Shittalpati
तानसेन नगरपालिकाकोे राजस्व पाँच करोड बढी
तानसेन नगरपालिकाकोे राजस्व पाँच करोड बढी तानसेन नगरपालिकाले आव २०७७/०७८ मा पाँच करोड ७६ लाख ४४ हजार रूपैयाँ राजस्व संकलन गरेको छ । कोभिड–१९ को सक्रमण उच्च जोखिम रहे पनि चार वर्षमा दोब्बरले वृद्धि भएको छ । आव २०७३/७४ मा दुई करोड ६८ लाख ८५ हजार रूपैयाँ संकलन भएकामा हालका वर्षमा वृद्धि भएको राजस्व शाखाका प्रमुख...
‘नबिल स्मार्टपोस’को सञ्चालनका लागि त्रिपक्षीय सम्झौता
‘नबिल स्मार्टपोस’को सञ्चालनका लागि त्रिपक्षीय सम्झौता नबिल बैंकले दराज तथा आइमार्कसँग ‘नबिल स्मार्टपोस’को सञ्चालनका लागि त्रिपक्षीय सम्झौता गरेको छ । जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिने नबिल स्मार्टपोस मार्फत बैंकले डिजिटल भुक्तानी थप प्रभावकारी बनाउन सम्झौता भएको जनाएको छ ।
अबको यात्रा निर्वाचन
अबको यात्रा निर्वाचन मुलुकका राजनैतिक दलहरु विभिन्न तहका निर्वाचनको लागि तयारमा लागेका छन् । नेपाली काँग्रेस, एमाले, माओवादी लगायतका ठूला दलहरुले आ–आफ्ना महाधिवेशन सकेपछि निर्वाचन आयोगमा पार्टी नविकरणसँगै नेपालमा सबै तहका निर्वाचनका गृहकार्य शुभारम्भ भएको आभास हुने विश्वास गरिएको छ ।
मेगा बैंकको मुसिकोटमा शाखा रहित बैकिङ्ग सेवा
मेगा बैंकको मुसिकोटमा शाखा रहित बैकिङ्ग सेवा मेगा बैंक नेपाल लिमिटेडले गुल्मीको मुसिकोटमा शाखा रहित बैकिङ्ग सेवाको शुरुवात गरेको छ । ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई बैकिङ्ग पहुँच विस्तार गर्ने उद्देश्यले मुसिकोट नगरपालिकाको वडा २ देउरालीमा शाखा रहित सेवाको विस्तार गरिएको मेगा बैंक तम्घास शाखा प्रमुख कालिदास पाण्डेले बताए ।
एनसेलले ल्यायो साना व्यवसायी लक्षित योजना
एनसेलले ल्यायो साना व्यवसायी लक्षित योजना एनसेल आजियाटा लिमिटेडले साना तथा मझौला व्यवसायी र कार्यालयहरूलाई लक्षित गरी विशेष योजना ल्याएको छ । व्यवसायी विस्तार र प्रवद्र्धनमा टेवा पुग्ने गरी एनसेलले प्रिपेड प्लान ‘एनसेल बिजलाइट’ योजना ल्याएको हो ।
लुम्बिनीमा फुड फेस्टिबल हुँदै
लुम्बिनीमा फुड फेस्टिबल हुँदै यस वर्ष बुद्ध जन्मस्थल लुम्बिनीमा फुड फेस्टिबल हुने भएको छ । होटल एशोसियसन लुम्बिनीले नयाँ वर्ष २०२२ को पूर्वसन्ध्यामा फुड फेस्टिबल आयोजना गर्न लागेको हो ।
ओके बाजेद्वारा अपाङ्गता भएकी महिलालाई आर्थिक सहयोग
ओके बाजेद्वारा अपाङ्गता भएकी महिलालाई आर्थिक सहयोग जापानी समाजसेवी काजुमासा काकिमी (ओके बाजे)ले अपाङ्गता भएकी एक महिलालाई आर्थिक सहयोग गरेका छन् । बाजेले तानसेन नगरपालिका–५ कैलाशनगरकी तारा अर्याललाई एक लाख आर्थिक सहयोग गरेका हुन् ।
शाइन रेसुङ्गाको ११.५ प्रतिशत लाभांश पारित
शाइन रेसुङ्गाको ११.५ प्रतिशत लाभांश पारित शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको ११.५ प्रतिशत लाभांश पारित गरेको छ । बैंकले रुपन्देहीमा भएको १३ औं वार्षिक साधारण मार्फत १० दशमलव ९३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
नेपाल बैंकको डिजिटल बैंकिङ्ग साक्षरता अभियान
नेपाल बैंकको डिजिटल बैंकिङ्ग साक्षरता अभियान नेपाल बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग साक्षरता अभियान सञ्चालन गरेको छ । बैंकले लुम्बिनी प्रदेशका सबै जिल्लाहरूमा एकैसाथ डिजिटल बैकिङ्ग वित्तीय साक्षरता अभियान सञ्चालन गरेको हो । उसले विशेष गरी शैक्षिक संघसंस्थाहरुमा यो कार्यक्रम गरेको छ ।
युवा उद्यमी सम्मेलन हुँदै
युवा उद्यमी सम्मेलन हुँदै रूपन्देहीमा युवा उद्यमी सम्मेलन २०२१ हुने भएको छ । युवाहरुको विदेश पलायन रोक्ने र युवा उद्यमशीलता बढाउने उद्देश्यले नेपाली युवा उद्यामी मञ्च रूपन्देहीले पुस ३ गते सम्मेलन गर्न लागेको हो । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले पत्रकार सम्मेलन गरी सम्मेलन आयोजना गर्ने जनाएको छ । सम्मेलनमा करिब १० सफल ब्यवसायी...
मृगौला पीडित सुनारलाई आर्थिक सहयोग
मृगौला पीडित सुनारलाई आर्थिक सहयोग गलकोट नगरपालिका १ दुदिलाभाटी बागलुङ्गकी मृगौला पीडित १९ वर्षीया मुना सुनारलाई आर्थिक सहयोग प्राप्त भएको छ । गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो(टोकियो)ले सुनारको उपचारका लागि ५ लाख ३५ हजार सहयोग गरेको हो ।
गुल्मीबाट ४५ उजूरी अख्तियारमा
गुल्मीबाट ४५ उजूरी अख्तियारमा जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ४५ वटा उजूरी दर्ता भएका छन् । आर्थिक वर्ष २०७७/०७८ मा ४५ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका हुन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय गुल्मी र भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाले राखेको कार्यक्रममा उक्त तथ्याङक सार्वजनिक गरिएको हो ।
Weather Update