पाल्पा, यामाहा नेपालले यामाहा एमटी–१५ बीएस ६ मोटरसाइकलको उत्पादन अन्तिम चरणमा पुर्याएको छ । उसले एमटी–१५ बीएस ६ मोटरसाइकलको सम्पूर्ण काम सकेर डेलिभरीको अन्तिम चरणमा रहेको जनाएको छ । एमटी–१५ बीएस ६ का साथ नेपाली राइडरहरुले पनि नेपालका सडकमा सबैको ध्यान आकर्षित गर्न सक्ने नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बताएको छ ।
सो नेकेड स्ट्रीट फाइटरमा भएका विभिन्न विशेषताका कारण अन्य मोटरसाइकल भन्दा फरक भएको र धेरै राइडरले यसको प्रतिक्षा गरिरहेको कम्पनीको भनाइ छ । एमटी–१५ बीएस ६ को डेलिभरीका लागि व्यग्रतापूर्वक प्रतिक्षा गरिरहेको डार्क वारियरप्रति यामाहा नेपालले धन्यवाद समेत व्यक्त गरेको छ । टर्क र छरितोपन, परिष्कृत कन्ट्रोल पोस्चर्स र सिंगल–च्यानल एबीएसका लागि परिचित, सबैभन्दा गतिशील लाइटवेटहरू मध्ये एक उक्त प्योर ग्रिड हाइपर नेकेड, एमटी स्टेबलबाट अतिरिक्त समय र कडा परिश्रमसहित विशेष सामग्रीहरूको प्रयोगपछि तयार गरिएको बाइक हो एमटी–१५ बीएस ६ । एमटीको उत्पादनमा लाग्ने सामग्रीहरू यामाहाले विशेष रूपमा छनौट र निर्माण गर्ने गरेको बताउछ । एमएडब्लु इन्टरप्राइजेजले गत वर्ष भृकुटी मण्डपमा सम्पन्न यामाहा महा एक्सचेन्ज मेलामा यो बाइक लन्च गरेको थियो । सो समयमा उक्त बाइकका लागि देखिएको क्रेज विरलै देख्न पाइने दृश्य थियो । नेपाली बाइक इतिहासमा सायद एमटी–१५ बीएस ६ को २ सय युनिट एकै पटक बिक्री र डेलिभर हुने पहिलो बाइक भएको कम्पनीको भनाइ छ ।