गुल्मी, जिल्लाको सदरमुकाम तम्घासमा सञ्चालन भएको महोत्सवमा ६ कारोडको कारोबार भएको छ । १२ दिनसम्म सञ्चालन भएको महोत्सवमा करिव ६ करोड बढीको आर्थिक कारोवार भएको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बताए ।
महोत्सवबाट आम्दानी भएको रकम मध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत बाणिज्य संघको आम्दानीमा राखिने आयोजकले जनाएको छ । चौथो गुल्मी महोत्सव मंगलबार सकिएको हो । महोत्सवको रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले समापन गरेका हुन् । महोत्सवको समापन गर्दै नगरप्रमुख भुसालले संघले सफलता पूर्वक महोत्सव सम्पन्न गरेकोमा धन्यवाद दिए । उनले जिल्लाको सामाजिक क्षेत्रमा संघले खेलेको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गरे । महोसत्वमा दुई सय स्टल रहेका थिए । त्यसमध्ये १५ वटा स्टलहरु कृषि तथा घरेलु उद्योगबाट उत्पादित वस्तुहरुको प्रर्दशन गरिएको थियो ।