Shittalpati
‘ठेकेदार साप, पुल बनाउनु पर्दैन ?’
‘ठेकेदार साप, पुल बनाउनु पर्दैन ?’ ‘ठेकेदार साप, पुल बनाउनु पर्दैन ?’ स्याङ्जाको आँधीखोला गाउँपालिकाको ‘युथ अफ आँधीखोला’ले सामाजिक सञ्जालमा यसरी नै खबरदारी गर्‍यो । दुई वर्षमा बनाउँछु भनेर ठेक्का लिएको पुल सात वर्षमा पनि किन बनाएनौं ? भनेर ठेकेदारको नाम र फोटोसहित सामाजिक सञ्जालमा राखेर सरोकारवालालाई खबरदारी गरिएको छ ।
लक्ष्यभन्दा दुई अर्ब बढी राजस्व संकलन्
लक्ष्यभन्दा दुई अर्ब बढी राजस्व संकलन् आन्तरिक राजस्व कार्यालय कावासोतीले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम चौमासिकमा लक्ष्यभन्दा झण्डै दुई अर्ब बढी राजस्व असुली गरेको छ । कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत अमृत अधिकारीका अनुसार कार्यालयले चालु आवको प्रथम चौमासिकमा लक्ष्यभन्दा एक अर्ब ९४ करोड ८९ लाख पाँच हजार बढी राजस्व असुली गरेको हो ।
भवन तथा बाटो निर्माणकर्मी संघले मनायो साधारण सभा, श्रमिक वर्गको समस्यामा निर्माणकर्मी संघ
भवन तथा बाटो निर्माणकर्मी संघले मनायो साधारण सभा, श्रमिक वर्गको समस्यामा निर्माणकर्मी संघ श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको साझा संस्था भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पा श्रमिक वर्गहरुको समस्यामा लागि परेको देखिएको छ । संघ श्रमिक वर्गहरुमा परेका हरेक समस्यामा अभिभावकीय भूमिकामा देखिएको हो । उसले श्रमिक, मजदुर वर्गमा परेका समस्या र पर्न सक्ने सम्भावित समस्याका विषयमा चासो देखाएको देखिन्छ । संघका अध्यक्ष सुरेशकुमार...
स्वरोजगार बनाउने कार्यक्रम ल्याउन माग
स्वरोजगार बनाउने कार्यक्रम ल्याउन माग सशस्त्र द्वन्द्वपीडितका माग सम्बोधन हुने गरी नीति, योजना र बजेट निर्माण गरी कार्यान्वयन गर्न माग गरिएको छ । एड्भोकेसी फोरम नेपालले मंगलबार बुटवलमा आयोजित न्याय तथा परिपूरण सम्बन्धमा लुम्बिनी प्रदेश सरकारको नीति योजना तथा बजेटमाथि द्वन्द्वपीडितको चासो तथा छलफल कार्यक्रममा सहभागीले आफूहरूलाई राहतभन्दा स्वरोजगार बनाउने खालका कार्यक्रम ल्याउन सरकारलाई सुझाव...
अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण
अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण विश्वमा पछिल्लो समयमा फैलिँदै गएको कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढ्न नदिनका लागि गुल्मीका स्थानीयस्तरमा सहयोगदाताहरूले पुनः स्वास्थ्य सामग्री उपलब्ध गराउन सुरु गरेका छन् ।
न्यानो घर निर्माणमा आर्थिक अभाव
न्यानो घर निर्माणमा आर्थिक अभाव तानसेन नगरपालिका–९ दमकडाका जेष्ठ नागरिकका लागि निर्माण गर्न लागिएको न्यानो घरका लागि आर्थिक अभाव भएको छ । आर्थिक अभाव भएपछि तीन तले भवनको एक तला मात्र निर्माण गरिएको छ । दुई तला आर्थिक अभावले निर्माण गर्न नसकिएको निर्माण समितिका अध्यक्ष मीनप्रसाद बञ्जाडेले बताए ।
यामाहा रेजेडआर १२५ एफआईको विजेता घिमिरे
यामाहा रेजेडआर १२५ एफआईको विजेता घिमिरे यामाहा रेजेडआर १२५ एफआई माइलेज च्यालेन्जको विजेता उज्वला घिमिरे बनेकी छन् । उच्चतम फ्यूल इफिसिएन्सीका लागि रेजेडआर १२५ एफआई स्कुटरको लागि भएको प्रतियोगितामा घिमिरे विजेता बनेकी हुन् ।
ज्योति विकास बैंकद्वारा प्रिपेड डलर कार्ड सेवा सञ्चालन
ज्योति विकास बैंकद्वारा प्रिपेड डलर कार्ड सेवा सञ्चालन ज्योति विकास बैंकले प्रिपेड डलर कार्ड सेवाको सुरुवात गरेको छ । विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने गरी बैंकले पहिलो पटक प्रिपेड डलर कार्डको शुभारम्भ गरेको हो ।
वालिङमा व्यावसायिक छुर्पी उत्पादन
वालिङमा व्यावसायिक छुर्पी उत्पादन स्याङ्जाको वालिङस्थित अकला साना किसान कृषि सहकारी संस्थाले व्यावसायिक रुपमा छुर्पी उत्पादन गर्न थालेको छ । स्थानीयस्तरमा उत्पादित दूधलाई बजारीकरणमा सहयोग पुर्‍याउनुका साथै किसानलाई दूग्ध उत्पादन व्यवसायमा थप उत्साह बढाउने उद्देश्यसहित व्यावसायिक रुपमा छुर्पी उत्पादन थालिएको संस्थाका अध्यक्ष पुण्यप्रसाद अर्यालले बताए ।
तीन पालिकामा भैँसी जोन कार्यक्रम
तीन पालिकामा भैँसी जोन कार्यक्रम स्याङ्जाका तीन पालिकामा भैँसी व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम सञ्चालन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ स्याङ्जाअन्तर्गत जिल्लाका वालिङ, गल्याङ र भिरकोट नगरपालिकामा भैँसी जोन कार्यक्रम सञ्चालन भएको हो ।
ट्रेजरी बिल खरिद गर्दै नेपाल राष्ट्र बैंक
ट्रेजरी बिल खरिद गर्दै नेपाल राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले २५ अर्बकोे ट्रेजरी बिल ‘सोझै खरिद’ गर्ने भएको छ । बैंकले बुधबार सूचना जारी गर्दै बिहीबार ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो ।
सबै प्रदेशमा नबिल बैंकको उद्यमशीलता कार्यक्रम
सबै प्रदेशमा नबिल बैंकको उद्यमशीलता कार्यक्रम नबिल बैंकले सातवटै प्रदेशमा सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशीलता कार्यक्रम सुरु गरेको छ । समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नवीन सोचमा आधारित उद्यमलाई प्रवद्र्धन गर्दै आर्थिक सामाजिक रूपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम सुरु गरिएको बैंकले जनाएको छ ।
Weather Update