बेथलमा एनसीसी जुनियर डिभिजनको विशेष तालिम सकियो
शुक्रबार, मंसिर १९, २०८२
पाल्पाबाट अवैध युरिया मल बरामद
बिहीबार, मंसिर १८, २०८२
पाल्पामा ६० क्विन्टल अवैध युरिया मल बरामद भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका– ३ आर्यभञ्ज्याङस्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त परिमाणमा अवैध मल बरामद गरेको हो ।
आज उधौली पर्व र योमरी पुन्ही मनाइँदै
बिहीबार, मंसिर १८, २०८२
आज उधौली पर्व र योमरी पुन्ही देशभर मनाइँदै छ । विशेषगरी मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन किराँत समुदायले उधौली पर्व र नेवार समुदायले योमरी पुन्ही धुमधामसँग मनाउँछन् ।
उधौली र योमरी पुन्हीको सन्दर्भ
बिहीबार, मंसिर १८, २०८२
उधौली एक नेपाली पर्व हो । नेपाल संवत् अनुसार हरेक मंसिर शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइने गरिन्छ । यस वर्षको पर्व आज परेको छ ।
सातै प्रदेशका चरा संरक्षणकर्मीहरु तानसेनमा
बुधबार, मंसिर १७, २०८२
पाल्पाको तानसेनमा चरा संरक्षण गर्ने उद्देश्य राखेर राष्ट्रिय कार्यशाला गोष्ठी भएको छ । अधेरी छरछरे सामुदायिक वन उपभोक्ता समिति दमकडा , खैरेनी सामुदायिक वन रामपुर पाल्पाको आयोजना र नेपाल पंक्षी संरक्षण संघको सहयोगमा चरा संरक्षणका लागि नेपाल पंक्षी संरक्षण सञ्जालको राष्ट्रिय कार्यशाला गोष्ठी भएको हो ।
उद्बुद्ध माविले मनायो ७५ औं वार्षिक उत्सव
बुधबार, मंसिर १७, २०८२
जिल्लाको पूर्वखोला गाउँपालिकाको रिङनेरहमा रहेको उद्बुद्ध माध्यमिक विद्यालयले ७५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो ।
लुम्बिनी प्रोस्कुनको विस्तारित बैठक बुटवलमा
बुधबार, मंसिर १७, २०८२
लुम्बिनी वचत तथा ऋण सहकारी संघ लि. (लुम्बिनी प्रोस्कुन)को विस्तृत बैठक बुटवलमा भएको छ । लुम्बिनी प्रदेश भित्रका वचत र ऋणको कारोबार गर्ने सहकारीहरुको छाता संगठनका रुपमा रहेको प्रोस्कुनको आज बुटवलमा विस्तारित बैंठक बसेको हो ।
अपाङ्गमैत्री संरचना नहुँदा अपाङ्गता भएकाहरुलाई सकस
बुधबार, मंसिर १७, २०८२
जिल्लाका अधिकांश सरकारी र गैर सरकारी कार्यालय अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएकालाई सेवा लिन सास्ती भोग्नु परेको छ । अधिकांश पालिकाका कार्यालयमा अपाङ्गमैत्री संरचना नहुँदा सेवा लिन निकै समस्या भोग्नु परेको अपाङ्गता भएकाको दुखेसो छ ।
सालझण्डी–ढोरपाटन सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत काम
मंगलबार, मंसिर १६, २०८२
राई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गति लिन सकेको छैन । ट्र्याक खुलेको वर्षौँसम्म सडक स्तरोन्नति हुन नसक्दा स्थानीय र ढोरपाटन आउने पर्यटकले सास्ती खेप्नु परेको छ ।
विश्व एड्स दिवस, चेतनामुलक कार्यक्रम गरी मनाइँदै
सोमबार, मंसिर १५, २०८२
आज विश्व एड्स दिवस, नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइदैछ । एचआईभी एड्स सम्बन्धि जनचेतना जगाउने, एड्स विरुद्ध गरिएका गतिविधिबारे जानकारी दिने तथा एड्सका कारण मृत्यु भएकाहरुको सम्झना गर्ने उद्देश्यले प्रत्येक वर्ष डिसेम्बर १ मा विश्वभर एड्स दिवस मनाउने गरिएको छ ।
पाल्पामा पनि मनाइयो ७२ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस
आइतबार, मंसिर १४, २०८२
पाल्पामा पनि ७२ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाले अन्तक्र्रिया र पाल्पा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरी दिवस मनाएको हो ।


