रकोट–४ की एक मिर्गौलापीडित महिलालाई रु चार लाख १६ हजार आर्थिक सहयोग गरेको छ । दुवै मिर्गौलाको समस्याबाट पीडित कमला थापामगर खत्रीलाई उक्त सहयोग गरिएको हो ।
चिन्ता गर्नु पर्दैन योग्य र सक्षम व्यक्ति नै गभर्नर नियुुक्ति गर्छौं : अर्थमन्त्री पौडेल
आइतबार, चैत ३१, २०८१
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर योग्य र सक्षम व्यक्तिलाई नियुक्ति गर्ने बताएका छन् । शनिबार नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले बाहिर जसरी हल्ला फैलाइएको छ त्यस्तो नरहेको भन्दै योग्य र सक्षम व्यक्ति नै नियुक्ति गर्ने तयारी सरकारले गरेको बताएका...
लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै
आइतबार, चैत ३१, २०८१
धार्मिक तथा सांस्कृतिक सम्पदास्थल लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदैछ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ स्थित बुद्धजन्मस्थलमा परम्परागत चैत्र पूर्णिमा महोत्सव एवं रुमिन्देइमाई मेला यही चैत २९ गते शुक्रबारदेखि सुरु भएको हो । यो मेला वैशाख २ गतेसम्म जारी रहने छ ।
निबन्ध सङ्ग्रह ‘आत्मबोध’ को विमर्श
आइतबार, चैत ३१, २०८१
निबन्ध सङ्ग्रह ‘आत्मबोध’ को तानसेनमा विमर्श गरिएको छ । साहित्यकार भागवत खनालद्वारा लिखित सङ्ग्रहको एक औपचारिक कार्यक्रमकाबिच विमर्श गरिएको हो ।
हावाहुरीको जोखिमबाट बचौं
आइतबार, चैत ३१, २०८१
वर्षा याम प्रारम्भ हुनअघि हावाहुरी, मेघगर्जन, चट्याङ पर्नु अस्वाभाविक होइनन् । विगत केही दिनयतादेखि मुलुकका विभिन्न भागमा हावाहुरी तथा मनसुनपूर्वको वर्षाको प्रभाव तुलनात्मक रूपमा बढी देखिन थालेको छ । बेलुकापख दिनहुँजसो निरन्तर आउने हावाहुरीका कारण भौतिक क्षतिका अतिरिक्त मानवीय क्षतिका भएका समाचार आइरहेका छन् ।
मन्दिर परिषरमा मदिरा !
शनिबार, चैत ३०, २०८१
जिल्लाको तानसेनस्थित ऐतिहासिक रणउजिरेश्वरी भगवती मन्दिर परिषरमा मदिरा प्रदर्शनमा राखिएको पाइएको छ । भगवानको पुजा आरधना गर्ने पवित्र स्थान जस्तो मन्दिरमा खुलमखुला मदिरा प्रदर्शन गरिएको पाइएको हो ।


