Shittalpati
नेपाल बैंकको डिजिटल बैंकिङ्ग साक्षरता अभियान
नेपाल बैंकको डिजिटल बैंकिङ्ग साक्षरता अभियान नेपाल बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग साक्षरता अभियान सञ्चालन गरेको छ । बैंकले लुम्बिनी प्रदेशका सबै जिल्लाहरूमा एकैसाथ डिजिटल बैकिङ्ग वित्तीय साक्षरता अभियान सञ्चालन गरेको हो । उसले विशेष गरी शैक्षिक संघसंस्थाहरुमा यो कार्यक्रम गरेको छ ।
युवा उद्यमी सम्मेलन हुँदै
युवा उद्यमी सम्मेलन हुँदै रूपन्देहीमा युवा उद्यमी सम्मेलन २०२१ हुने भएको छ । युवाहरुको विदेश पलायन रोक्ने र युवा उद्यमशीलता बढाउने उद्देश्यले नेपाली युवा उद्यामी मञ्च रूपन्देहीले पुस ३ गते सम्मेलन गर्न लागेको हो । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले पत्रकार सम्मेलन गरी सम्मेलन आयोजना गर्ने जनाएको छ । सम्मेलनमा करिब १० सफल ब्यवसायी...
मृगौला पीडित सुनारलाई आर्थिक सहयोग
मृगौला पीडित सुनारलाई आर्थिक सहयोग गलकोट नगरपालिका १ दुदिलाभाटी बागलुङ्गकी मृगौला पीडित १९ वर्षीया मुना सुनारलाई आर्थिक सहयोग प्राप्त भएको छ । गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो(टोकियो)ले सुनारको उपचारका लागि ५ लाख ३५ हजार सहयोग गरेको हो ।
गुल्मीबाट ४५ उजूरी अख्तियारमा
गुल्मीबाट ४५ उजूरी अख्तियारमा जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ४५ वटा उजूरी दर्ता भएका छन् । आर्थिक वर्ष २०७७/०७८ मा ४५ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका हुन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय गुल्मी र भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाले राखेको कार्यक्रममा उक्त तथ्याङक सार्वजनिक गरिएको हो ।
नबिल बैंकले सार्वजनिक गर्‍यो ‘नबिल डिजीबैंक पोर्टल’
नबिल बैंकले सार्वजनिक गर्‍यो ‘नबिल डिजीबैंक पोर्टल’ नबिल बैंकले आधिकारिक रूपमा ‘नबिल डिजीबैंक पोर्टल’ सार्वजनिक गरेको छ । नबिल डिजीबैंक पोर्टलमार्फत बैंकका ग्राहकले एकद्वार प्रणालीमार्फत अनलाइन सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
‘ठेकेदार साप, पुल बनाउनु पर्दैन ?’
‘ठेकेदार साप, पुल बनाउनु पर्दैन ?’ ‘ठेकेदार साप, पुल बनाउनु पर्दैन ?’ स्याङ्जाको आँधीखोला गाउँपालिकाको ‘युथ अफ आँधीखोला’ले सामाजिक सञ्जालमा यसरी नै खबरदारी गर्‍यो । दुई वर्षमा बनाउँछु भनेर ठेक्का लिएको पुल सात वर्षमा पनि किन बनाएनौं ? भनेर ठेकेदारको नाम र फोटोसहित सामाजिक सञ्जालमा राखेर सरोकारवालालाई खबरदारी गरिएको छ ।
लक्ष्यभन्दा दुई अर्ब बढी राजस्व संकलन्
लक्ष्यभन्दा दुई अर्ब बढी राजस्व संकलन् आन्तरिक राजस्व कार्यालय कावासोतीले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम चौमासिकमा लक्ष्यभन्दा झण्डै दुई अर्ब बढी राजस्व असुली गरेको छ । कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत अमृत अधिकारीका अनुसार कार्यालयले चालु आवको प्रथम चौमासिकमा लक्ष्यभन्दा एक अर्ब ९४ करोड ८९ लाख पाँच हजार बढी राजस्व असुली गरेको हो ।
भवन तथा बाटो निर्माणकर्मी संघले मनायो साधारण सभा, श्रमिक वर्गको समस्यामा निर्माणकर्मी संघ
भवन तथा बाटो निर्माणकर्मी संघले मनायो साधारण सभा, श्रमिक वर्गको समस्यामा निर्माणकर्मी संघ श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको साझा संस्था भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पा श्रमिक वर्गहरुको समस्यामा लागि परेको देखिएको छ । संघ श्रमिक वर्गहरुमा परेका हरेक समस्यामा अभिभावकीय भूमिकामा देखिएको हो । उसले श्रमिक, मजदुर वर्गमा परेका समस्या र पर्न सक्ने सम्भावित समस्याका विषयमा चासो देखाएको देखिन्छ । संघका अध्यक्ष सुरेशकुमार...
स्वरोजगार बनाउने कार्यक्रम ल्याउन माग
स्वरोजगार बनाउने कार्यक्रम ल्याउन माग सशस्त्र द्वन्द्वपीडितका माग सम्बोधन हुने गरी नीति, योजना र बजेट निर्माण गरी कार्यान्वयन गर्न माग गरिएको छ । एड्भोकेसी फोरम नेपालले मंगलबार बुटवलमा आयोजित न्याय तथा परिपूरण सम्बन्धमा लुम्बिनी प्रदेश सरकारको नीति योजना तथा बजेटमाथि द्वन्द्वपीडितको चासो तथा छलफल कार्यक्रममा सहभागीले आफूहरूलाई राहतभन्दा स्वरोजगार बनाउने खालका कार्यक्रम ल्याउन सरकारलाई सुझाव...
अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण
अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण विश्वमा पछिल्लो समयमा फैलिँदै गएको कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढ्न नदिनका लागि गुल्मीका स्थानीयस्तरमा सहयोगदाताहरूले पुनः स्वास्थ्य सामग्री उपलब्ध गराउन सुरु गरेका छन् ।
न्यानो घर निर्माणमा आर्थिक अभाव
न्यानो घर निर्माणमा आर्थिक अभाव तानसेन नगरपालिका–९ दमकडाका जेष्ठ नागरिकका लागि निर्माण गर्न लागिएको न्यानो घरका लागि आर्थिक अभाव भएको छ । आर्थिक अभाव भएपछि तीन तले भवनको एक तला मात्र निर्माण गरिएको छ । दुई तला आर्थिक अभावले निर्माण गर्न नसकिएको निर्माण समितिका अध्यक्ष मीनप्रसाद बञ्जाडेले बताए ।
यामाहा रेजेडआर १२५ एफआईको विजेता घिमिरे
यामाहा रेजेडआर १२५ एफआईको विजेता घिमिरे यामाहा रेजेडआर १२५ एफआई माइलेज च्यालेन्जको विजेता उज्वला घिमिरे बनेकी छन् । उच्चतम फ्यूल इफिसिएन्सीका लागि रेजेडआर १२५ एफआई स्कुटरको लागि भएको प्रतियोगितामा घिमिरे विजेता बनेकी हुन् ।
Weather Update