पाल्पा, मुक्तिनाथ विकास बैंकले विपन्न परिवारलाई जस्तापाता सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्याङ्जाको गल्याङ् नगरपालिका ६ पिडीखोलाका एक विपन्न परिवारलाई जस्तापाता सहयोग गरेको हो ।
उसले पिडीखोलाका मिनबहादुर बिसाको परिवारलाई जस्तापाता सहयोग गरेको छ । खरको छानो चुहिने भएपछि विपन्न बिसाका परिवारले घर छाउन नसकेपछि बैंकले जस्तापाता सहयोग स्वरुप उपलब्ध गराएको बैंकले जनाएको छ । बैंकले ३७ हजार ५ सय रुपैयाँ बराबरको ३ बण्डल जस्तापाता सहयोग गरेको हो । आर्थिक अवस्था नाजुक भएका बिसा परिवारलाई जस्तापाता सहयोगले केही भए पनि राहत मिल्ने बैंकले विश्वास लिएको छ । जस्तापाता पाएपछि बिसा परिवार उत्साहित भएको छ ।
पैसा नभएर घरमा जस्ताको छानो राख्न नसकिरहेको अवस्थामा बैंकले सहयोग गरेर ठूलो गुन लगाएको बिसा परिवारले जनाएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघसंस्था, विपन्न परिवारलाई सहयोग गर्दै आएको छ । साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न मुक्तिनाथ विकास बैंकको एटीएम प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यस्तै मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग जस्ता सेवाहरु बैंकको शाखामा भौतिकरुपमा उपस्थित नभइ घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
–परीक्षार्थी पत्रकार सुरेश राना