Shittalpati
विकास ऋणपत्र विक्री गर्दै नेपाल राष्ट्र बैंक
विकास ऋणपत्र विक्री गर्दै नेपाल राष्ट्र बैंक राष्ट्र बैंकले साढे ९ अर्बको विकास ऋणपत्र विक्री गर्ने भएको छ । चालु आर्थिक वर्षमा सरकारी लक्ष्यअनुसार आन्तरिक ऋण उठाउने क्रममा फेरि २ वर्षे विकास ऋणपत्र विक्री गर्न लागेको हो । ‘विकास ऋणपत्र २०७८’ (च) नाम दिइएको उक्त ऋणपत्र मंगलबार बोलकबोल हुनेछ र भोलिपल्ट बुधबार विक्री हुने राष्ट्र बैंकको सूचनामा...
जाल्पा सामुदायिक लघुवित्तको आइपिओ खुल्यो
जाल्पा सामुदायिक लघुवित्तको आइपिओ खुल्यो जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय अङ्कित मूल्यमा पाँच करोड २२ लाख मूल्य बराबरको पाँच लाख २२ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेको हो ।
सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी
सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई ६९ करोड दाबी भुक्तानी गरेको छ । कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई ५६ करोड ५२ लाख ६१ हजार ४ सय १९ दाबी भुक्तानी गरेको हो ।
क्यासिनो कम्पनीको ८७ करोडभन्दा बढी बक्यौता
क्यासिनो कम्पनीको ८७ करोडभन्दा बढी बक्यौता सरकारले लामो समयसम्म क्यासिनोको रोयल्टी तथा नवीकरण बापतको बाँकी बक्यौता नतिर्ने सात क्यासिनो कम्पनीलाई बक्यौता बुझाउन सातदिने अल्टिमेटम दिएको छ ।
बैंकहरुको निक्षेप संकलन घट्यो
बैंकहरुको निक्षेप संकलन घट्यो पछिल्ला केही दिन यता बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार निक्षेप संकलन.३ अर्बले घटेको हो ।
निस्दीमा विद्यालयका कर्मचारीको सेवा वृद्धि
निस्दीमा विद्यालयका कर्मचारीको सेवा वृद्धि पाल्पाको निस्दी गाउँपालिकाको दशौँ गाउँसभाले पालिका भित्रका विद्यालयमा बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तासहितको कर्मचारीको मासिक तलबमा वृद्धि गरेको छ ।
एचआइडिसिएललाई वित्तीय संस्थाको मान्यता
एचआइडिसिएललाई वित्तीय संस्थाको मान्यता नेपाल राष्ट्र बैंकले हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) लाई बैंक तथा वित्तीय संस्थाको मान्यता दिएको छ । केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार यही माघ ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले वित्तीय संस्थाको मान्यता दिएको हो ।
राष्ट्र बैंकले साढे १० करोड ब्याजमा लगानी गर्ने
राष्ट्र बैंकले साढे १० करोड ब्याजमा लगानी गर्ने नेपाल राष्ट्र बैंकले झण्डै साढे १० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो विभिन्न कोषमा रहेको १० करोड ४८ लाख रुपैयाँ एक वर्षका लागि निक्षेपको रुपमा बैंक तथा वित्तीय संस्थाहरुमा राख्न चाहेको हो ।
नेपाल बैंकले गर्‍यो एनआरएन निक्षेप खाता सञ्चालन
नेपाल बैंकले गर्‍यो एनआरएन निक्षेप खाता सञ्चालन नेपाल बैंकले गैर–आवासीय नेपालीहरुलाई लक्षित गरी आकर्षक सुविधा सहितका एनआरएन निक्षेप खाताहरू सञ्चालनमा ल्याएको छ । विदेशमा बस्ने गैर–आवासीय नेपालीहरुले अब अनलाइनबाटै नेपाल बैंकमा विदेशी मुद्रामा बचत र मुद्दती खाता खोल्न सक्नेछन् ।
ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई न्यानो कपडा
ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई न्यानो कपडा स्याङ्जाको भीरकोट नगरपालिकाले ज्येष्ठ नागरिक र अपा·ता भएका एक हजार बढीलाई न्यानो कपडा वितरण गरेको छ । नगरपालिकाले पहिलो चरणमा नगरका ९ वटै वडामा रहेका ७५ वर्ष उमेरभन्दा माथिका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता (रातो कार्ड) भएका नागरिकलाई न्यानो कपडा वितरण गरेको नगर प्रमुख छायाराम खनालले बताए ।
राष्ट्रिय वाणिज्य बैंकको स्मार्ट क्युआर टेलर
राष्ट्रिय वाणिज्य बैंकको स्मार्ट क्युआर टेलर राष्ट्रिय वाणिज्य बैंकले स्मार्ट क्युआर टेलर सेवा लागू गरेको छ । बैंकले ५७ औं वार्षिकोत्सवको अवसरमा स्मार्ट क्युआर टेलर लागु गरेको हो । डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले माघ १० गतेबाट सेवा शुभारम्भ गरेको छ ।
सहकारीलाई कृषि एम्बुलेन्स सहयोग
सहकारीलाई कृषि एम्बुलेन्स सहयोग दुर्गादेवी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था रामपुर–२ पाल्पालाई कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको छ । रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजना मार्फत सहकारीलाई कृषि एम्बुलेन्स प्रदान गरिएको हो ।
Weather Update