रुपन्देही क्षेत्र नं ३ को मतदाता नामावली अद्यावधिक गर्दै आयोग
आइतबार, असार २९, २०८२
गाउँ फर्किएर कृषिबाट आत्मनिर्भर
आइतबार, असार २९, २०८२
रोजगारी र अवसरका लागि गाउँ छाड्नेक्रम बढिरहेको छ । तर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफलडाँडाका कुमार पुर्जा भने गाउँ छाडेको तीन दशकपछि पुनः गाउँ फर्किएर गाउँमै अवसर र आत्मनिर्भरताको अभियानमा जुटेका छन् । गाउँबाट बसाइँ नै सरेर नवलपरासी पुगेका पुर्जाले आर्थिक उपार्जनका लागि वैदेशिक रोजगारमा पटकपटक प्रयास गर्दा पनि सफलता...
पाल्पामा स्वास्थ्य कार्यालयको प्रगति ८२ प्रतिशत
आइतबार, असार २९, २०८२
स्वास्थ्य कार्यालय पाल्पाको चालु आर्थिक बर्षको समग्र प्रगति ८२ प्रतिशत रहेको छ । कार्यालयले शनिबार तानसेनमा आर्थिक वर्ष २०८१/०८२ मा सम्पादित कार्यक्रमको सार्वजनिक गर्दै कुल बजेटको ८२ प्रतिशत प्रगति हासिल गर्न सफल भएको जनाएको छ ।
आज भानु जयन्ती मनाइँदै
आइतबार, असार २९, २०८२
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको स्मरणमा हरेक वर्ष जन्म जयन्ती मनाउने गरिएको हो ।
श्रीनगर सामुदायिक वनमा रोपियो लालीगुराँस
आइतबार, असार २९, २०८२
श्रीनगर एकीकृत पर्यटकीय सामुदायिक वन क्षेत्रमा लालीगुँरासका बिरुवा रोपिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, स्थानीय तानसेन नगर महासङ्घको आयोजनामा सुशिल बस्याल “राष्ट्रप्रेमी” ङ्घारा सञ्चालित ‘एक घर, एक लालीगुँरास’ अभियान अन्तर्गत यहाँ लालीगुँरासका बिरुवा रोपिएको हो ।
अनुशासनको कारवाहीमा काँग्रेसमा बढ्यो खिचलो
आइतबार, असार २९, २०८२
राजनीतिक रुपमा यतिखेर दुई मुख्य दलका नेतालाई पूर्ण रुपमा सकस नै भएको छ । विशेष गरी देउवालाई यतिखेर आफु पछिको नेतृत्व दिने विषयमा उनलाई आफनै मनमा महाभारतको युद्ध नै चलेको बखतमा आफ्नो नेतृत्वको उत्तरार्धमा अनुशासनको बेमौसमी बाजा बजाउँदा थप पेचिलो बनेको छ । काँग्रेस पछिको विधान अनुरुप दुई/दुई महिनामा बस्नु...
भानुभक्तको योगदान अनुसरण गरौं
आइतबार, असार २९, २०८२
भानुजयन्ती आज देशभर हर्षउल्लासका साथ मनाइँदै छ । नेपाली साहित्यको आदिकविका रुपमा भानुभक्त आचार्यलाई लिने गरिन्छ । उनको स्मरणमा हरेक वर्ष असार २९ मा भानुजयन्ती हर्षउल्लासका साथ मनाउने गरिन्छ । यो दिन नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको सम्झना गरिन्छ । १८७१ असार २९ गते (आजैका दिन) भानुभक्तको...
पूर्वखोला गाउँपालिकाको प्रगति ८६ प्रतिशत
शनिबार, असार २८, २०८२
जिल्लाको पूर्वखोला गाउँपालिकाले चालु आर्थिक २०८१/०८२ मा ८६ प्रतिशत प्रगति हासिल गरेको छ । पालिकाले चालुतर्फ ३४ करोड ९० लाख ४८ हजार मध्ये ३० करोड ७१ लाख ७४ हजार खर्च गरी ८८ प्रतिशत प्रगति गरेको छ भने पूँजीगततर्फ ११ करोड १९ लाख १ हजार मध्ये ८ करोड ७१ लाख १०...
आफैँ खर्च जुटाएर बाद्यवादन सिक्दै महिला
शनिबार, असार २८, २०८२
रामपुर नगरपालिका(५ स्थित बेझाडका महिलाले आफैँ खर्च जुटाएर बाद्यवादनसम्बन्धी सीप सिक्न थालेका छन् । कला, संस्कृति संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले यहाँका १० जना महिलाले बाद्यवादनसम्बन्धी सीप सिक्न थालेका हुन् ।
रामपुर नगरको खर्च : वित्तिय प्रगति ८७ प्रतिशत
शनिबार, असार २८, २०८२
जिल्लाको रामपुर नगरपालिकाले ८७ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । पालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ मा चालु र पुँजीगत गरी ८७ प्रतिशत वित्तिय प्रगति हासिल गरेको हो ।
मौद्रिक नीति सार्वजनिक
शनिबार, असार २८, २०८२
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । ब्याजदर घटिरहेको सन्दर्भमा निक्षेपको वास्तविक ब्याजदर नकारात्मक हुन नदिनेतर्फ समेत नीतिमा ध्यान दिइएको छ ।
समृद्ध बगनासकाली निर्माणका आधारहरु
शनिबार, असार २८, २०८२
पाल्पा जिल्लाका दश वटा स्थानीय तहहरु मध्ये एक हो बगनासकाली गाउँपालिका । ऐतिहासिक धार्मिक धरोहर बगनास देवी को ‘बगनास’ र उत्तरी सिमानालाई घेरेको प्रसिद्ध कालीगण्डकी नदी को ‘काली’ शब्द मिलाएर बनेको बगनासकाली नामाकरण आफैमा विष्टि र अनुपम पहिचान झल्काउने शव्द हो ।


-1762576335.jpg)