ज्योति विकास बैंकद्वारा प्रिपेड डलर कार्ड सेवा सञ्चालन
सोमबार, मंसिर २०, २०७८
वालिङमा व्यावसायिक छुर्पी उत्पादन
आइतबार, मंसिर १९, २०७८
स्याङ्जाको वालिङस्थित अकला साना किसान कृषि सहकारी संस्थाले व्यावसायिक रुपमा छुर्पी उत्पादन गर्न थालेको छ । स्थानीयस्तरमा उत्पादित दूधलाई बजारीकरणमा सहयोग पुर्याउनुका साथै किसानलाई दूग्ध उत्पादन व्यवसायमा थप उत्साह बढाउने उद्देश्यसहित व्यावसायिक रुपमा छुर्पी उत्पादन थालिएको संस्थाका अध्यक्ष पुण्यप्रसाद अर्यालले बताए ।
तीन पालिकामा भैँसी जोन कार्यक्रम
शनिबार, मंसिर १८, २०७८
स्याङ्जाका तीन पालिकामा भैँसी व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम सञ्चालन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ स्याङ्जाअन्तर्गत जिल्लाका वालिङ, गल्याङ र भिरकोट नगरपालिकामा भैँसी जोन कार्यक्रम सञ्चालन भएको हो ।
ट्रेजरी बिल खरिद गर्दै नेपाल राष्ट्र बैंक
शुक्रबार, मंसिर १७, २०७८
नेपाल राष्ट्र बैंकले २५ अर्बकोे ट्रेजरी बिल ‘सोझै खरिद’ गर्ने भएको छ । बैंकले बुधबार सूचना जारी गर्दै बिहीबार ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो ।
सबै प्रदेशमा नबिल बैंकको उद्यमशीलता कार्यक्रम
बिहीबार, मंसिर १६, २०७८
नबिल बैंकले सातवटै प्रदेशमा सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशीलता कार्यक्रम सुरु गरेको छ । समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नवीन सोचमा आधारित उद्यमलाई प्रवद्र्धन गर्दै आर्थिक सामाजिक रूपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम सुरु गरिएको बैंकले जनाएको छ ।
कामना सेवा विकास बैंकको भवन उद्घाटनसँगै शाखा विस्तार
बुधबार, मंसिर १५, २०७८
कामना सेवा विकास बैंकको क्षेत्रीय भवनको उद्घाटनसँगै दुई शाखा विस्तार भएका छन् । बैंकले छुट्टाछुट्टै कार्यक्रमहरुको आयोजना गरी शाखा विस्तार र भवन उद्घाटन गरेको हो ।
ज्योति विकास बैंकद्वारा वृद्धाहरुलाई न्यानो कपडा
मंगलबार, मंसिर १४, २०७८
ज्योति विकास बैंकले वृद्धाहरुलाई न्यानो कपडा सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चन्द्रागिरी नगरपालिका, काठमाडौंस्थित मातातीर्थ वृद्धाश्रममा आश्रित वृद्धाहरुलाई जाडो महिनामा उपयुक्त हुने न्यानो कपडाहरू सहयोग गरेको हो ।
रानीमहल सहकारीको चौंथो अधिवेशन, अध्यक्षमा पुनःबैजु
सोमबार, मंसिर १३, २०७८
रानीमहल बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको १३ औं साधारण सभा तथा चौंथो अधिवेशन भएको छ । सहकारीले तानसेनमा एक औपचारिक कार्यक्रमका बिच साधारण सभा तथा अधिवेशन गरेको हो ।
नयाँ भेरिएन्टसँग सचेत बनौं
सोमबार, मंसिर १३, २०७८
कोभिड–१९ को दोस्रो कहर कायमै रहेका बेला पुनः कोभिडको नयाँ भेरिएन्ट देखा परेको जनाइएको छ । दक्षिण अफ्रिकामा सोमबार पत्ता लागेको कोरोना भाइरसको नयाँ भेरिएन्टले नेपालमा पनि थप चिन्ता थपेको छ ।
विपन्नलाई सहुलियत दरमा बिना धितो कर्जा
सोमबार, मंसिर १३, २०७८
विपन्न परिवारलाई सहुलियत दरमा बिना धितो कर्जा उपलब्ध गराईने भएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेड बीच कर्जा सम्झौता भएसँगै विपन्नलाई सहुलियत दरमा बिना धितो कर्जा उपलब्ध गराइने भएको हो ।
वाणिज्य बैंकमा निक्षेप घटेको घट्यै
बिहीबार, मंसिर ९, २०७८
पछिल्लो समय वाणिज्य बैंकहरूको निक्षेपमा कमी आउने क्रम जारी छ । नेपाल बैंकर्स संघका अनुसार एक महिनाको अवधिमा वाणिज्य बैंकको निक्षेप ४३ अर्बले घटेको छ । गत असोजमा कूल ४२ खर्ब ३९ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरूमा मंसिरको पहिलो सातासम्म ४२ खर्ब २६ अर्ब कायम भएको छ ।
एनसेलले पायो विट्सा र एसोसीओ अवार्ड
बुधबार, मंसिर ८, २०७८
एनसेल आजियाटा लिमिटेडले दुई वटा अवार्ड प्राप्त गरेको छ । ग्रामिण क्षेत्रमा सेवाबाट बञ्चित समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सञ्चालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रमबाट एनसेलले दुईवटा अवार्ड पाएको हो ।
ट्रेजरी बिल विक्री गर्दै नेपाल राष्ट्र बैंक
मंगलबार, मंसिर ७, २०७८
नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड ३२ लाख रूपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ ।


