पाल्पा, नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ‘महा एक्सेन्ज मेला’ सञ्चालन गरेको छ । यामाहाले बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा मेला सञ्चालन गरेको हो । अधिकासं ग्राहकहरुको रोजाईमा पर्न सफल यामाहाले थुप्रै सुविधा सहित महा एक्सचेञ्ज मेला सञ्चालन गरेको छ । मेलामा जुनसुकै ब्राण्ड र जुनसुकै अवस्थाका मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्न सकिने र सो गर्नेलाई बजार मूल्यांकनको अतिरिक्त १० हजार रूपैयाँ दिइने कम्पनीले घोषणा गरेको छ ।
मेलामा सहभागी भएर एक्सचेन्ज गर्ने वा यामाहाका कुनै पनि नयाँ मोटरसाइकल/स्कुटर खरिद गर्ने ग्राहकले कम्पनीले सञ्चालन गरिरहेको नयाँ वर्ष अफर ‘मल्टिप्लाई योर ह्यापिनेस २०७९८१००० टाइम्स’ मा सहभागी हुने अवसर पाउनेछन् । जस अन्तर्गत डिजिटल ज्याकपटमार्फत् ग्राहकले दैनिक रूपमा रू.२०७,९००, स्योर शटमा रू. ८,३१६ र बम्पर उपहारमा रू. २०.७९ लाखसम्म जित्न सक्नेछन् । एक्सचेन्ज मेलामा टेष्ट राइडको कार्यक्रम पनि राखिएको छ । उक्त टेष्ट राइडका सहभागी मध्येबाट हरेक दिन एक जनाले माउण्टेन फ्लाइटको टिकट उपहार प्राप्त गर्ने अवसर पनि रहेको छ । यसैगरी मेलामा यामाहाका कुनै पनि बाइक÷स्कुटर लिन चाहनेहरूका लागि ‘अन द स्पट फाइनान्स’ सुविधा पनि उपलब्ध रहेको छ ।
उक्त फाइनान्स सुबिधा अन्तर्गत ग्राहकलाई कुल मूल्यको ४० प्रतिशत अग्रिम भुक्तानी र सबैभन्दा न्यून किस्तामा बाइक÷स्कुटर लिने सुबिधा दिइने कम्पनीले जनाएको छ । यसका अतिरिक्त, मेलामा मोटरसाइकल किन्नेलाई निःशुल्क बाइक एक्सेसरीज प्रदान गर्ने र जुनसुकै ब्राण्डका मोटरसाइकल निःशुल्क चेक र वास गरिदिनेछ । यो मेला वैशाख २२ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।