सीमा भट्टराई
पाल्पा, पाल्पाको तानसेनमा प्रधान कार्यालय रहेको कुसुम बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड प्रविधिमैत्री बन्दै गएको छ । स्थापनाको छोटो समयमै सहकारीले आफ्नो सेवालाई प्रविधिसँग जोड्दै लगेको हो । उसले सहकारी संस्थालाई प्रतिस्पर्धी बनाउँदै सदस्यलाई प्रविधि मैत्री सेवा दिनका लागि चेक, मोबाइल एप्स र एस.एम.एस सेवाको सुरुवात गरेको छ ।
जिल्लामा दर्जानौं सहकारी भए पनि कुसुम सहकारीले पहिलो पटक चेक, मोवाइल एप्स र एस.एम.एसमार्फत कारोबार सुरु गरेको हो । सहकारीले समय सापेक्षा आफ्ना सदस्यहरुलाई सेवा प्रवाह गर्ने उद्देश्यले प्रविधिको प्रयोगलाई अधिकतम प्रयोग गर्दै आएको जनाएको छ । उसले तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी चेक, मोवाइल एप्स र एस.एम.एस प्रणालीबाट सेवाको शुभारम्भ गरेको हो । सेवाको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले शुभारम्भ गरेका हुन् । सेवाको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी पन्तले सहकारीप्रतिको बुझाईलाई भरपर्दो र विश्वासकशीलो बनाउन प्रविधिमैत्री सेवाले महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी पाल्पाका सभापति बुद्धिप्रसाद शर्माले छोटो समयमै सहकारीले प्रविधियुक्त सेवा प्रदान गर्नु प्रशंसनिय रहेको धारणा व्यक्त गरे । पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष यादव सिंह कार्कीले बैंकसँग प्रतिस्पर्धा गर्न प्रविधिमैत्री सेवाले सहयोग गर्ने बताए ।
सहकारीका अध्यक्ष सुरेश ढकालले सहकारीलाई लुम्बिनी प्रदेशकै नमूना र उत्कृष्ट सहकारी बनाउने अभियानमा आफुहरु लागेको बताए । उनले शैक्षिक बेरोजगारको अन्त्य गरी उत्पादन सहितको स्वरोजगार सिर्जना गर्ने अभियानमा सहकारीको टिमले नयाँ योजनाका साथ कार्यक्रम ल्याउन लागेको भन्दै सहकारीमा जोडिन सबैलाई आग्रह समेत गरे । कार्यक्रममा सहकारीको महिला उद्यम विकास उपसमिति संयोजक रमा पन्तले सहकारीलाई बैंकिङ्ग प्रविधिसँग जोड्ने गरी सहकारी अगाडि बढेको बताइन् । सहकारी सञ्चालक समिति सह–सचिव मथुरा आचार्यले सहकारीले जिल्लामै नौलो अभ्यासको सुरुवात गरेको बताइन् । सहकारीको महिला विकास उपसमिति संयोजक कमला शर्माले सहकारीको भिडमा नयाँ आयम थपिएको बताइन् ।
सोही अवसरमा सहकारीले संविधान दिवस २०७८ को अवसरमा विभिन्न विभुषणबाट सम्मानित व्यक्तित्व सहित शेयर सदस्यहरुलाई सम्मान समेत गरेको छ । उसले प्रमुख जिल्ला अधिकारी जग्गनाथ पन्त,सामाजिक एवं शैक्षिक व्यत्तित्व बुद्धिप्रसाद शर्मा र समाजसेवी यादवसिंह कार्कीलाई सम्मान गरेको हो । सहकारीले नव वर्ष २०७९ सालको अवसरमा प्रकाशन गरेको कुसुम भित्ते पात्रोको समेत विमोचन गरेको छ । सहकारीका अध्यक्ष सुरेश ढकालको अध्यक्षता,मिडिया संयोजक सुनिल कार्कीको सञ्चालनमा कार्यक्रम भएको थियो ।