Shittalpati
राष्ट्र बैंकले साढे १० करोड ब्याजमा लगानी गर्ने
राष्ट्र बैंकले साढे १० करोड ब्याजमा लगानी गर्ने नेपाल राष्ट्र बैंकले झण्डै साढे १० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो विभिन्न कोषमा रहेको १० करोड ४८ लाख रुपैयाँ एक वर्षका लागि निक्षेपको रुपमा बैंक तथा वित्तीय संस्थाहरुमा राख्न चाहेको हो ।
नेपाल बैंकले गर्‍यो एनआरएन निक्षेप खाता सञ्चालन
नेपाल बैंकले गर्‍यो एनआरएन निक्षेप खाता सञ्चालन नेपाल बैंकले गैर–आवासीय नेपालीहरुलाई लक्षित गरी आकर्षक सुविधा सहितका एनआरएन निक्षेप खाताहरू सञ्चालनमा ल्याएको छ । विदेशमा बस्ने गैर–आवासीय नेपालीहरुले अब अनलाइनबाटै नेपाल बैंकमा विदेशी मुद्रामा बचत र मुद्दती खाता खोल्न सक्नेछन् ।
ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई न्यानो कपडा
ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई न्यानो कपडा स्याङ्जाको भीरकोट नगरपालिकाले ज्येष्ठ नागरिक र अपा·ता भएका एक हजार बढीलाई न्यानो कपडा वितरण गरेको छ । नगरपालिकाले पहिलो चरणमा नगरका ९ वटै वडामा रहेका ७५ वर्ष उमेरभन्दा माथिका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता (रातो कार्ड) भएका नागरिकलाई न्यानो कपडा वितरण गरेको नगर प्रमुख छायाराम खनालले बताए ।
राष्ट्रिय वाणिज्य बैंकको स्मार्ट क्युआर टेलर
राष्ट्रिय वाणिज्य बैंकको स्मार्ट क्युआर टेलर राष्ट्रिय वाणिज्य बैंकले स्मार्ट क्युआर टेलर सेवा लागू गरेको छ । बैंकले ५७ औं वार्षिकोत्सवको अवसरमा स्मार्ट क्युआर टेलर लागु गरेको हो । डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले माघ १० गतेबाट सेवा शुभारम्भ गरेको छ ।
सहकारीलाई कृषि एम्बुलेन्स सहयोग
सहकारीलाई कृषि एम्बुलेन्स सहयोग दुर्गादेवी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था रामपुर–२ पाल्पालाई कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको छ । रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजना मार्फत सहकारीलाई कृषि एम्बुलेन्स प्रदान गरिएको हो ।
आयआर्जनको माध्यम बन्यो हस्तकला
आयआर्जनको माध्यम बन्यो हस्तकला सीपमूलक कार्यमा मधेसी तथा थारू समुदायका महिलाको आकर्षण बढ्दै गएको छ । रुपन्देहीको सियारी गाउँपालिकाका मधेसी तथा थारु समुदायका महिलाले हस्तकलाका सामग्रीबाट आयआर्जन गर्न थालेका छन् । स्थानीय तहको पहलमा उनीहरुले हराउँदै गएका हस्तकलाको सामग्री उत्पादन गरी आयआर्जनको माध्यम बनाएका हुन् ।
‘क्रिप्टोकरेन्सी र नेटवर्क व्यवसाय गर्नेलाई कारबाही हुन्छ’
‘क्रिप्टोकरेन्सी र नेटवर्क व्यवसाय गर्नेलाई कारबाही हुन्छ’ क्रिप्टोकरेन्सीको कारोबारलाई नेपाल राष्ट्र बैंकले गैरकानुनी भनेको छ । बैंकले क्रिप्टोकरेन्सी गैरकानुनी रहेको ठहर गर्दै कारोबार गर्नेलाई कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको छ । राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न/नगराउन सबैलाई आग्रह पनि गरेको छ ।
लगानी खुम्चिएपछि खराब कर्जा बढ्ने संकेत
लगानी खुम्चिएपछि खराब कर्जा बढ्ने संकेत तरलता अभावका कारण बैंकहरुको लगानी खुम्चिएपछि खराब कर्जा बढ्ने संकेत देखिएको छ । कोरोना महामारीका कारण प्रभावित अर्थतन्त्रमा लगानीयोग्य पूँजी (तरलता) अभाव भएसँगै बैंक तथा वित्तीय संस्थाहरूमा खराब कर्जा बढ्ने संकेत देखिएको हो ।
दराज नेपालको प्रबन्ध निर्देशकमा कुंवर
दराज नेपालको प्रबन्ध निर्देशकमा कुंवर नेपालको अग्रणी अनलाइन बजार दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त भएकी छन् । उनलाई कम्पनीले पहिलो महिला प्रबन्ध निर्देशकको रूपमा नियुक्त गरेको हो । दराज अलिबाबा समूहको लगानी रहेको कम्पनी हो । दराजका सीईओ बियार्के मिक्केलसेनले लिन्क्ड इनमा नियुक्तिको घोषणा गरेका थिए ।
होटल श्रीनगरको पहिचान : ‘माउन्टेन मग क्याफेको शान’
होटल श्रीनगरको पहिचान : ‘माउन्टेन मग क्याफेको शान’ तानसेनमा सञ्चालित होटल श्रीनगर प्रालिले छुट्टै पहिचान दिन सफल भएको छ । होटलले तानसेनमा आउने आन्तरिक तथा वाह्य पर्यटक र क्याफेका पारखी युवाहरुलाई आकर्षण गर्न माउन्टेन मग क्याफे सञ्चालनमा ल्याएर छुट्टै पहिचान दिन सफल भएको हो ।
मन्दिरको भेटीबाट विद्यालय सञ्चालन
मन्दिरको भेटीबाट विद्यालय सञ्चालन सन्धिखर्क नगरपालिका–७ खाँचीकोटमा मन्दिरको भेटीबाट विद्यालय सञ्चालन गरिएको छ । सुपा देउराली मन्दिरमा उठेको भेटीबाट खाँचीकोटस्थित आदर्श मावि र सीतापुरस्थित शान्ति निमावी सञ्चालन गरिएको छ । भेटीबाट आदर्श माविमा ६ तथा शान्ति निमाविमा चार शिक्षक राखिएको छ ।
खल्ती प्रयोगकर्तालाई वल्र्डलिंकको फ्रि वाइफाइ
खल्ती प्रयोगकर्तालाई वल्र्डलिंकको फ्रि वाइफाइ खल्ती प्रयोगकर्ताहरुका लागि वल्र्डलिंकको फ्रि वाइफाइ सुविधान ल्याइएको छ । अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले ‘खल्तीमा १०० जीबी’ अफर अन्तर्गत फ्रि वाइफाई सविधा ल्याइएको हो । यसअन्तर्गत खल्ती प्रयोगकर्ताले वल्र्डलिंकका १४ हजारभन्दा धेरै हटस्पटहरुमा १०० जीबी फ्रि वाइफाइ ३० दिनको लागि प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।
Weather Update