राष्ट्रिय वाणिज्य बैंकको स्मार्ट क्युआर टेलर
बिहीबार, माघ १३, २०७८
सहकारीलाई कृषि एम्बुलेन्स सहयोग
बुधबार, माघ १२, २०७८
दुर्गादेवी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था रामपुर–२ पाल्पालाई कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको छ । रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजना मार्फत सहकारीलाई कृषि एम्बुलेन्स प्रदान गरिएको हो ।
आयआर्जनको माध्यम बन्यो हस्तकला
सोमबार, माघ १०, २०७८
सीपमूलक कार्यमा मधेसी तथा थारू समुदायका महिलाको आकर्षण बढ्दै गएको छ । रुपन्देहीको सियारी गाउँपालिकाका मधेसी तथा थारु समुदायका महिलाले हस्तकलाका सामग्रीबाट आयआर्जन गर्न थालेका छन् । स्थानीय तहको पहलमा उनीहरुले हराउँदै गएका हस्तकलाको सामग्री उत्पादन गरी आयआर्जनको माध्यम बनाएका हुन् ।
‘क्रिप्टोकरेन्सी र नेटवर्क व्यवसाय गर्नेलाई कारबाही हुन्छ’
सोमबार, माघ १०, २०७८
क्रिप्टोकरेन्सीको कारोबारलाई नेपाल राष्ट्र बैंकले गैरकानुनी भनेको छ । बैंकले क्रिप्टोकरेन्सी गैरकानुनी रहेको ठहर गर्दै कारोबार गर्नेलाई कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको छ । राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न/नगराउन सबैलाई आग्रह पनि गरेको छ ।
लगानी खुम्चिएपछि खराब कर्जा बढ्ने संकेत
शनिबार, माघ ८, २०७८
तरलता अभावका कारण बैंकहरुको लगानी खुम्चिएपछि खराब कर्जा बढ्ने संकेत देखिएको छ । कोरोना महामारीका कारण प्रभावित अर्थतन्त्रमा लगानीयोग्य पूँजी (तरलता) अभाव भएसँगै बैंक तथा वित्तीय संस्थाहरूमा खराब कर्जा बढ्ने संकेत देखिएको हो ।
दराज नेपालको प्रबन्ध निर्देशकमा कुंवर
बिहीबार, माघ ६, २०७८
नेपालको अग्रणी अनलाइन बजार दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त भएकी छन् । उनलाई कम्पनीले पहिलो महिला प्रबन्ध निर्देशकको रूपमा नियुक्त गरेको हो । दराज अलिबाबा समूहको लगानी रहेको कम्पनी हो । दराजका सीईओ बियार्के मिक्केलसेनले लिन्क्ड इनमा नियुक्तिको घोषणा गरेका थिए ।
होटल श्रीनगरको पहिचान : ‘माउन्टेन मग क्याफेको शान’
बुधबार, माघ ५, २०७८
तानसेनमा सञ्चालित होटल श्रीनगर प्रालिले छुट्टै पहिचान दिन सफल भएको छ । होटलले तानसेनमा आउने आन्तरिक तथा वाह्य पर्यटक र क्याफेका पारखी युवाहरुलाई आकर्षण गर्न माउन्टेन मग क्याफे सञ्चालनमा ल्याएर छुट्टै पहिचान दिन सफल भएको हो ।
मन्दिरको भेटीबाट विद्यालय सञ्चालन
बुधबार, माघ ५, २०७८
सन्धिखर्क नगरपालिका–७ खाँचीकोटमा मन्दिरको भेटीबाट विद्यालय सञ्चालन गरिएको छ । सुपा देउराली मन्दिरमा उठेको भेटीबाट खाँचीकोटस्थित आदर्श मावि र सीतापुरस्थित शान्ति निमावी सञ्चालन गरिएको छ । भेटीबाट आदर्श माविमा ६ तथा शान्ति निमाविमा चार शिक्षक राखिएको छ ।
खल्ती प्रयोगकर्तालाई वल्र्डलिंकको फ्रि वाइफाइ
सोमबार, माघ ३, २०७८
खल्ती प्रयोगकर्ताहरुका लागि वल्र्डलिंकको फ्रि वाइफाइ सुविधान ल्याइएको छ । अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले ‘खल्तीमा १०० जीबी’ अफर अन्तर्गत फ्रि वाइफाई सविधा ल्याइएको हो । यसअन्तर्गत खल्ती प्रयोगकर्ताले वल्र्डलिंकका १४ हजारभन्दा धेरै हटस्पटहरुमा १०० जीबी फ्रि वाइफाइ ३० दिनको लागि प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।
धार्मिक महोत्सव स्थगित
शुक्रबार, पुस ३०, २०७८
काठेखोला गाउँपालिका–५ रामकोटधाममा शनिबारदेखि आयोजना गर्ने भनिएको बिहुँकोट धार्मिक महोत्सव स्थगन गरिएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमणलाई हेरेर सरकारले भीडभाडजन्य गतिविधिमा रोक लगाएपछि महोत्सव स्थगन गरिएको आयोजक बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अध्यक्ष देवीलाल सुवेदीले जानकारी दिए ।
तानसेन नगर सरकारद्वारा शिक्षकलाई प्रोत्साहन भत्ता
शुक्रबार, पुस ३०, २०७८
तानसेन नगरपालिकाले स्वेच्छिक अवकाश गर्ने शिक्षकलाई एक लाख प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ । शिक्षक दरबन्दी मिलानमा समस्या देखिएपछि नगरपालिकाले प्रावि तहका १० शिक्षकलाई प्रोत्साहन सुविधा प्रदान गर्न थालेको हो ।
सहकारीलाई ‘चिप बेस्ट एटिएम कार्ड’
बिहीबार, पुस २९, २०७८
सनराइज बैंक लिमिटेडले सहकारी ‘चिप बेस्ट एटिएम कार्ड’को सुविधा प्रयोगमा ल्याएको छ । बैंकले सहकारी क्षेत्रलाई लक्षित गर्दै ‘चिप बेस्ट एटिएम कार्ड’को सुविधा ल्याएको हो । बैंकसँगै सहकारी सदस्य सेवाग्राहीले समेत सोही भिसा कार्ड मार्फत बैंकका जुनकुनै एटिएम बुथबाट पैसा झिक्न सक्ने सुविधा प्रदान गरेको बैंकले यो सुविधा दक्षिण एशियामा...
बैंकमा पैसा थुप्रिन थाल्यो
बुधबार, पुस २८, २०७८
पछिल्लो समय बैंकहरुमा पैसा थुप्रिन थालेको छ । लामो समयदेखि तरलता अभाव खेपिरहेका वाणिज्य बैंकहरूमा अहिले निक्षेप रकम बढ्न थालेको हो ।


