पाल्पा, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विद्युतीय स्कुटर बनाएको छ । स्कुटरको उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री फम्फा भुसालले सार्वजनिक गरेकी हुन् । स्कुटरलाई सार्वजनिक गर्दै मन्त्री भुसालले प्रदेश सरकारहरुसँग समन्वय गरेर उद्योगको रुपमा नास्टले अगाडि बढाउनुपर्ने बताइन् ।
भुसालले नास्टको प्राविधिक सहयोगमा प्रदेश सरकारहरुले व्यवसायिक ढंगले यस्ता विद्युतीय सामाग्रीहरुको उत्पादनमा जोड दिनुपर्ने बताइन् । स्कुटर बनाउन लुम्बिनी प्रदेश सरकारले पनि सहयोग गरेका थियो । नास्टले बनाएको विद्युतीय स्कुटरको मुख्य विशेषता भनेको एकपटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने क्षमता हो । ३ लाख भन्दा बढी खर्चमा उक्त स्कुटर निर्माण भएको कम्पनीले जनाएको छ । एउटा मात्रै स्कुटर निर्माण गर्न धेरै खर्च लागेता पनि एकैचोटी धेरै स्कुटर निमार्ण गरे कम खर्चमा निर्माण हुने कम्पनीको भनाई छ । स्कुटरमा अगाडि सामान र पछाडी मान्छे समेत बस्न मिल्ने छ । उकालोमा पनि एकजना चढ्दा सजिलै चल्ने नास्टको दाबी छ । घरायसी प्रयोजनको लागि, कार्यालय प्रयोजनका लागि विद्युतीय स्कुटर उपयोगी हुने नास्टको भनाइ छ । स्कुटरमा दुई किलोवाट दुई ब्याट्री जडान भएको छ ।